२१ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रधानमन्त्री र पार्टी सभापतिको आग्रहमा राजीनामा फिर्ता लिएको बताएका छन् । राजीनामा फिर्ता लिएको केहीबेरमा जनकपुर विमानस्थलमा ओर्लिएका गृहमन्त्री निधीले बिहीबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा फिर्ता लिन आग्रह गरेको बताए । ‘उहाँहरुको आग्रहमा फिर्ता लिएको हुँ’ उनले भने, संविधन कार्यान्वयन, संशोधन र स्थानीय चुनाव मेरा लागि मुख्य मुद्दा हो । अरु गौण हुन् ।’ आफूले उठाएको मुद्दामा मधेसी मोर्चाको पनि सहमति भएको भन्दै उनले मोर्चाका नेताहरुले पनि आफूलाई नै गृहमन्त्रीका रुपमा हेर्न चाहेको बताए । मधेसी मोर्चाका नेता महन्थ ठाकुरले आफूलाई फोन गरेको सुनाउँदै निधिले भने, ‘मधेसी नेताहरुले पनि मलाई फोन गरे । मेरो अडानको प्रशंसा गरे र अहिलेको समयमा तपाई गृहमन्त्री हुनुपर्ने आवश्यकता छ भने ।’

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment