कमला हमाल

४ असार कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगरपालिका एकपटक नेपाली कांग्रेसलाई  कोहलपुर क्षेत्रको विकासका लागी मौका दिन आग्रह गर्नुभएको छ।

वडा नम्वर २ र ५ को घरदैलो अभियान पछि कोणसभालाइ सम्बोधन गदै विगतमा साविकको कोहलपुर गाविसमा नेकपा एमाले र माओवादी केन्द्रले धेरै पटक स्थानिय तह र संविधान सभाको चुनाव जिते पछि कोहलपुर क्षेत्रको विकासका लागि इमानदार नभएको आरोप लागाउनुभयो । भट्राइले अहिलेको स्थानिय तह भनको धेैरै अधिकार सम्पन्न प्रमुख भएकाले भर्खरै मात्र गाविसबाट नगरपालिका घोषणा भएको यस नगरपालिकाको विकासमा आफु कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।  स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिकाको वडा नम्बर २ का विभिन्न टोलहरु तिनघरुवा, रझेना गाउ, एनसिसिएन जस्ता टोलहरुमा पुगी यस टोलको विकासमा आफु सधै अग्रसर हुने बताउनुभयो । त्यस्तै उपमेयर सन्जु कुमारी थारुले कोहलपुर नगरपालिकाको विकासका लागि नेपाली कांग्रसले एक शिक्षित,युवा र क्षमतावान उम्मेद्धाहरु जनताको सेवक उठाएकाले ऐतिहासीक स्थानित तहको चुनावमा नेपाली कांगेसलाइ साथ दिन अनुरोध गर्नुभयो।

कार्यक्रममा २०७२ का संविधान सभाका उम्मेद्धार नारायण प्रसाद सिग्देल, जनजाती महासंघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत वडा नम्वर २ र ५ का वडा अध्यक्ष, वडा सदस्यहरु, स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment