राजकुमारी माकाे,  जापानकाे ८३ वर्षिय राजा अखिटाेकाे,  जेठी नातिनीले, अाैपचारिक रूपमा  अाफ्नाे प्रेमिलार्इ विवाह गर्नकाे लागी राजकिय पद त्याग्ने स्पष्टिकरण दर्इन ।

टाेक्याे जापानकाे सेमिनारमा राजकुमारीले २५ वर्षिय स्नातक उत्तीर्ण भएकाे काेमुराेसँग अाैपचारिकरूपमा मङगनीकाे उदघाेषन गरिन जाे अहिले कानुनी फर्ममा कार्यरत छन् ।

जापानी कानुन अनुसार शाही खान्दानले सर्वसाधारणसँग विवाह गर्दा तिनीहरूकाे राजकिय पद त्याग्नुपर्छ । ‘विवाह गरेपछ मैले राजकीय पद त्याग्ने चेतना मलार्इ बाल्यकालदेखि नै थियाे ,’ राजकुमारी माकाेले, २५ भनिन । उनले सकेसम्म राजकीय परिवारकाे जिम्मेवारी निभाएकी थिइन र अाफ्नाे जीवनलार्इ रमार्इला गरि बिताएकी थिर्इ ।

उनकाे प्रेमीले उनलार्इ डिसेम्बर २०१३ मा प्रस्ताव राखेकाे थियाे । याे जाेडीले इन्टरनेशनल ख्रिष्टियन युनिभर्सिटीमा विद्यार्थी हुँदा २०१२ मा भेटेका थिए ।

“सबभन्दा पहिला म उसकाे  सूर्य जस्तै चम्किलाे मुस्कानमा फिदा भएकाे थिएँ,  श्री काेमुराेसँग सन्ताेषजनक र सहज घराना जमाउन राम्राे हुनेछ ताकि हामी दुबै मुस्कानले भरीएकाे परिवार निर्माण गर्न सकाैं,” राजकुमारीले मुस्कुराउँदै भनिन् ।

काेमुराेलार्इ चाहिँ राजकुमारी माकाेले उसलार्इ चन्द्रमाझै शान्त भएर हेरिरहेकाे जस्ताे लाग्छ रे ।

सम्राट अखिटाेले तिनीहरूकाे मङगनी अार्इतबार अाैपचारिक रूपमा स्वीकार गरे अनि तिनीहरूकाे विवाह चाहिँ २०१८ मा हुनेछ ।

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment