अब तपार्इं तीस बर्ष तिर टेक्दै हुनुहुन्छ र याे पनि बुझ्दै जानुभएकाे छ कि अब चाहिँ कुनै बेकारकाे काम गर्ने समय हाेइन, कसैलार्इ ललाउने वा फकाउने समय हाेइन वा साथीहरूसँग बसेर हप्ताकाे दिनभरी कुरा गरेर पैसा उडाउदै चिया खाने अवधी हैन । तरूणी र तरूणहरूसँग बढी जिस्कने र मायाप्रिती गाँस्ने समय याे हाेइन । जीन्दगी झन वास्तविक हुँदैछ र यदि बिगतमा केही बेफाइदाकाे कुरा भएकाे छ भने त्यही काम गर्ने अवधि हाेइन । अब त अाफै जीउने पालाे हाे, अामा बाबुकाे पैसा देखि टाढा रहने समय हाे, अभिभावकहरूसँग हात फैलाउन लजाउने समय हाे । अादि याैवन त्यतीकै बितेकाे छ तर अब तपार्इं फेरी त्यसरी बिताउन चहानुहुन्न । तपार्इं अब केहि गरेर देखाउनु चहानुहुन्छ र ती सबै फाइदा जनक र अर्थमय भएकाे रूचाउनुहुन्छ । समाजका बुढापाकाहरूले समेत “याे काम लाग्दैन ” भनेकाे अब सुन्न मन लाग्दैन र तिनीहरूलार्इ गलत साबित गर्नुछ । अब चाहिँ गम्भीर हर्के र विरे हुने समय अाएकाे छ । पसिना बगाउनै पर्छ, श्रीमती भितृयाउनै पर्छ, छाेराछाेरी जन्माउनै पर्छ किनभने यसबाट काेही पनि नउमकने कुरा तपार्इंले यस बेलासम्म थाहा पाइसक्नु भएकाे छ र यसबाट उम्कन हार खाने अात्मा हत्याराहरू हुने कुरा तपार्इंकाे साेचबाट पनि टाढा छ । अब तपार्इं त मरेर पनि जीउदाे व्यक्ति हुने प्रयासमा हुनुहुन्छ नकि जीउदाे लाश हुनेहरू जस्ताे । बुझ्या हाेइन ?

एक जमानामा डर थिएन, लाज थिएन र कसैकाे परवाहा थिएन । बाल थिएन । काेही चाहिएन । सबै कुरालार्इ बेक्कारकाे दृष्टिले हेरियाे हाेला सायद किनभने भने तपार्इंलाइ अझ पनि नादन बालकै बन्ने इच्छा थियाे तर समय र प्रकृतिकाे दाैडाइसँगै तपार्इंकाे त्याे नादन बालक रहने दिनहरू र इच्छाहरू हटदै गएकाे छ र अब त अाफैले न अाफुलार्इ यसाे भनेर बुझाइरहेकाे जस्ताे लाग्छ , “उठ, जाग, अब तँ बालक हाेइनस् । मानिस बन । अाफै हिड, उड किनभने तेराे पखेटा पलाइ सकेकाे छ ।”

इश्वर, परिवार, समाज र राष्ट्र अब झन प्याराे बनेकाे छ जुन एक समयमा वेअर्थ हाे भनी साेचिन्थ्याे । अब तपार्इंलाइ लाज चाहेकाे छैन । तपार्इंलार्इ इज्जत, प्रतिष्ठा र ख्याती चाहिएकाे छ । सबै ठूलाबढा तथा बालकहरूले समेत तपार्इंबाट अाशा गरेकाे तपार्इं चहानुहुन्छ । बेला खतमा तपार्इं साेच्दै हुनुहुन्छ, “अब देखि म गलत काम गर्नेछैन । यदि गरिहाले पनि म पाठ सिक्नेछु र त्यसलार्इ दाेहाेर्याउदिन । म सुध्रिन्छु । इश्वर, परिवार, समाज र राष्ट्रलार्इ म लाजमा पार्नेछैन । मेराे नाम बेनाम हुनेछैन । म मरे पनि मेराे काम र नाम रहिरहनेछ । मेराे इश्वर, परिवर, समाज र राष्ट्रले मदेखि लाज मान्नेछैन, कुनै बाेझ बाेक्नु पर्नेछैन र मेराे गल्तीकाे परीणाम भाेग्नेछैन ।”

अब तपार्इं पहिलाकाे जस्ताे देखावटी मानिस बन्न चहानुहुन्न । रकस्टार धेरै बन्न खाेजियाे, कबि धेरै बन्न खाेजियाे, धेरै प्रेम लिलामा डुबियाे, खेल खेलियाे, धेरैलार्इ पिटियाे र जेल पनि गइ र उस्ते परेकाे बेलामा पुलिसलार्इ पनि लात्ती हानियाे । के के गरिएन ? कहिले धर्मी पनि भइटाेपलियाे । चर्च गयाै हाेला, मन्दिर गयाै हाेला, मस्जीद गयाै हाेला, माेनस्ट्री गयाै हाेला, बेला वखतमा धर्म प्रचार पनि गर्याै हाेला । राजनीतिमा पनि देखाइयाे अाफ्नाे छाती तर बन्दुकबाट बच्नलार्इ यसाे हाेशियार बसिन्थ्याे । अाफु जे हाेइन त्यही बन्न धेरै खाेजिएकाे थियाे । तर कतै सन्तुष्ट छैन र पाखण्डीपनाले कहिले त अाफैतिर यसाे भनिरहेकाे पनि थियाे “हयात, त्याे पाे पागल हाे त, अब तँ म पनि त्यसकै लहीलहीमा लागेर पागल बन्न खाेज्छस् । नचहादा नचहादा पनि मानिसहरूलाइ देखाउन यस्ता कामहरू गर्न खाेज्छस् । अाखिर सबैले त्यसलार्इनै ताली बजायाे, खाेइ तेराे पाखण्डीपनकाे जय जय ?” तर अब चाहिँ अाफ्नाे वास्तविक र माैलिक हुने समय अाएकाे छ । कसैकाे मुख तपार्इंमा देखिएकाे चहानुहुन्न । तपार्इ जे हाे त्यही बन्न र जस्ताे रूप छ त्यही कायम गर्न चहानुहुन्छ किनभने अब देखावटी हाेइन अब चाहिँ अाेरिजिनल हुने समय अाएकाे छ । अब डुप्लिकेट भएर बसिन्न । देखाइन्छ अाफू काे हाे ।

अब नयाँ जीवन सुरू गरिन्छ । पूरानाे हर्के र विरे हाेइदैन । अब सबै नयाँ हुनेछ । याे नयाँ हर्के र विरेले सँधै इश्वर, परिवार, समाज, राष्ट्रकाे लागि अाफ्नाे माैलिकता देखाएर अादर गर्नेछ । उनीहरूकाे अाशा पुरा गर्नेछ । त्याे हाे अब उद्देश्यमुलक मानिस बन्नु र नादान निर्भर बालक बन्न छाेड्नु । अाफ्नै दर्शन पूरा गर्छ, अाफ्नै खेत खन्छ र त्याे कायम गरेपछि अरूकाे दर्शन र खेतमा पनि सहयाता पुर्याउछ किनभने मानिस एकलाे रहन असल छैन र संसार सबैकाे साझा फूलबारी हाे भनी उसले बुझिसेकेकाे छ । एक चाेटी पैसा चाेरेर वा अामा-बाबाबाट धेरै पैसा जबरजस्ती मागी कति न धेरै ठूला काम गरूला जस्ताे गरी घरबाट भागेकाे थियाै हाेला, परिवार, समाज र राष्ट्रबाट निकै टाढा रहि सबै धन र बल उडायाै हाेला, पराइ स्त्री वा पुरूषलार्इ माया दियाै हाेला । तर अब थाहा भयाे कि अाफ्नाे त अाफ्नै हुँदाे रहेछ, अाफन्तले सम्झाएकाे कुरा त बाघीपनकाे कारणमात्र गाली लागेकाे रहेछ तर त्याे त खासमा अाैषधी रहेछ , वास्ता रहेछ , प्रेम रहेछ, जीवन रहेछ, इश्वरकाे बाेली रहेछ । अब घर फर्किने बेला अाएकाे छ, इश्वरकाे घरमा, परिवारकाे घरमा, समाजकाे घरमा, राष्ट्रकाे घरमा जहाँबाट एकचाेटी तपार्इं शरीरबाट टाढा नभागेकाे भएपनि लाखाैँ चाेटी अात्मा र मनमा भग्नुभएकाे थियाे ।

अब जीउदै लाश हाेइन तर मरे पनि जिउने व्यक्ति बन्नु पर्छ । है । बुझ्या हैन ?

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment