याे वर्ष ADIDAS ले पानी, रक्सी र भमिट प्रतिराधी जुत्ता बनाएकाे छ । करिब $२३८ काे याे जुत्ताले वियर, भमिट र पानी बाहेक अरूकुनै पनि तरल पदार्थ सजिलै हटाउन सक्छ । यसमा फालिएकाे, झरेकाे, खन्याइएकाे तरल पदार्थहरूकाे प्रतिराेध गर्नेछ ।

याे जुत्ता बेभिरियन छालाकाे रङहरूले प्रेरित भएकाे हाे र याे गहिराे खैराे र खुइले खैराे रङकाे छाला र धर्काहरूकाे साथ टाटेपाटे तुनामा अाउनेछ ।

याे वशेष गरी अाेक्टाेबेरफेस्टकाे उपलक्ष्यमा बनार्इएकाे हाे जुन संसारकाे सबैभन्दा ठूलाे बियर खाने चाड हाे । यस्ताे चाडमा बियर पाेखिएर जुत्ताहरू गन्हाउने र बिग्रने भएकाेले याे प्रतिराधी जुत्ता बजारमा ल्याइएकाे हाे । त्यसमाथि भमिटकाे संकटबाट जुत्तालार्इ जाेगाउन चाडकाे लागी सृजिएकाे हाे ।

एक जाेडी बियर प्रतिराेधी जुत्ताकाे खरिदमा एक बियर मग पनि सित्तै उपलब्ध हुने कुरा बताइएकाे छ । त्याे वियरकाे मगमा वियर पनि भरिएकाे हुनेछ ताकी त्यस जुत्ता माथि ग्राहकले जाँच गर्न सकाेस वा त्यसलार्इ पिउन पनि अनुमति दिर्इएकाे छ ।

ADIDAS अनुसार, केहि थाेरै मात्रामा बनेकाे याे तरल पदार्थ प्रतिराेधी जुत्ता केहि समयकाे लागी मात्र उपलब्ध हुने जानकारी गरार्इएकाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment