तपार्इंलार्इ झनझट महसुस भए तापनि वा मन नपरे तापनि कुकुरले तपार्इंलार्इ जहाँ जाँदा पनि पच्छयाउन खाेजेकाे चाहिँ एक किसिमकाे अनाैठाे व्यवहार हुन सक्छ ? तर किन कुकुरले अाफ्नाे मानव साथी वा मालिकलार्इ यति धेरै पच्छयाएकाे हाेला ? अवश्य पनि उसले तपार्इंलार्इ प्रेम गरेकाे कारण पच्छयाएकाे हाे । तर अरू पनि अनाैठाे कारणहरू छन् ः

बिछाेडकाे चिन्त ः

धेरै कुकुरहरूलार्इ बिछाेडकाे चिन्ताले ग्रस्त भएका हुन्छन् । त्यतिबेले उ राल चुहाउने, काेतर्ने, भुक्ने, रूने वा फर्नीचर बिगार्ने गर्दछन् जब मालिकबाट बिछाेड हुन्छ । यसाे किन भएकाे हाे भने तपार्इंले त्याे छाउरा छाउरी हुँदा देखिनै उसकाे हरेक भुकाइ वा हिडाइमा प्रतिक्रया दिएर हाे । तपार्इंले उसकाे हरेक प्रतिक्रयाकाे निम्ति उसलार्इ नसुमसुम्याउदा बुद्धिमानी हुनेछ ताकि उसले अाफु सन्तुलित हुन सकाेस । तर उसलाइ बढी नै पुलपुल्याउने बानी गर्नुभएकाे छ भने तपार्इंले उसलार्इ बिछाेडकाे चिन्ताले बढी ग्रस्त बनाउने जाेखिमकाे मात्रा उठाउदै हुनुहुन्छ ।

छाप लागेकाेले ः

कुकुरहरूले अाफू छाउराछाउरी हुँदादेखि नै तपार्इंमा अाश्रित हुँदै अाएका छन् जस्तै खाना, प्रेम, सुताइ र बसाइ । बच्चा बेलामा उसमा जे कुराकाे छाप लाग्छ त्यसले बढी प्रभाव पार्छ । एक चाेटी कुकुरले तपार्इंकाे छाप पाएपछि उसले तपार्इंलार्इ सुरक्षा र मित्रताकाे लागि जता गए पनि पच्छयाउन चहान्छ

मित्रताकाे लागि ः

कुकुरहरूले अाेक्सिटन रसायन उत्पादन गर्छन् जब उसकाे मालिकले उसलार्इ घेरेकाे हेन्छ । यसले उसलार्इ राम्राे वातावरण महसुस गर्न लगाउँछ । उनीहरूले मालिकलार्इ पनि कुकुर सरहनै एक मित्रतकाे रूपमा लिन थाल्छ । याे समस्यालार्इ हटाउन मालिकले अर्काे कुकुर साथी उसकाे लागि खाेज्ने एउटा उपाय हाे ताकि उसले फुर्सदमा त्याे कुकुर साथीसँग समय बिताउन सकाेस ।

जिज्ञासील ः

कुकुरहरू एकदम जिज्ञासील प्राणी भएकाेले तपार्इंले गर्न चाहेकाे हरेक कुराहरूलार्इ उसले पहिलाउन चहान्छ र हेर्न चहान्छ । उसले तपार्इंकाे दैनिक कार्यकाे रेकर्ड पहिले नै राखेकाे हुन्छ र नयाँ कुराहरूलार्इ पनि उसले ध्यान दिइरहेकाे हुन्छ । त्यसबाहेक उसले ति समयमा त्यही कार्यहरू गर्न पनि रूचाउँछ किनभने उ एक सिकारू प्राणी पनि हाे ।

उसकाे सबै थाेक तपार्इं हुनुभएकाेले हुनसक्छ ः

कल्पना गर्नुहाेस जब एक छाउरा वा छाउरीलार्इ कलिलैमा तपार्इंले एक पाल्तु पशुकाे रूपमा राख्नुभयाे । उ  कुकुर परिवार र समाजमा हुर्किन पर्ने थियाे । तर तपार्इंले उसलाइ मानिसकाे परिवार र समाजमा हुर्काउनु भयाे । बाहिरका कुकुरहरू उसलाइ भुक्छ र टाेक्न चहान्छ । एक प्रकारले उसकै जातिहरू उसकाे दुश्मन हुन्छ । यसकारण उसलाइ तपार्इंकाे लत लागेकाे छ र उ बाध्य पनि छ किनभने तपार्इं बाहेक संसारमा उसकाे काे हुन सक्छ र ? उसकाे लागि त अामा भने पनि तपार्इंनै हुनुहुन्छ र बाउ भने पनि तपार्इंनै हुनुहुन्छ ।

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment