विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपाली युवाहरूकाे भविष्यमा चिन्ता व्यक्ग गर्नुभएकाे छ । पुर्खाले बनाएकाे सुन्दर नेपाल देशकाे हालत उहाँकाे पुस्ताले बिगारेकाे दाबी गर्दै नव पुस्ताका युवाहरूलार्इ साही नाप बमाेजिम गल्ति नगर्न अाैंल्याउनुभएकाे छ। एजुकेट नेपाल इनिसिएटिभकाे राष्ट्रिय युवा शिखर सम्मेलनमा उहाँले ‘नेपालमै अवसर छ’ शीर्षकमा बाेल्नु हुँदा नव पुस्ताका युवाहरूलार्इ विदेशमा जान मरिहत्ते गर्नुहुँदैन बरू नेपालमै कडा परिश्रम गरी जीविका चलाउने सुझाव दिनुभएकाे थियाे ।

मिश्रका पुस्ताले युवाहरूलार्इ के दिन सकेन ?

मिश्रका पुस्ताले नेपालकाे अाफ्नाै पहिचान कायम राख्न सकेनन् जुन नेपालीहरूलार्इ पुर्खाले हस्तान्तरण गरेका थिए । उहाँकाे पुस्ताले अवसरहरू पनि सृजना गर्न सकेनन्। विशेष गरी शिक्षाकाे क्षेत्रमा विकास नभएकाे देखेर उहाँले दुख व्यक्त गर्नु भयाे । कक्षा एकसम्म पुग्दा १२-१३ लाख विद्यार्थीहरू हुने गरेकाे तर कक्षा दशसम्म पुग्दा जम्म ५-६ लाख भएकाे जानकारी गराउनु भयाे । निजी शिक्षाबाट नेपालमा कुनै पनि विकास हुन नसक्ने कुरामा जाेड दिँदै अाफू पनि दाेषी भएकाे व्यक्त गर्नुभयाे ।

उनकाे अनुसार एकताका अाफ्नाे छाेरालार्इ थापाथली सडकमा कारमा सवार गर्दा केहि राेचक पूराना कुराहरूसँग सम्मकालिन खस्किँदाे अवस्थासँग तुलना गर्नुभयाे । “धेरै वर्षसम्म म बेलायतमा थिएँ र मेरा छाेरछाेरीहरू पनि त्यहीनै हर्केका हुन् र अंग्रेजी बाेल्छन् । मैले मेराे जमानामा थापाथली हरियाे, शान्तमय र कुनै प्रदुषण नभएकाे बताएँ ।” उनले याे भन्दै गर्दा उनकाे छाेरा माैन थियाे र मिश्रले केहि प्रतिक्रियाकाे लागि धैर्य गरी पर्खे । केहि क्षण पछि उनकाे छाेराेकाे जवाफले उनलार्इ चित्त दुख्ने गरी पिरल्याे । “तपार्इकाे पुस्ताले यसलार्इ बिगारेकाे हाे, यदि मैले केहि गर्न सकिनँ भने मलार्इ दाेष नदिनुहुाेस् ।” मिश्रकाे अाँखा त्यसबेला देखि खुल्याे र उनले बुझे कि उनकाे राजनैतिक सहकर्मीहरू र उनले अहिलेका नव पुस्तालार्इ अपेक्षा गरिरहेका थिए ।

मिश्रकाे पुस्ताकाे असफलताले युवाहरूमा उत्पादन गरेका नकारात्मक धारणा र नयाँ राजनेताहरूलार्इ चुनाैती 

मिश्रकाे पुस्ताले गरेका राजनैतिक अवस्था र परिणामहरूले गर्दा नेपाली नव युवा पुस्तामा नकारात्मक धारणाकाे विकास भएकाे कुरामा मिश्र स्पष्ट हुनुभएकाे छ । मिश्रले स्पष्टसाथ अाफ्नाे पुस्ताकाे गल्तीलार्इ स्वीकारी नयाँ नेतृत्वकाे विकासमा समेत याे नव पुस्ताकाे नकारात्मक धारणा रहि अाएकाे बताए । मिश्र अाफै पनि पत्रकारिता र लाेक कल्याणकारीमा कार्यरत रही अन्तिममा देश उन्नतिकाे लागि राजनितिमा छिरेकाे दाबी छ । उनी शिक्षित छन् , सक्षम छन् र त्यसकारण उनी राजनीतिमा लागेकाे कारण बताए र याे गर्नकाे लागि उहाँले टाेनी ब्लेएरकाे जिवनीबाट पाठ सिकेका थिए किनभने उनी बताउँछन् यस्ता सक्षमा मानिसहरूले नै सुधार ल्याउन सक्छन् । विदेशका धेरै असल राजनैतिक नेताहरू अक्सफाेर्ड र क्याम्ब्रिज विश्व विद्यालयकाे उत्पादन हुन् भन्ने उहाँकाे मत रहेकाे छ । तर अाफ्नाे पुस्ताकाे राजनेताहरूकाे असफलताकाे असरले उहाँकाे राजनीति यात्रामा पनि असर गरेकाे बताउनुभयाे । “हामी विश्वासयाेग्य छाैं भने पनि सबै कुरालार्इ प्रमाणित गर्नैपर्छ ,” उनले भने किनभने नव पुस्ताले राजनीतिलार्इ फाेहाेर खेल भएकाे नकारात्मक धारणा बाेकि हिँडेका छन् र अरू धाेकामा परेकाे जन्ताहरूबाट त्यस्तै शिक्षा पनि पाउँदैछन् ।

मिश्रकाे पुस्ताकाे नकारात्मक असरले नव युवाहरूमा जन्मेकाे नकारात्मक दृष्टिकाण हानिकारक भएकाे उहाँले देखाउनुभयाे । तर त्यस्ताे नकारात्मक अवस्थालार्इ गनगन गरेर नै टारी अनुकूलन गरिरहेकाे दर्साउनुभयाे । देशमा धेरै समस्याहरूलार्इ समाधान नगरीकनै त्यसलार्इ सहने अादत लागेकाे छ नव पुस्तालार्इ । देशका सडकहरू फाेहर मैलाले भरिएकाे छ , प्रदुषण छ तर जन्ताले त्यस्तकाे नकारात्मक अवस्थालार्इ सहने अादत डालेकाे छ र यसकाे लागि उनीहरूले मास्क लाएर टार्ने गर्छन् । यदि काेही अरबपति अाएपनि नेपालकाे सडकहरूमा सुरक्षित नभएकाे उनले गुनासाे गरे किनभने ट्राफिक जाम, खराब राेड र बेहाेसियारी गाडी सवारले कुनै पनि अवस्थामा दुर्घटानमा पर्न सकिन्छ । तर भाेट पाएर जित्ने राजनेताहरूसँग कार, सुरक्षाकर्मि र स्वास्थ्य बिमा छ भने जन्ता र नव पुस्तासँग  समस्यामात्र छ ।

याे समस्यालार्इ टार्न युवाहरू विदेश पलायन भएकाे प्रकाशित गरे । नकारात्मक धारणाले गर्दा विदेश गए पछि धेरै युवाहरू अाफ्नाे काम र पढार्इ सिध्याइसके पछि पनि देश फर्कदैनन् । देशमा कुनै पनि अवसर देख्दैनन् र सृजना पनि गर्दैनन् । कतिपय युवाहरू अाफ्नाे अभिभावककाे जीवनकाे अन्तिम घडीमा मात्र नेपाल फर्किने चलन रहेकाे पनि उनले बताउनुभयाे ।

मिश्रका अनुसार युवाहरूले अवसरहरू सृजना गर्न केहि कदमहरू चाल्न सक्छन् 

मिश्रले नव युवा पुस्तालार्इ ठूलाे सपना देख्ने चुनाैती दिएका छन् । युवाहरूकाे खुसी बाइक, विदेश जाने, व्यवसाय गर्ने, कार किन्ने जस्ताे झिनामसिना कुराहरूमा अल्झीनु हुँदैन । संकाेचित साेच र भावनाहरू बाेकेर युवाहरू अघि बढ्न सक्दैनन् । तर अवसरहरू सृजना गर्ने कुरामा मन लगाउन उनले सुझाव दिएका छन् जसबाट जीवन यात्राकाे बलियाे जग बसाल्नु सकिन्छ ।

युवाहरूले अवसरहरू सृजना गर्न निम्न कदमहरू चाल्न सक्छन्ः

  • डायरी वा दैनिकी लेख्ने ः अवस्थाहरूलार्इ निरीक्षण गर्नुपर्छ । अरू देशकाे र मानिसहरूकाे विकासबाट सिक्नु पर्छ । अाफ्ना विचारहरू लेख्नुपर्छ ।
  • डायरीमा अाफ्नाे उद्देश्यहरू लेख्ने ः अाफू जीवनमा के के बन्न चहाने हाे त्यसलार्इ लेख्नुपर्छ । त्याे लक्षय प्राप्तिकाे लागी चाहिने सिप, शिक्षा, दक्ष र अनुभवहरूकाे पनि सूची बनाउनु पर्छ । धेरै उद्देश्यहरू हुन सक्छ । एउटा प्राप्त गर्न नसके अर्काेलार्इ राेज्नुपर्छ किनभने उद्देश्य पहुँच याेग्य हुनुपर्छ ।
  • ती उद्देश्यहरूकाे सूची बीच खाली ठाउँ छाेड्नुपर्छ ः ति उद्देश्यहरूकाे विषयमा के कुरा गर्न अावश्यक छ त्यसलार्इ सूची बनाउनु पर्छ । कति समय लाग्छ, अाफ्नाे रूची, गरिरहेकाे अनुभविक अवस्थाहरू जस्ता इतियादी कुराले खाली ठाउँलार्इ भर्दै जानुपर्छ ।
  • कदमहरू थाहा गर्नुेः अब यी उद्देश्यहरूलार्इ हासिल गर्ने कदमहरू थाहा पाउनुपर्छ। त्यसकाे साथ साथै अरू बैकल्पिक कदमहरूकाे पनि निर्धारण गर्नुपर्छ । एउटा कदमले काम नगरे अर्काे बिकल्पमा भर पर्नु पर्छ ।

“अाफ्नाे जीवनकाे मार्ग कुनै राजनेतलाइ खुसी पार्नलार्इ गर्नु हुँदैन । अाफ्नाे सिप र क्षमता विकास गर्नुपर्छ ताकी भविष्यमा कसैकाे वैसाखीकाे साहारा लिनु नपराेस तर स्वाभिमान जीवन मिलाेस ,” मिश्रले भने  । ज्ञानमात्र शक्ति हाेइन तर क्षमता र सृजनासिल्ता पनि शक्ति भएकाे भन्दै युवाहरूलार्इ क्षमता र सीप विकासमा लाग्न मिश्रले जाेड दिए ।

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment