के छ मेरा ख्रीष्टमा प्रिय दाजुभार्इ दिदी बहिनी तथा ठूला बढेकाहरू,

गत हप्ता अार्इतबार Nov 5 मा हामीले सतार्इएकाे चर्चकाे लागि अन्तराष्ट्रिय प्रार्थना दिवस मनाउन बिर्सियाैं तर संसारभरी यसकाे अायाेजना हँदासम्म पनि हामी अाफ्नै दुनियामा रहिरहयाैं । यहि नाेभेम्बर महिनाकाे ५ र १२ तारिक सतार्इएकाे चर्चकाे लागि अन्तराष्ट्रिय प्रार्थना दिवस ताेकिएकाे थियाे । साे दिवसमा Voice of Martyr’s ले छ मिनेट लामाे  Solitary Prayer भिडियाे पनि हर्न अनुराेध गरेकाे थियाे ।

 सतावट वास्तविक सत्य हाे । याे संसारभरी रहेकाे करडाैं ख्रीष्टियनहरूकाे लागी दैनिक वास्तविक घटनाहरू हाे । संसारकाे धेरै भागहरूमा ख्रीष्टियनहरूलार्इ पिडा दिइन्छ, हिर्काइन्छ, भेदभाव गरिन्छ, जेलमा हालिन्छ अनि उनीहरूकाे विश्वासकाे निम्ति पनि मारिन्छन् । तिनीहरूकाे अपराध के छ र ? ख्रीष्टप्रति साँचाे प्रेममात्र हाे ।सताइएका ख्रीष्टियनहरू बेसाहारा र असुरक्षित छन् ।अनि प्राय उनीहरू माैनतामा पिडाहरू सहन्छन् । त्यसाेभा तपार्इंहरू कसरी उनीहरूलार्इ सहयता गर्नसक्नुहुन्छ ? बार्इबलले हामीलार्इ सतावटमा परेकाहरूलार्इ सम्झन, खाँचाेमा परेकाहरूलार्इ सहयाेग गर्न, थिचाेमिचाेमा परेकाहरूका निम्ति बाेलिदिन, कष्टमा परेकाहरूका निम्ति प्रार्थना गरिदिन अाज्ञा गर्दछ । सतावटमा परेका दाजुभार्इ तथा दिदिबहिनीहरूकाे जीवन कष्टमय छ अनि उनीहरूकाे पिडा वास्तवमै साँचाे हाे ।तर पनि ख्रीष्टमा हुनेहरूलार्इ पिडा, दुःख र कष्टकाे बावजुत जीवनकाे यात्रा भनेकाे खरानीबाट महिमा सम्म पुग्नु हाे ।

५ नाेभन्मबरमा गर्न नसके पनि अब १२ नाेभेम्बर अाइतबार सताइएका चर्चकाे लागि अन्तराष्ट्रिय प्रार्थना दिवस मनाअाैं । जसै हामी सताइएकाहरूसँग एकतामा खडा हुन्छाैं र परमेश्वरलार्इ उहाँकाे विश्वानियताकाे लागि धन्यवाद चढाउछाैं । याे अाइतबार हामी प्रार्थनामा एकजुट हाेअाैं ।

सियाेनमा विलाप गर्नेहरूलार्इ खरानीकाे सट्टा सुन्दरताकाे मुकुट र शाेककाे सट्टा अानन्दकाे तेल लगाइदिन, निराश मनकाे सट्टा प्रशंसाकाे पाेशाक पहिराइदिन । उहाँकाे गाैरवकाे प्रदर्शन हाेस् भनेर परमप्रभुले नै राेप्नुभएकाे धार्मिक्ताका फलाँटहरू तिनीहरू कहलाइनेछन् 

यशैया ६१ः३

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment