कोमल हृदय प्रतिष्ठान (Gentle Heart Foundation) नामक संस्थाले चितवन जिल्लाका विपन्न समुदायहरूमा बिभिन्न सामाजिक कामहरू सम्पन्न गरेको छ ।

संस्थाले चितवनको सिद्धि, जुटपानी र आसपासका इलाकामा गरी ३४५ जना बालबालिकाहरूलाई छात्रवृत्तिस्वरूप विभिन्न सामग्रीहरू वितरण गरेको छ । सिद्धि र जुटपानीका विपन्न चेपाङ समुदायका बालबालिकाहरूलाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक अर्जुन ढकालले जानकारी दिनुभयो । संस्थाले बालबालिकाहरूलाई झोला, कापी, सिसाकलम, इरेजर, कटरलगायतका सामग्रीहरू वितरण गरेको छ ।

यसका साथै संस्थाले विगत ६ महिनादेखि सिद्धि गाविसमा संचालन गरेको सिलाइकटाइ तालिमको पनि समापन भएको छ । ३२ जना महिलाहरूले तालिम सुरू गरेकोमा ३२ सै जना उक्त तालिमबाट दीक्षित भएका छन् । संस्थाले दीक्षित सबैलाई एक एकवटा सिलाइ मेसिन प्रदान गरेको छ । दीक्षित महिलाहरूले अब आफै केही गर्न सक्ने भएकोमा निकै उत्साहित महसूस गरेको बताएका छन् ।

निर्देशक ढकालका अनुसार कामको खोजीमा आफ्नो ठाउँ छोडेर जानुपर्ने र सीपको अभावमा जोखिमपूर्ण कामहरू गर्न बाध्य हुनुपर्ने महिला दिदीबहिनीहरूको अवस्थालाई मध्यनजर गर्दै संस्थाले चितवनकै विकट मानिएको सिद्धि गाविसमा ६ महिने सिलाइकटाइ तालिम संचालन गरेको हो ।

छात्रवृत्ति वितरण तथा सिलाइ कटाइ तालिम दिक्षान्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले संस्थाले विगतदेखि नै उदाहरणीय काम गर्दै आएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । न्यौपानेले आउने दिनमा अझै सक्रियताका साथ् समाज विकासमा लाग्नसमेत् संस्थालाई उत्साह दिनुभयो ।

1ab1ac1aa

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment