थाेमस बाेगटी-

लाै सुनै है सबै जना । याे खबर सबै ख्रीष्टियन र अरू धर्मका अनुयायीहरू सबैकाे लागि हाे । भरखरै अामुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीसँग फेसबुक लाइभमा कुराकानी हुँदा याे जानकारी हात लाग्ने पुगेकाे छ कि उनकाे पार्टीले ख्रीष्टियन बाहेक अख्रीष्टिनहरूबाट धेरैनै राम्राे प्रतिक्रिया पाउन सफल भएकाे छ ।

उनकाे अनुसार पार्टीकाे प्रगती साधारण तरिकाले भइरहेकाे छ र यसमा दुवै पक्षहरूले मदत गरिरहेका छन् । तर विशेष गरी अरू धर्मवालम्बीहरूले पनि उनीसँग राम्रै प्रतिक्रिया दिँदै समर्थन गरेकाे जाहेर गरेका छन् । तर अइसाइहरू बढीनै सकारात्मक भएकाे धारणा उहाँ पस्कनुभाे । जहाँ धेरै ख्रीष्टियन समुदायमा राजनीति प्रति नकारात्मक साेचले भरिएका छन् त्यहि अर्काे दिशामा भने अइसाइहरू मसिहा पार्टीसँग ज्यादै खुलस्त छन् र सहकार्य गर्न हिचकिचाउदैनन् ।

देशका अरू पार्टीहरू पनि कुनै न कुनै धर्मसँग अाबद्ध भएकाेले ख्रीष्टियनले राजनीति गरेकाे कुनै अापत्ति नभएकाे गिरीले बताएका छन् । उनकाे अनुसार जन्ताहरू पूराना राजनेताहरूसँग हार खाइसकेका छन् र अब अझ प्रभावकारी नेतृत्वकाे खाेजीमा छन् चाहे त्याे अमेरीका र चाइनाले नै किन नगराेस् । किनभने जन्ताले खाली देश बनाउने मानिसहरू खाेजिरहेछन् , दश भत्काउनेहरू हाेइनन् । त्यसकारण अब जन्ताहरूकाे अाशा ख्रीष्टियनहरूमा पनि छ किनभने विगतमा हिन्दु पार्टीका कार्यकर्ता तथा नेतृत्वमा देश अघि बढ्न सकेन अनि राजनीति अवस्था खस्किदाे अवस्थामा पुगेकाे छ ।

यसै माझ गिरीले ख्रीष्टियन झुटा शीक्षाहरूसँग धेरै संघर्ष गर्नु परेकाे दुखान्त वियाेग बताउनुभयाे । जता गए पनि यि झुटा शिक्षाका अनुयायीहरूले नकारात्मक किसिमले पार्टीकाे नकरात्मक अालाेचना गरेकाे गिरीकाे गुनासाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment