गत अाइतबारकाे सेवा गरिरहेका समयमा अातंकवादसँग सम्बन्धित डकैतले बन्दुकले अाक्रमण गर्दा टेक्सासकाे चर्चमा घटीमा पनि २६ जनाकाे मृत्यु र २० जना अरूहरू घाइते भएका थिए ।

फर्स्ट ब्यापटिस्ट चर्चमा  १८ महिने नवजात शिशु देखि ७७ वर्षिय वृद्धहरू सबै बन्दुक अाक्रमणबाट पिडित हुन पुगेका छन् जहा मानिसहरू हालाेविन मनाउन विभिन्न रितीले तयार भएका थिए । त्यतिबेल चर्चकाे पाष्टर फ्रयाङक पाेमेराेयकाे १४ वर्षिय छाेरीकाे पनि देहान्त भएकाे थियाे ।

तर अझै पनि अस्पतालमा धेरै घाइतेहरू पडिरहेका छन् र जीवनकाे लागि दुहार्इ दिइरहेका छन् । याे अमेरीकाकाे एक ठूलाे दुखान्त घटना हाे ।

अाफ्नाे अाफन्त, प्रियजन र पिडितहरूलार्इ बचाउन सुथरल्याण्ड स्प्रिङकाे अधिकारीहरूले मानिसहरूलार्इ सहयाेग रकम र रक्तदानकाे अाहवान गरेका छन् । विशेष गरी O- वा O+ काे रक्तदानकाे खाँचाे परेकाे खुलासा भएकाे छ ।

फर्स्ट व्याप्टिस्ट चर्चकाे Facebook Page मार्फत सहयाेग रकम पठाउन सक्छन्। त्यस्तै गरी क्रेडिट कार्ड, डेबिट कार्ड वा Paypal द्वारा याे  खातामा फेसबुककाे “donate” थिचेर पठाउन सकिन्छ ।

त्यस्तै गरी याे राहतकाे सुव्यवस्थित वितरणकाे लागि दुइवटा ब्याङक खाताकाे तयारी भएकाे जसले पिडितकाे परिवारकाे लागि सहयाेग उठाउनेछ ।

रक्तदान गर्नेहरूले पिडितकाे परिवारकाे नाम ताेकेर याेगदान गर्नुपर्छ । रक्तदान गर्नेहरूले साउथ टेक्सास ब्लड एण्ड टुस्यु सेन्टर अन्तर्गत रहेकाे सातवटा स्थानमा बुझाउन सक्छन् जसमध्ये स्यान एन्टाेनियाे, न्यू ब्राउनफेल्स, टेक्सास र भिक्टाेरीय हुन् ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment