National Geographic Magazine मा जाेनास बेनडिक्सन र जेरेमी बरलिन अाफ्नाे भ्रमण र फाेटाेहरूद्वारा यी पाँच जना व्यक्तिहरू खुले अाम अाफूलार्इ येशू ख्रीष्ट भन्दै हिडिरहेका छन् र संसारलार्इ छली रहेछन् ।

१. INRI: ब्राजिलमा INRI नामक ६९ वर्षिय वृद्ध व्यक्तिले अाफूलार्इ येशू ख्रीष्ट सम्झन्छ । उसका दर्जनाै चेलाहरू उसलार्इ अाफ्नाे जग्गामा रथ जस्ताे यन्त्रमा घुमाएर उसलार्इ पुज्ने गर्छन् । त्याे उत्सवमा उसलार्इ बचाउन वरिपरी वुधुतिय पर्खाल पनि निर्माण गरिन्छ । उसले अाफ्नाे नाम पन्तियस पिलातसले येशूलार्इ क्रूसमा टाँग्दा लेखेकाे INRI बाट प्रेरित भइ राखेकाे छ । उसकाे जागरण सन १९७९ तिर अाएकाे हाे भनि जानकारी गराइएकाे छ ।

२. माेजेस हलाेङवेन ः साउथ अफ्रिकाकाे इसाेवेमा, एक माेजेस हलाेङवेन भनिने अाफूलार्इ येशू ख्रीष्ट हाे भन्दै प्रचार गर्दछ र उसकाे चेलाहरूले उसलार्इ राजाहरूका राजा, प्रभुहरूकाे प्रभु, येशू भनेर पुकार्दछन् । सन १९९२ परमेश्वरले उनलार्इ सपनामा येशू ख्रीष्ट भनेकाे दाबी गरेका थिए । माेजेस सँग करिब ४० चेलाहरू छन् ।

३. भिसारियाेन ः  रसियाकाे एक गाउँमा भिसाराेन नाम गरेकाे गुरूले अाफूले येशू ख्रीष्ट हाे भनेर दाबी गरेकाे छन् । यीनलार्इ साइबेरियाकाे ख्रीष्ट पनि भनिन्छ । उ लाष्ट टेस्टमेन्ट चर्चकाे संस्थापक पनि हाे र अहिले सम्म उसकाे ५००० भन्दा बढी अनुयायी र प्रशंसकहरू छन् । तिनीहरूले अाफ्नाै स्कुल, चर्च र समाज निर्माण गरेका छन् र यिनीहरू अरू मानिसहरूकाे हुलबाट निकै टाढाकाे साइबेरियाकाे एउटा गाउँमा बस्छन् । ख्रीष्टमसमा मानिसहरू उसकाे जन्म दिन मनाउँछन् र तीर्थयात्राकाे लागी उसकाे गाउँमा जाने गर्छन् जब उनले छाेटाे प्रवचन दिन्छन् ।

४. किटवेकाे येशू ः जाम्बियाकाे किटवेमा बुपेटे छिबवे छिसिम्बा पनि अाफूलार्इ येशू भनेर दाबी गर्दै अाएका छन् र उसकाे चेलाहरूले उसलार्इ धेरै नामहरूले बाेलाउछन् । उसले गाडी चलाएर सुसमाचार प्रचार गर्दै परमेश्वरकाे राज्य फैलाउने कार्य गर्दै अाएकाे छ । अाफूलार्इ अन्तिम दिनकाे ख्रिष्ट भन्दै प्रचार गर्ने बुपेटे अहिले ४० वर्ष पुगि सकेकाे छ । उ २४ वर्ष हँदा उ येशू भएकाे कुरा परमेश्वरबाट प्रकाश पाएकाे कुरा घाेषणा गर्दै अाएका छन् ।

५. येशू मातायाेसी ः जापानकाे येशू मातायाेसीले पनि अाफूलार्इ येशू ख्रीष्ट भएकाे कुरा जानकारी दिँदै अाएका छन् । उसलार्इ एकमात्र इश्वर पनि भनिन्छ । उसले जापानकाे संसदमा पनि सुसमाचार प्रचार गरेकाे थियाे । उसले पुस्तक पनि लेखेकाे छ कि उसले कसरी संसार र जापानलार्इ परिवर्तन गर्न सक्छ । उसले कयाैं पटक चुनाव पनि लडेकाे छ र उसले घटीमा पनि ६,११४ भाेट पाएकाे थियाे । प्रजातन्त्रबाट अन्तकाे दिनलार्इ ल्याउने उसकाे उजुरी छ र यसकाे लागि सयुक्त राष्ट्रिय संघमा सचिवकाे पद पाए पछि परमेश्वरकाे इच्छा पूरा गरिनेछ ।

अरू बढी पढनुहाेस ः National Geographic Channel : Meet Five Men Who All Think They’re the Messiah

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. dipak rasaili
    November 5, 2017 at 8:39 am

    मत्ती 24:4देखि 13 सम्म।।।।।

    • KhabarDainik Reporter
      November 5, 2017 at 9:34 am

      4 Jesus answered: “Watch out that no one deceives you. 5 For many will come in my name, claiming, ‘I am the Messiah,’ and will deceive many. 6 You will hear of wars and rumors of wars, but see to it that you are not alarmed. Such things must happen, but the end is still to come. 7 Nation will rise against nation, and kingdom against kingdom. There will be famines and earthquakes in various places. 8 All these are the beginning of birth pains.

      9 “Then you will be handed over to be persecuted and put to death, and you will be hated by all nations because of me. 10 At that time many will turn away from the faith and will betray and hate each other, 11 and many false prophets will appear and deceive many people. 12 Because of the increase of wickedness, the love of most will grow cold, 13 but the one who stands firm to the end will be saved

Leave a comment