दिल्ली राम पौडेल 

हाम्रो देश हिन्दु धर्मको बढी प्रभाव परेको देश भएकोले हामीमा यो धर्मले विभिन्न प्रकारको छाप पारेको छ। हामी सानो हुँदा हाम्री आमाले बाबु सबै त्याग्नु तर जात नफाल्नु भन्नुहुन्थ्यो। त्यसैले म आमाले भनेको मान्दथे। माछा, मासु नखाने, अरुले पकाएको नखाने, पंचाङ्ग पूज्ने, गिता र चन्डी पढ्ने जस्ता मेरो दैनिक कृयाकलाप थियो। आमाले भनेको सबै मान्नाले म सबैभन्दा प्यारो थिए।   

म हिन्दु हुनको लागि मैले केही गर्नु परेन। जजमान गर्न पनि केही गर्नु परेन, मेरो जन्मले नै मलाई ब्राहृमण बनायो, हिन्दू बनायो। सबैले ढोग गर्दा,रुपैयाँ पैसा दान दिदा मलाई गौरव लाग्थ्यो। हुनत बुद्धिसट हुनलाई पनि केही गर्नु पर्दैन जस्तो लाग्छ। मूस्लिम,जैन,शिख हुनु पनि केही गर्नु पर्दैन, केवल त्यो परिवारमा जन्मे मात्रै पुग्छ। म ब्राहृमण हुन पाउने की नपाउने भन्ने निर्णय मेरो बुबा वा आमालाई मात्र गर्न सक्दथे।

दुवै ब्राहृमण कोखबाट जन्मेका बुबा आमाको सन्तान ब्राहृमण बन्न सक्छ। मेरो हजूरबुबा र हजूरआमा दुवै ब्राहृमण परिवारबाट हुनुहुन्थ्यो र मेरो आमा बुबा दुवै ब्राहृमण परिवारबाट हुनुहुन्छ त्यसैले म स्वत ब्राहृमण भएर जन्मे। जन्मदा म उहाँहरुको कोखबाट जन्मे। जन्मदा न मेरो प्रार्थना नै थियो न त रोजाई तर उहाँहरुको कोखबाट जन्मेको कारणले कसैले मलाई बाहुन काठा नामले वा अरुकुनै प्रकारका गिल्ला भोग्नु पर्दथ्यो। त्यो परिवारमा जन्मनुमा मेरो कुनै गल्ती छैन। नेपालमा जाती प्रथाले जरा गाडेको हुनाले यसको गलत प्रभावबाट हामी अछुत छैनौ। सबैलाई कुनै न कुनै प्रकारका प्रभाव र दासत्वमा छौ। पछि जब म अध्ययन गर्दै गए ख्रीष्टियन प्रतिको घृणा म मा थियो।

एकजना व्यक्ति ख्रीष्टियनलाई मैले भेटे, उ पनि ब्राहृमण जस्तै थियो अनि मैले सोधे तपाई त ख्रीष्टियन जस्तो हुनुहुन्न नी, त्यसपछि उहाँले भन्नुभयो, किन? अनि मैले भने उहाँको नाम सोधे, उहाँले जवाफमा मेरो नाम ………….हो । मेलै फेरी सोधे तपाई पनि ब्राहृमण, उहाँले भन्नुभयो म……………..। तपाई हिन्दू धर्म त्यागेर कसरी ख्रीष्टियन हुनुभयो- उहाँले मलाई उत्तरमा, “सबै धर्म जन्मिएर मात्र त्यो धर्म पछ्याउन सकिन्छ तर ख्रीष्टियन हुदाँ येशूलाई ग्रहण गरेर मात्र ख्रीष्टियन हुन सकिन्छ। ख्रीष्टियन परिवारमा जन्मेर, बाइबल पढेर, प्रार्थना गरेर, दान दिएर ख्रीष्टियन बन्न सकिदैन, म पापी हूँ मलाई क्षमा चाहिन्छ भनी पश्चताप गरेर प्रभू र मूक्तिदाता, र्स्वर्ग र पृथ्वीको मालिक, मेरो जीवनको मालिक भनेर ग्रहण गरेर मात्र ख्रीष्टियन हुन सकिन्छ। येशूलाई हृदयमा विश्वास र स्वीकार गरेर मात्र ख्रीष्टियन हुन सकिन्छ। त्यसैले कसैले कसैको धर्म परिवर्तन गराउन सक्दैन। साना नानीहरुलाई येशूको प्रेम देखाउन सकिन्छ, बाइबल पढाउन सकिन्छ, प्रार्थना गर्न सिकाउन सकिन्छ तर ख्रीष्टियन बनाउन सकिदैन, धर्म परिवर्तन गराउन सकिदैन। ख्रीष्टियनको छोराछोरीहरु उमेर पुगेपछि हृदयमा इश्वर प्रतिको श्रद्वा पलाएर मूखले स्वीकार गरेर मात्र साँचो ख्रीष्टियन बन्न सक्छन् भने अर्को धर्मको मानिसलाई धर्म परिवर्तन गराउने कसैको शक्ति छैन, केवल आफ्नो विश्वास र स्वीकारले मात्र।”

यसले मेरो दृष्टिकोण नै परिवर्तन गरिदियो। ख्रीष्टियन प्रतिको मेरो दृष्टिकोण नै परिवर्तन भयो। हाम्रो देश सुन्दर छ, विभिन्न संस्कृति, धर्म, आस्था र परम्पराले भरिएको छ, त्यसैले आफ्नो आस्था बताउ, आफ्नो सृष्टिकर्ता लाइ खोजौ, मिलापमा बसौं, अरुको लहलहैमा नलागौ । नचाइदो बिरोध नगरौं । नैतिक नेपालको निर्माण गरौ र बिश्वको नमुना देश बनौ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment