४ असार, काठमाडौं । दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा हिजो भएको झडपमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ।

घटनामा दुई समर्थकको मृत्यु भएको गोजमोका सचिव विनय तामाङले बताएका छन् ।घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि भएको छैन । सुरक्षा अधिकारीहरुले उनको मृत्यु भएको बताएका थिए । तर, पश्तिम बंगालका मुख्यमन्त्री ममत बनर्जीले उनी जिवितै रहेको  तर, उनको अवस्था गम्भीर रहेको बताएका छन्  । यद्यपि दार्जीलिङ पोष्टले मृतकको संख्या ५ पुगेको बताएको छ । घटनामा दर्जनौं घाइते भएका छन् । दार्जीलिङ अहिले पनि तनावग्रस्त छ । यता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भने कोलकत्तामा दार्जीलिङका जातीय बार्ढका प्रतिनिधिसँगको छलफलमा गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् ।

मोर्चाको संलग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको उनको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment