सबैकाे लागि बाइबलका पदहरूबाट तयार गरिएकाे  परमेश्वर पिताबाट घनिष्ट सन्देश

प्रिय छोराछोरी,

तिमी मलाई चिन्दैनाै हाेला, तर तिम्रो बारेमा मलाई सबै कुरा थाहा छ । तिमी कति बेला तल बस्छाै  र माथि उठ्छाै भनेर सबै थाहा छ  । तिम्रा सबै चालचलनहरूसँग म परिचित छु । तिम्रा शीरमा उम्रेकाे सबै कपालकाे राैं समेत गनेकाे  छु  किनभने  मेरै स्वरूपमा तिमी बनाइएका थियाै । ममा नै तिमी जिउँछौ, चल्छाै  र ममा तिम्रो अस्तित्व छ  किनभने तिमी मेरै सन्तान हौ ।  आफ्नी आमाको गर्भमा तिमी आउनुभन्दा पहिलेबाटै मैले तिमीलाई चिनेको छु । सृष्टिको योजना गरेकाे समयदेखि नै मैले तिमीलाई चुनेकाे हुँ । तिमी संयाेगले जन्मेकाे होइनौ, किनकि तिम्रा  सबै दिनहरू मेरो पुस्तकमा लेखिएकाे छ । तिम्रो जन्मकाे ठीक समय र बस्ने स्थान मैले नै निर्धारण गरे  । तिमी भयानक र अदभूत रीतिले बनाइएकाछौ  । तिमीलाई तिम्री आमाको गर्भभित्र मैले रचेँ  अनि  जन्मकाे दिनमा तिमीलाई गर्भबाट जन्माउने म नै हुँ  ।

मलाई नचिन्नेहरूले मेरो बारेमा तिम्राे सामु गलत अर्थ लगाएका छन्  । म तिमीदेखि धेरै टाढा  छैन  अनि रिसाएको पनि छैन, तर म त  प्रेमको पूर्ण अभिव्यक्ति हुँ  ।सामान्यरूपमा तिमी मेराे सन्तान र म तिम्राे पिता भएकाे कारण उदार मनले तिमीलाई प्रेम गर्न मेराे इच्छा हाे ।  तिम्रो पार्थीव पिताले दिनसक्ने भन्दा बढता नापमा म तिमीलाई दिन सक्छु किनभने म एकमात्र सिद्ध पिता हुँ  । तिमीले पाउने प्रत्येक असल वरदनाहरू मेरा हातबाटै आउँछन् । किनकि म तिम्रो प्रबन्धक हुँ र तिम्राे सबै खाँचाहरू मैले नै पूरा गर्दछु  ।

तिम्रो भविष्यलाई मैले सधैँआशापूर्ण बनाएको छु किनभने मैले तिमीलाई अनन्त प्रेमले प्रेम गरेकाे छु  । तिम्राे निम्ति मेरा सोचाइहरू समुन्द्र किनारको अनगिन्ती बालुवा जतिकै असल छन्  ।  अनि तिम्रो निम्ति म गीत गाउँदै रमाउने गर्छु । तिमीलार्इ भलाे गर्न म कहिल्यै पनि रोक्ने छैन  किनभने तिमी मेरो लागि बहुमूल्य उत्तराधिकार हौ । म तिमीलाई सम्पूर्ण हृदय र प्राणले स्थापित गर्ने ईच्छुक छु  र  तिमीलाई महान् र उदेककाे कुराहरु प्रदान गर्नेछु  । यदि तिमीले मलाई सम्पूर्ण हृदयले खोज्यौ भने  मलाई भेट्टाउनेछौं  । मसँग आनन्दित हाेउ किनभने म तिम्राे हृदयको इच्छाहरू दिनेछु  । किनकि तिमीलाई ती इच्छाहरू दिने म नै हुँ । तिमीले सम्भवतः  कल्पना गरेकाे भन्दा पनि बढी  तिम्रो लागि गर्न म गर्नसक्छु  किनभने  तिम्रो सबैभन्दा महान् उत्प्रेरकम नै हुँ  ।

तिम्रा सबै समस्याहरुबाट सान्तवना दिने पिता पनि म नै हुँ  ।  तिमी हृदयमा टुटेकाे बेला म तिम्रो सामुन्ने हुन्छु ।  गोठालोले थुमालाई बोकेझै मैले तिमीलाई मेरो हृदयमा नजिक बोकेको छु । एक दिन तिम्रा आँखाबाट सबै आँसुहरु म पुछिदिनेछु अनि यस पृथ्वीमा तिमीले भोगेका सबै पीडाहरू म हटाइदिनेछु ।

म तिम्रो साँचाे पिता हुँ र मेरो पुत्र येशुलाई प्रेम गरेझै म तिमीलाई प्रेम गर्छु  । किनभने तिम्रो निम्ति मेरो प्रेम येशूमा नै  प्रकट गरिएको छ  । येशू नै मेरो अस्तित्वकाे पूर्ण प्रतिरूप हुन् । म सधैँ तिम्रो पक्षमा छु तर विपक्षमा भएकाे प्रस्तुत गर्न उनी अाउनुभयाे । तिम्रो पापको लेखा मैले  गनिरहेकाे छैन भन्न अाउनुभयाे । तिम्राे र मेरो पुनर्मिलन हुनकाे लागि येशू मर्नुभयो । उनकाे  मृत्यु नै तिमीप्रति मेराे प्रेमकाे पूर्ण अभिव्यक्ति हाे। मैले सबकुरा त्यागिदिएँ ताकि म तिम्राे प्रेम प्राप्त गर्नसकुँ । यदि तिमीले मेराे पुत्र येशूकाे वरदानलार्इ प्राप्त गर्न स्वीकार्छाै भने तिमीले मलार्इ पनि पाउनेछाै । मैले प्रेम गरेकाे सम्पुर्ण कुरा त्यागिदिएँ ताकि म तिम्राे प्रेम पाउन सकुँ अनि कुनै पनि कुराले फेरी  कहिल्यै तिमीलार्इ मेराे प्रेमबाट अलग गर्न सक्ने छैन । अब घर फर्की आऊ र स्वर्गले अहिलेसम्म नदेखेकाे सबैभन्दा  ठूलो भोजकाे आयोजना गर्नेछु । म सदाकाे लागि पिता नै रहेकाे थिएँ र सदासर्वदा पिता नै रहिरहनेछु  ।अब मेरो प्रश्नचाहिँ यो हाे…के तिमी मेरो सन्तान हुन चाहन्छौं ?  म तिमीलाई पर्खेर बसिरहेको छु ।

तिमीलाई प्रेम गर्ने पिता,

सर्वशक्तिमान परमेश्वर ।


सम्पूर्ण बाइबल पदसहित तयार पारिएकाे याे परमेश्वर पिताकाे प्रेम पत्र प्रभावकारी तरिकाले अरूलार्इ बाँड्न, बालकहरूकाे संस्करण,  दैनिक इश्वर भक्तिकाे श्रृङखला, भिडियाे र अडियाकाे लागि यहाँ जानुहाेस् ः परमेश्वर पिताकाे प्रेम पत्र

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment