नेपाल २२, २४ राज्य हुँदै पृथ्वी नारायण शाहको एकिकरणको दर्शन र बहादुर योद्धा र लडाकको जस्तो नेतृत्वले देश एकिकरण गर्दा राजतन्त्रको केहि कालपछि देशमा राजतन्त्रलाई ओझेल पारी जङ्गबहादुर राणाको नेतृत्वमा श्री ३ भई राणा शासन आयो । २००७ सालमा नेपाली काङग्रेसका नेतृत्वमा राणा शासनको अन्त्य भई राजाको नेतृत्वमा प्रजातन्त्र आयो ।

पछि २०१७ सालमा पुन प्रजातन्त्र अन्त भइ निर्दलीय पञ्चायत व्यवस्था आयो । देशमा बहुदलीय व्यवस्था चाहिन्छ भन्दै यदाकदा आन्दोलन भयो र ३७ सालमा पुन बहुदल कि निर्दल भनी सुनाइयो । त्यसमा मानिसहरुले निर्दल पञ्चायतलाई भोट दिए र फेरी पञ्चायती व्यवस्था आयो । । २०४६ सालमा पुन एकचोटी देशमा बहुदलिय प्रजातन्त्र आयो र त्यसको साथै जनयुद्ध सुरु भयो । साथै २०७२–७३ को आन्दोलनले देशमा गणतन्त्र ल्यायो । २०७२ ले देशमा नयाँ संविधान ल्यायो ।

अब स्थानिय चुनाव भयो, अब देशमा संघिय तिर जाँदैछ । नजिकै चुनाव आउदै जादा देशले जात, भाषा, भौगलिकको आधारमा अल्पसंख्यक नागरिकको सम्मानता र स्थान हुन्छ भनी धेरैले सहयाता गरे र देशमा गणतन्त्र आयो । अब ती सबै आसवासन कहाँ गयो ? देश पूर्णं अधोगती तिर जादैछ । चुनाव पैसाको खोला बगाएर , दादागीरी देखाएर गरिन्छ । त्यसोभएमा, देशमा भएको मतपत्रको आधार तल जाँदैछ ।
सर्तक नागरिक अव बुहजाती, बहुधार्मीक, बहुभाषी साथै पिछडिएको जातीहरुको पक्षमा बोल्दै देशलाई पुन स्वस्थ्य बनाउने जिम्मेवारी नयाँ र युवा पिडीहरुलाई आएको छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Bidur
    November 16, 2017 at 5:55 am

    देशलाई पुन स्वस्थ्य बनाउने जिम्मेवारी नयाँ र युवा पिडीहरुलाई आएको छ ।
    Truly so.

Leave a comment