-थाेमस बाेगटी –

संसारभरी सरकारहरु, सञ्चार माध्यम, बिज्ञापन, व्यापार अनि विभिन्न धार्मिक र अधार्मिक वातावरणमा इतिहासभरी विदाको लागि ख्रीष्टमसको उत्सव, पहिचान, कानूनिकरण वा स्वीकारोक्तीलाई लिएर धेरै नै वादविवाद चलेको छ ।

प्यूरिटनको ख्रीष्टमसमा अविश्वास

१७ औँ सताब्दीमा प्युरीटन व्यवस्थाले ख्रीष्टमसको उत्सवलाई निषेध गरेको थियो । फ्रान्सको क्रान्तीकारी युगमा ख्रीष्टियन ख्रीष्टमसका धार्मिक सेवाहरु निषेध गरिएको थियो । प्यूरिटनले यसलाई अन्यजातीबाट उब्जेको चाडको रुपमा हेथ्र्यो किनभने उनीहरुको अनुसार यो बाइबलीय थिएन । तर निरन्तर ख्रीष्टमसलाई संस्थापन गर्नेहरुले क्रान्ती गरेर क्यारोल गीत, ख्रीष्टमस पिता, पोलेको स्याऊ, तास खेल्ने, केटा केटीको नाच गर्न रोकेनन् । अरु क्याथोलिक र प्रोटेस्टन्टहरुलाई ख्रीष्टमसको पुरै भागलाई अन्यजाती धर्मकर्म नलिएर यसको कुनै अंशहरुलाई मात्र अन्यजाती परमपराको रुपमा लिए । जसको परिणामस्वरुप ख्रीष्टमस मनाउने क्रममा प्रोटेस्टेन्टको विभिन्न सम्प्रदायहरुमा मतवेद भइनै रहयो ।

नाजी जर्मनी र नास्तिक रसियोको ख्रीष्टमस विरोधी अभियान

त्यस्तै गरी २० सताब्दीमा राज्य नास्तिकको सिद्धान्तलाई अंगालेको सोभियत युनियनले ख्रीष्टमस उत्सवलाई मनाही गरेको थियो । रसिया र उसको छिमेकी राष्ट्रहरुमा ख्रीष्टमसको परमपरा विरुद्ध अभियान पनि गर्न लगाइयो । क्रूसमा विरोध चिन्हस्वरुप थुक्न पनि लगाए । ख्रीष्टमसलाई विस्थापित गर्न रसियाले हरेक महिनाको अन्तमा ख्रीष्टमस विरोधी उत्सवहरु मनाउन थाल्यो ।
नाजी जर्मनीले पनि धर्मलाई दुश्मनको नजरले हेरेकोले सबै ख्रीष्टियन मान्यताहरुलाई हटाई कुनै पनि ख्रीष्टियन चाडहरु मनाउनबाट बन्चित गर्ने नियम निकाल्यो । त्यस समय ठूलो षडयन्त्रकारी प्रचारहरु गरी ख्रीष्टियन सारहरुलाई निमिटयान्न पार्न खोजिएको थियो । यहूदीहरुलाई मारी अधिनायकवादी फैलाउने प्रचारको काम हुन थाल्यो ।

ख्रीष्टमस सम्बन्धि अमेरीका, क्यानाडा र बेलायतमा आधुनिक विवादहरु

आधुनिक विवादहरु प्राय जसो ‘ख्रीष्टमस युद्ध’ शब्द प्रयोग गरी खिल्ली उडाउने काम र षडयन्त्र भएको थियो विशेष गरी अमेरिका र क्यानाडामा जुन बेलायतमा पनि फैलेको थियो । विभिन्न सरकार, निगमित संस्थाहरुले ख्रीष्टियनहरुलाई मात्र नर्भइ सबैलाई लक्ष्य बनाएर विदाको योजना गर्नुपर्ने कुरा अघि सारेका थिए । अहिले पनि विभिन्न प्रयासद्वारा यही गर्न खोजिएको छ । ख्रीष्टमसमा चम्काउने बत्तीहरु, रुखहरु, चकलेटहरु, सजावटहरु आदि ख्रीष्टमससँग नजोडेर अरु विशेष कुरासँग जोडेर मान्नुपर्ने धारणाहरु अघि सारी रहन्छन् । त्यस्तै गरी गोठ सजाउने, ख्रीष्ट येशू, मरियम, योसेफ, घरेलु जन्तुहरु, सेतो ऊन, स्वर्गदूत र गोठालोहरुले सजाएको स्थान र अभ्यासहरु विरुद्ध निरन्तर खडा भइरहन्छन् । त्यसैकारण अमेरीकामा धेरै बजारहरुमा ‘ख्रीष्टसमको शुभकामना’ भनेर ग्राहकहरुलाई अभिवाद गर्नुभन्दा व्यापारीहरु यसो भन्ने चलन प्रख्यात गर्दै आएका छन् ‘ह्यापी हलिडो’ ‘सिजन्स ग्रिटिङ्गस्’ आदि । उनीहरु ‘मेरी ख्रीष्टमस’ भन्न रुचाउदैनन् ।

संसारको सबै देशमा ख्रीष्टमस विदा पाउन संघर्ष गरिएको छ

ख्रीष्टमसले विशेष गरी पहिला देखि नै विदाको उपाधी पाउन संघर्ष गरेको कुरा इतिहासले देखाउँछ । अमेरीकामा स्वतन्त्र दिन सन १७७६ देखिमा मात्र देशव्यापी रुपमा विदा मनाइएको थियो त्यसभन्दा अघाडी ख्रीष्टमसको विदा एक विवाद र युद्धको कारणमात्र हुने गरेको थियो । त्यसपछि मात्र विभिन्न यूरोपेली देशहरुमा विदा दिन थालियो । जुनै पनि देशमा ख्रीष्ट भक्त तथा ख्रीष्टमस मनाउन रुचाउनेहरुले आवाज उठाए पछि विदा दिन सरकार बाध्य भएको इतिहासले देखाउँछ । यहाँसम्म कि हिन्दूहरुले भरिभराऊ भारतले पनि यसलाई राष्ट्रव्यापी विदाको चाड घोषणा गरेको छ । भारतमा हिन्दू समुदायबाट हरेक साल यसको विरोध हुनेगर्छ तर पनि सार्वजानिक विदा घोषणा गरिन्छ । विभिन्न दक्षिण एसियाको देशहरुमा ख्रीष्टियनहरुले ख्रीष्टमस विदा माग्दै आएका छन् र उनीहरु सफल पनि भएका छन् । नेपालमा पनि चर्को ख्रीष्ट विरोध र ख्रीष्टिमसको विदा कटौती अभियान वावजूत ख्रीष्टमस विदा कायम राखिएको छ । त्यस बाहेक ख्रीष्टियानिटी सम्बन्धि अरु चाडहरु जस्तै इस्टर, बक्सीङ्ग डे मा पनि ख्रीष्टियनहरु नहिचकिचाई विद्यालय, जागिर तथा व्यवसायबाट व्यक्तिगत रुपमा विदा लिँदै आएका छन् ।

ख्रीष्टमस भविष्यको विश्वव्यापी धार्मिक विदा हुनसक्छ

आज संसारको ९९.९५ देशहरुमा ख्रीष्टमस कुनै न कुनै रुपमा मनाइदै आएको छ चाहे त्यहा विदा होस् या नहोस् । डिसेम्बर २५ तारिक ख्रीष्टमस पर्छ भनेर शिक्षित वर्गहरु सबैलाई थाहा छ । कुनै पनि आमसञ्चारले यसलाई विज्ञापन दिनबाट पछि परेको छैन किनभने ऊ बाध्य छ । मनाइन्छ त अब देखाउनै पर्यो । देखाउदैमा पनि विज्ञापन भैहाल्छ । ख्रीष्टियनहरु धेरै जस्तो देशको समुदाय हुन र उनीहरु आफ्नो चाड अरु धर्मवालम्बीहरुले गरेझै महत्व दिन्छन् । संसारभरी ख्रीष्टमसको सामान विक्री हुन्छ चाहे त्यो ख्रीष्ट विरोधी देशहरु नै किन नहोस् । एक जमानामा अमेरीका, यूरोप तथा अष्टे«लियामै ख्रीष्टमस मनाउन संघर्ष गर्नु परेको थियो तर अहिले आएर यसले विश्वमा नै विदाको दाबी गर्दैछ र यसले एउटामात्र व्यक्तिको नाम मानिसहरु माथि चर्को आवाजले कराउछ । त्यो नाम हो २००० वर्ष अघि जन्मेको येशू ख्रीष्ट । येशू ख्रीष्ट जन्मेको नभए ख्रीष्टमस हुँदैन थियो । कोही यसको लागि मर्नुपर्दैन थियो । कसैले यसलाई सबैभन्दा विवादित चाड बनाउनु पर्दैन थियो ।

२००० वर्ष पहिले ख्रीष्टको जन्म दिन रोक्न असफल एक महान हेरोद राजा 

यो २००० वर्ष अघाडीको कुरा हो जब इस्राएलमा एक हेरोद राजाले ख्रीष्टको जन्मलाई रोक्न खोजी ख्रीष्टलाई मार्न खोजेको थियो । ख्रीष्ट जन्मनुभन्दा ४० वर्ष हेरोदलाई रोमी सरकारले राजा बनाएको थियो । ऊसले विद्वान ज्योतिषीहरुबाट पनि सहायताको याचना गर्यो तर बालक येशूको जन्मको दर्शन पाएपछि तिनीहरुले हेरोदलाई नै धोका दिए । जसको फलस्वरुप हेरोदले २ वर्षमुनिका सबै बालकहरुलाई तरवारले मारे जब कि शिशु येशूलाई मिश्र देशमा आश्रय मिलेको थियो । हेरोद मरेपछि मात्र ख्रीष्टका अभिभावकहरुले येशूलाई इस्राएलको गालिलको नासरतमा ल्याए र उनी हुर्किए । त्यस बेला देखि ख्रीष्टको जन्म दिनको स्वरुप ख्रीष्टमस चाडको विकास गरिएको इतिहासहरुले बताउछ किनभने यूरोप तथा खाडी मुलुकहरुमा जुन मानिसहरुले यही ख्रीष्टमाथि विश्वास गरे तिनीहरुले आफ्नो पूरानो धर्म र रीतिलाई त्यागी उनको अनुयायी बने । त्यस पछि तिनीहरुलाई केहिले पनि रोक्न सकेन ।

तिनीहरु जो ख्रीष्टको जन्मदिन नमनाउनुभन्दा संसारलाई अलबिदा गर्न तयार भए

उनीहरु मर्न पनि तयार भए । धेरैलाई जेल हालियो । धेरैलाई सताइयो तर उनीहरुले ख्रीष्टको शिक्षा, उनको जन्म, मृत्यु र पुनरुत्थानको घोषणा गर्न कहिल्यै छाडेनन् । यसको अन्तरालमा धेरैको रगत बग्यो, परिवार मारियो, देश निकाला भए, तरवारले रेटिए र क्रुसमा समेत टाँगिए ।

                ।।।। ख्रीष्टको जन्म सबैभन्दा
                                    फरक छ जुन संसारलेनै
                                            उत्कण्ठसाथ पर्खिरहेको थियो ।।।।।

वास्तवमा येशू ख्रीष्ट कन्याको कोखबाट जन्मेको कुरा ख्रीष्टियन धर्मशास्त्र बाइबलमा उल्लेख छ जुन कन्य काेखको जन्म अरु धर्मविद तथा शास्त्रहरुले पर्खेको थियो र उल्लेख गरेको थियो । त्यो कन्याको कोखबाट जन्मने घटना, इश्वरवाणी ख्रीष्टमा पुरा भएको कुरा ज्योतिषीहरुले हेरोदलाई बताएका थिए । येशू ख्रीष्टको जन्मको उल्लेख निकै पौराणिक छ । यसलाई धेरै शास्त्रहरुमा नबुझिकनै गाभिन खोजिएको थियो किनभने यही कन्याको काेखबाट जन्मने मात्र पाप रहित भएकाले पापीहरुको मुक्तीदाता हुने विश्वास र प्रचलन प्राचीन विश्वास देखि कायम थियो । उनीहरुको लागि मुक्तिदाताको जन्म दिन मनाउनेबाट रोक्न नसकिने कारणहरु मध्ये सबैभन्दा मुख्य कारण यही नै हो । धेरै राजा, नेता, सम्राट, सिपाही, राजनेता त्यही हेरोदझै ख्रीष्टको जन्म दिन हटाउन असफल भएर मरेनन् मात्र तर कतिले विश्वास पनि गर्न पुगे । उदाहरणको लागि रोमको सम्राट कन्सटान्टीन जसले पछि रोमी धर्मवालम्वीहरु सबैलाई ख्रीष्ट पूजक बनाएर संसारलार्इ आनन्दसाथ अलबिदा गरे । जसरी ज्याेतिषीहरूले हेराेदलार्इ बिना कुनै जानकारी बालक येशूलार्इ अलबिदा गरे अनि अाफ्नै देश फर्के ।

आनन्दसाथको अलबिदा !!

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment