थाेमस बाेगटी

वर्तमान परिपेक्षमा हेर्ने हाे भने नेपालमा मात्र हाेर्इन तर भारत, बङलादेश, पाकिस्तान र अमेरिकामा बाढी अाएर धेरै धनजन र ज्यान गुमेकाे छ । तर सबै भन्दा अचम्मकाे घटना के घटिरहेकाे छ भने काेही बाढीपिडितले अाफ्नाे घरमा यस्ताे संकष्टकाे समयमा बाढीले बगाएर ल्याएकाे जङगली पशुहरूकाे सामना गर्न परिरहेकाे छ ।

हिजाे भरखरमात्रकाे कुरा हाे, अमेरिकाकाे टेक्सासकाे हुस्टनमा हार्वे तुफानकाे कारण भएकाे बाढीले एकजनाकाे घर यस्तै विशाल र खतरनाक १० फुट जन्तुलार्इ बगाएर ल्यार्इदिएकाे रहेछ । घर मालिक ब्रायन फाेस्टरले उनकाे घर बाढीले खत्तम पारिदिएकाे पाए तर  घरकाे अरू अवस्था कस्ताे छ भनेर खाेजेर हिँडदै गरी हेर्दा उनी अाफ्नाे नास्ता गर्ने काेठामा पुगे । काेठाभित्र छिरेर  तल के हेरेका मात्र थिए, उनकाे त्रासकाे कुनै सिमानै रहेन जब उनले नास्ता गर्ने टेबुलमुनि १० फुट घडीयाल गाेहीलार्इ काेठामा शरण लिएकाे पाए ।

फाेस्टर र उनले सहयाेगकाे लागी बाेलाएकाहरूले केहि घण्टा गाेहीलार्इ समातेर बाहिर ल्याउने प्रयास गरे । त्यसपछि, वाइल्डरनेक्स वाइल्डलाइफ कन्ट्राेल र स्थानिय कानुन संम्पादनकाे अधिकृतहरू अाए अनि त्यस खतरनाक गाेहीसँग कुस्ती खेल्न थाेले । त्यसकाे माथि चढ्न सफल भएपछि, उनीहरूले त्यसकाे मुख डाेरी बाँधे अनि जनावर निकुञ्जमा लगे ।

हुस्टनकाे बाढीमा फस्टर बाहेक अरूहरूकाे घरमा पनि बाढीले गाेहीकाे सन्त्राल फैलाएकाे छ । गाेहीमात्र हाेइन र अरू खतरनाक जनावरहरू पनि मानिसकाे निवासस्थान बाढीबाट जाेगीन सरण लिर्इरहेकाे घटनाहरू बाहिर अाएकाे छ । कसैकाे बगैंचाहरू पनि यी गाेहीहरू र सर्पाहरू पार्इएककाे छ ।

बाढीकाे समयमा यस्ता जङगली पशुहरू मानिसकाे सभ्यतामा छिर्नु स्वाभाविक हाे । सर्प, बाघ, गाेही, चितुवा, भालु जस्ता पशुहरूकाे नजिक बाढीपिडीतहरू जानुहुँदैन किनभने यी पशुहरूलार्इ मानसहरू मनपर्दैन । त्यसकारण अमेरिका तथा अरू देशहरूमा बाढी, पहिराे, भुइँचालाे र अरू दैविक प्रकाेपकाे समयमा बनजन्तुकाे बारेमा चेतावनीकाे सन्देश सम्म दिइएकाे हुन्छ । तिनीहरूकाे नजिक नगर्इ, सिधै सुरक्षाकर्मीहरूलार्इ सम्पर्क गर्न सुझाव दिइएकाे छ ।

यस्ताे खत्रा नेपालकाे बाढीपिडितले पनि सहनुपर्ने हुनसक्छ । त्यसैले सम्पुर्ण बाडीपिडितबाट जाेगीएका दाजुभाइ र दिदिबहिनीहरूले यस्ताे ज्यानलिने जनावहरू फेला पारेमा नजिक नगर्इ नजिककाे सुरक्षाकर्मी अार्मी वा पुलिसलार्इ खबर गरिदिनु राम्राे हुन्छ । त्यसबाहेक त्यस्ता जाेखिमपुर्ण अवस्थामा रहेका जनावरहरूलार्इ मार्नु पनि उचित हुँदैन । मानव पिडितकाे जत्ति जिउने मन हुन्छ त्यतिनै दैविक प्रकाेपमा मानिसकाे घरमा सरन लिने वा बगार्इएका पशुहरूकाे जिवन पनि ठूल्याे मूल्यकाे हुन्छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment