कमला हमाल
१, चैत्र नेपालगन्ज । ३० गते देखी सुरु भएको नेपालगन्ज महोत्सवमा  नेपालगन्ज दोस्रो अन्तराष्ट्रिय फिल्म फेष्टिभल हिजो सम्पन्न भएको छ ।

धम्वोजि चोकबाट सिंगारिएको रथमा महानायक hamalहमाललाई कार्यक्रम स्थल पु-याई नागरिक अभिनन्दन गरीएको छ । फिल्म महोत्सवको उद्घाटन गर्दै नायक राजेश हमालले राजधानि बाहिर नेपालगञ्जमा पनि फिल्म क्षेत्रलाइ लिएर यसरी बहस गर्नु राम्रो भएको बताउनुभयो । फिल्म क्षेत्रको विषयमा नायक राजेश हमाल र बज्रेस खनालविच सिनेमा बहस पनि भएको थियो । हमालले २५ बर्षमा सिनेमा क्षेत्रमा आफुले भोगेका र फिल्म क्षेत्रका विषयमा भोगाइ राख्नुभएको थियो । पहिलो त्यस्तै आज देवकी विस्टले देउकी प्रथालाइ लिएर बनाइएको सर्च अफ देउकि, सिमान्तृकत समूदाय डोम, पचास रुपियामात्र, मेला, घट्टो, समान्य, छोरा , बविया, लगायत आज प्रदशन गरीएको छ । फेस्टिभलमा १३ नेपाली र १२ ओटा विदेशी गरी २५ ओटा प्रदशन गरीनेछ ।

भारत , बंगालदेश, स्पेन, भेनेजुयला, नर्वे, ब्राजिल, साउथ कोरीया, पाकिस्तानका क्यानडा इजिप्टका पिल्म पनि प्रदान गरिनेछन् । कार्यक्रममा चर्चित नेपाली तथा बिदेशी निर्देशकहरूको पनि सहभागीता रहेको छ । नेपालगंज अन्र्तराष्ट्रिय फिल्म महोत्सव हिजो भव्यतताका साथ सम्पन्न भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment