सरलाहीमा राजेश हमाल बाढीपिडितलार्इ राहत वितरन गरेका फेसबकमा उनले बाँडेकाे फाेटाेहरू

सामाजिक सञ्जालभरी हिजाेदेखी नै नायक राजेश हमालले बाढी पिडितलार्इ वितरण गरेकाे केहि ३० फाेटाेहरू छयापछयापती देख्न पाइन्थ्याे भने अाज सामाचार पनि भएर अनलार्इ न्यूज मेडिया तथा अफलार्इन मिडियामा पनि देखिइरहेकाे छ ।

वास्तवमा राजेश हमाल अाफैले हिजाे फेसबुकमा याे राहत वितरण बारे फाेटाेहरू बाँडेका थिए तर मिडियालार्इ यसकाे खबर ढिलाे भनेचाहि पक्कैनै भएकाे हाे । हमालले हिजाे बिहान ९ बजेनै यस सुलभ कार्यकाे प्रसार गरिएकाे कुरा उनकाे राजेश हमाल फेसबुक प्राेफाइलमा पाउन सकिन्छ । उनकाे याे पाेष्टमा हेर्दा सरलाहीका केहि तराही बासीहरूलार्इ माया र ममता देखार्इ उनीहरूसँग गाउँ घुमेकाे देख्न सक्छाैं भने बालक देखि लिएर बृध्द सम्म उनीसँग फाेटाेहरू पनि खिचाउन लालायित देखिन्छन् ।

याे गाउँमा राजेश हमालकाे नाचगान तथा टिका टालाेबाट स्वागत भएकाे देख्दा हमाल प्रतिका जन्ताकाे माया झल्किन्छ । त्यस पछि गाहिराे भाषण दिएपछि गाउँलेहरूकाे भत्केकाे घर, चर्काेकाे जमीन र बाढीपिडितकाे पिडाहरू दःख प्रकट गरिरहेकाे पनि देख्न सकिन्छ ।

उनकाे याे फेसबुक फाेटाहरूलार्इ अहिलेसम्म १०, ५०० बढी दर्शकहरूले लाइक गरेका छन् भने २०० भन्दा कमेन्ट गरिएकाे छ र १७४ भन्दा बढी सेयर भएकाे छ । धेरै जन्ताले उनलार्इ यस कल्याणकारी कामकाे लागी शुभकामना र खुशी ब्यक्त गरेकाे पढन पाइन्छ।

उनले करीब १ सय ५० घर परिवारलाई राहत वितरण गरी प्रतिपरिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने वितरण गरेका छन्।  सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर राहत सामग्री वितरण गर्न सर्लाहीमा हमालसँग पुगेका हुन्।

हमालले अाज पनि भिडियाे सहित केहि राहत वितरनकाे फाेटाेहरू पाेष्ट गरी ‘Haami Nepali-Let’s help one another’ काे सन्देश दिएका छन्।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment