२० बैशाख, काठमाडौं । संवैधानिक परिषदले महालेखा परीक्षकमा नेपाल सरकारका सचिव टंकमणी शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बुधवार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो । उमेर हदका कारण भानु प्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त थियो । अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव हासिल गरेका शर्मा सचिवबाट अवकाश हुनुअघि महालेखा परीक्षक सिफारिस भएका छन् । संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment