कमला हमाल

२६ चैत, नेपालगन्ज । बाँकेको कोहलपुर–२ प्रेमनगरमा शनिबारदेखि निःशूल्क बृहत योग विज्ञान शिविर सुरु भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालको आयोजनामा सूरु भएको योग yoga 3शिविरमा पतञ्जली योग समिति नेपालका प्रशिक्षक लोकनाथ खनालको उपस्थिति रहेको थियो ।

उनले आफ्नो स्वास्थ्यलाई स्वथ्य बनाउनका लागि योग गर्नु पर्ने बताए । “मानिस पूर्ण रुपमा स्वथ्य हुनका लागि जीवनभरी योग गर्नुपर्छ” उनले भने “हामीले रोगलाई पालेर बस्ने होइन् ।” शिविरको पहिलो दिनमा करिब तीन सय जनाको उपस्थिति रहेको थियो । साथै योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालको नेतृत्वमा निकट भविष्यमा पतञ्जली सामूदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ । निःशूल्क योग शिविर सम्पन्न गर्नका लागि बाँके क्षेत्र नं. १ को सांसद विकास कोष, कोहलपुर नगरपालिका, विभिन्न संघ÷संस्था लगायतले सहयोग गरेको आयोजकले जनाएको छ । शिविर ३१ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment