१२ वैशाख ,काठमाडौं ।  संविधानसभा निर्वाचन २०७० मा हिन्दू राष्ट्र घोषणा गर्न लगाउने सर्तमा कमल थापाले भारतको उत्तरप्रदेशका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथसँग ४० लाख रुपैयाँ Kamal-Thapaलिएको आरोप छ ।

उनले उक्त सहयोग लिएर हिन्दू राष्ट्रको एजेन्डा छाडेर सत्ताको रसस्वादनमा भुलेकोमा योगीसमेत उनीसँग रुष्ट भएको स्रोतको दाबी छ ।भारतीय योगीहरु कमल थापा ख्रीष्टियन मिसनरीको प्रलोभनमा परेर हिन्दू राज्यको एजेन्डाबाट पछि हटेको निष्कर्षमा पुगेका चर्चा पनि राप्रपा वृत्तमा छ। पार्टी एकीकरण भएको ६ महिनामै अध्यक्ष कमल थापाको हैकम बढेको भन्दै पार्टीमा विरोध सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको वैशाख ७ को बैठकमा केन्द्रीय सदस्यहरुले उनको कार्यशैलीको चर्को विरोध गरेको समाचार छ । थापाले वरिष्ठ नेताहरुसँग कुनै सल्लाह नगरी एक्लौटी ढंगले चलेको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन् । केन्द्रीय सदस्यहरुले अध्यक्ष थापाको एकलकाटे र हैकमवादी प्रवृत्तिको डटेर विरोध गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Bidur
    Apr 25, 2017 at 11:20 pm

    हँ ? कुरा के हो ? बिना स्रोत र प्रमाणको आरोप त होाइन ?

Leave a comment