७ चैत्र,कास्की । आमुल परिवर्तन (ख्रीष्टियन) मसिहा पार्टी नेपालले हिजो कास्की जिल्ला स्थित लेखनाथ महानगरपालिकाको कुडहर चोकको स्थानिय मण्डलीमा अगुवा बुद्धिजिबिहरुको एक भेलाले amulपास्टर पदम बहादुर गुरुङको नेतृत्वमा ११ सदस्यीय कास्की जिल्ला कमिटी गठन गरेको छ ।

उक्त कमिटीलाई पछि जरुरत परे थप गर्दै जान सकिने गरि खुल्ला राखिएको छ जसमा उपाध्यक्ष चन्द बहादुर कार्की, सचिवमा इन्द ठकुरी, सह-सचिवमा विनोद सेन ठकुरी, कोषाध्यक्षमा पा. वेन्सन लामा, सदस्यहरुमा सुरेन्दलाल श्रेष्ठ, वावुराम पौडेल, रस बहादुर गुरुङ, पुर्णबहादुर परियार, दानिएल सिके र रामचन्द रेग्मी रहेका छन्।

उक्त कार्यक्रम पार्टीको केन्द्रिय अध्यक्ष भरत गिरिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। पार्टी केन्द्रिय अध्यक्ष  गिरिका अनुसार पर्यटकिय नगरी पोखरामा आमुल परिवर्तन (ख्रीष्टियन) मसिहा पार्टीको कास्की जिल्ला कमिटी गठन हुनुले ४ नम्बर प्रदेशमा नै सकारात्मक सन्देश पुग्ने कुराको निश्चित प्राय भएको र आमुल परिवर्तन (ख्रीष्टियन) मसिहा पार्टीको प्रभाब बढ्दो रुपमा जाँदै गर्दा पार्टी उत्साहित भएको कुरा उहाँले टेलिफोन कुराकानीको क्रममा बताउनुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment