विवाहकाे विषयमा धेरै विचलित गराउने सत्यताहरू छन् । मेराे लागि सबैभन्दा विचलित गराउने कुरा चाहि ति हुन जुन कुराहरू  र विचाराहरू विवाहसँग जाेडिएकाे छ ।

विवाह असिमित प्रेम हाेइन

त्यहाँ घृणा छ । परित्याग छ । त्यहाँ तिताेपना, एकलाेपना, धाेका र पिडा छ । मैले मेराे श्रिमतीकाे लागि २४ घण्टा, ३६५ दिन प्रेमकाे महसुस हुँदैन । नता उनीलार्इ नै त्यस्ताे लाग्छ ।

विवाहमा निष्कृयता हुन्छ 

हामीले प्रेम नपाउने समयहरू हुन्छन् । कहिलेकाही प्रेमले हाेइन तर विवाहकाे कारणमात्र हामी विवाहमा बाँधिएका हुन्छाैँ । बाँडिएकाे जिम्मेवारी, खाना खाने, अाेच्छयान, धर्मकर्म र विदाहरूमा प्रकटहुने कुराहरूले हामीलार्इ एकसाथ जाेडीरहन्छ ।

विवाह तपार्इकाे सिध्दताकाे निकाय हाेइन 

यसले तपार्इंकाे खाली ठाउँहरूलाइ भरेर पूर्ण गर्दैन । याे तपार्इले गुमाइरहेकाे कुरा पनि हाेइन । याे तपार्इंकाे साँचाे रूपलार्इ पूरा गर्नु पनि हाेइन ।विवाहले केही गर्दैन तर सायद यसले तपार्इंलाइ केही गर्न लगाउँछ ।

विवाहले पुग्दैन 

विवाह संसारकाे एकल सफलता र उपलब्धी हाेइन । मैले याे गरेँ, मैल विवाह गरेकाे छु, चिन्ता गर्न छाेड, संका नगर । सायद केहि पलकाे लागि, तर लामाे समयकाे लागि हाेइन । सदाकाे लागि हाेइन । अब के भन्ने प्रश्नहरू रहिरहनछ । अनि केहि छैन किनभने विवाह पनि सुरक्षित छैन ।

विवाह खराब कुरा हुनसक्छ 

विवाहले झुटाे जमर्काे , ताेडिएकाे भराेसा, ताेडिएकाे सपनाहरू भन्दा पारी जान्छ । यदि तपार्इ सिमा नाघेर जान चहानुहुन्छ, तपार्इ जान सक्नुहुन्छ । तर असल विवाहहरू ति हुन जसले काम गर्छ, जसले अन्धकारकाे एकलाे समयहरूमा पनि रहिरहन्छ, खाली ज्याेती चम्कने र भेट्ने समयहरूमा मात्र हाेइन ।

विवाहकाे कुनै अाधारभूत रेखा छैन 

केहि अपवाद बाहेक, के कुरा खराब, असल, मान्य, अमान्य भन्ने कुराकाे लागि मापदण्ड छैन । कसैले तपार्इंलाइ विवाहलार्इ बचाउन याे गर, त्याे गर भनेर तपार्इंकाे जिम्मेवारीलाइ काेट्याइरहन सक्दैन । तपार्इंकाे त विवाह प्रति अाफ्नै व्यवस्था र नियम छ । कुनै उत्तरहरू ठीक लाग्दैन । त्यसैले तपार्इं कुनै उत्तरहरू खाेज्नुहुन्न ।

विवाह तपार्इंभन्दा ठूलाे छ , तपार्इं दवैजनाभन्दा विशाल छ 

यदि मेराे उत्तरहरू विवाहकाे अाेच्छयान पल्टिएर लिपट्नु र पर्दाहरूमा अाफ्नाे दामपतीसँग टाँसिनेका लागि दन्तेकथा भएकाे छ भने,,,त्यसाे भयाे किनभने तपाइकाे लागि त्यस्तै हाे । खास याे दन्तेकथा हाेइन, तर त्यहाँ केहि अाकारहिन छ । तिमीहरू दुइबीच याे नदेखिने तेश्राे कुरा हाे जुन सम्बन्धमा रहेकाे हुन्छ ।

याे जिम्मेवारी, प्रतिबध्दता, शक्ति र उल्लेखनीय घनिष्टता हाे । मर्नुभन्दा अघि हामी देखिनुपर्छ, प्रमाणीत हुनुपर्छ र एक अर्कामा बाँधिरहनुपर्छ । अरू कुनै समाजिक संस्थाभन्दा हामी मानस भएकाे कारण यसमा बाँधिन्छाै । (तर कर तिर्ने विषयमा नभुल्नुहाेला, अब विवाहले कर तिर्नबाट त राेकेकाे छैन नि कसैलार्इ) ।

 

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment