२० वैशाख, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गरिने बताए । नेत्रहीन संघले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवार विजयी भए पनि कानुन पालना गर्न, गराउन नसक्ने बताए। उनले निर्वाचन प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे। यादवले निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गरिदिन संचारकर्मीसँग पनि आग्रह गरेका छन्। उनले स्थानीय तहको निर्वाचनमा जनता ज्यादै उत्साही भएको बताए । साथै सबैलाई मतदानमा भाग हुन पनि यादवले आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment