कमला हमाल
३ बैशाख, नेपालगन्ज । बांकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट खुलेको छ । नगरविकास समितिको भवनमा आज कार्यालयको समुद्घाटन गरिएको हो। बाँकेमा निर्वाचन आयोगले जिल्ला न्यायाधिश तेज नारायण पौडेललाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। बैशाख ३१ मास्थानिय निर्वाचन गराउन ७५ वटै जिल्लामा मुख्य निवार्चन अधिकृतका कार्यालय आजैबाट खुलेका छन् । यसैविच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्वाचन कार्यलयले क्षेत्रिय निर्वाचन कार्यलय बाँकेमा विरोध प्रर्दशन गरीरहेको छ । आफ्ना माग पुरा नगरी सरकारले चुनाव गराउन खोजेको भन्दै विरोध प्रर्दशन गरीएको मोर्चाका सदस्य पशुपति दियाल मिश्रले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment