कमला हमाल

२७ चैत, नेपालगन्ज। नयाँबर्ष बैशाख १ गतेका दिन नेपालगँजमा नेपाल फ्ल्याग फेस्टिवल आयोजना गरिने भएको छ।

‘नेसन्स प्राइड, नेसन्स आइडेन्टिटी ’ भन्ने मुख्यनाराका साथ यो फ्ल्याग फेस्टिवल गत वर्षदेखि आयोजना गर्न थालिएको हो। अन्तरालको व्यवस्थापनमा हुने फेस्टिवल विहान ठिक ७ वजेर ५९ मिनेट जाँदा शुरु हुनेछ। फेस्टिवलमा स्वदेशगान तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्यहरु प्रस्तुत हुने फेस्टिवलका परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाह बताउनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment