कमला हमाल

४ असार,कोहलपुर, बैजनाथ गाँउपालिका । बााँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेद्धार देव बहादुर खत्री पश्चिम नेपालकै आदीबासी थारु समुदायमा अझै पनि विकराल रुपमा रहेको बेगारी प्रथालाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

बैजनाथ गाउपालिकाको वडा नम्बर ४ तिलकपुरमा भएको कोणसभालाइ सम्बोधन गर्दै खत्रीले थारु समूदायको धेरै बसोबास रहेको यस वडामा थारु समूदायको कला संस्कृतीलाइ जर्गेना गर्दै समूदायको बृहतर हितका लागि आफु सधै अग्रसर रहने प्रतिबद्धता जनाउनुभएको हो । खत्रीले यस क्षेत्रका जनताको शिक्षाको स्तरलाइ उकास्नका लागि प्रत्येक वडामा उच्च शिक्षा अध्यनका लागि कलेज स्थापनाका साथै प्राविधिक शिक्षामा जोड दिने बताउनुभएको छ ।  स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा तिलकपुर आज पुग्नुभएका खत्री गाँउपालिकाकै सवैभन्दा ठूलो वडा पनि भएको र राजमार्गसंग प्रत्यक्ष रुपमा जोडिएको वडा भएकाले औद्योगिक विकासको प्रवल सम्भावना बोकेको वडा भएकोले यस तर्फ पनि आफुले पहल गर्ने बताउनुभयो । त्यस्तै उपाध्यक्षकी उम्मेद्धार भावना कुमारी थारुले आफु स्वास्थ क्षेत्रकै पृष्ठभूमीबाट आएकाले यस गाँउपालिकाका विभिन्न वडामा स्वास्थ्यका समस्यालाइ राम्रोसंग बुभलेकोले प्रत्यकेक वडामा स्वास्थ्य संस्था स्थापना संगै एम्बुलेन्सको व्यवस्थ गर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मा, वडा नम्बर ४ का वडाअध्यक्ष दुर्गबहादुर घिमिरे, सदस्यहरु सुर्य प्रसाद रेग्मी, शालिगराम थारु, महिला सदस्य विजु उपाध्याय, दलित सदस्य बाल कुमारी दमाइ लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment