rupandehi 11 team copy     cmg sankata club copy

कमला हमाल

१ चैत, बाँके। आज भएको दोस्रो सेमिफाइनल खेलमा रुपेन्देही ११ विजयी फाइनलमा संकटा क्लवसंट भिड्ने । दोस्रो टुर्बोर्ग नेपालगन्ज फुटबल प्रतियोगितामा आज भएको दोस्रो सेमीफाइनल खेलमा रुपेन्देही ११ विजयी भएको छ ।

आज नेपाल पुलिस क्लव र रुपेन्देही ११ विच भएको सेमिफाइनल खेलमा २ —१ गोल अन्तरले रुपेन्देही ११ विजयी भएको हो । खेलको पहिलो हाफको ३३ औ मिनेटमा नेपाल पुलिसका जुमानु राइले १ गोल गरे । त्यसको लगत्तै रुपेन्देही ११ का जर्सी नम्बर १० अमर डंगोलले एक गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको २९ औ मिनेटमा रुपेन्देही ११ कै जर्सी नम्बर १० का अमर डंगोलले पुनह एक गोल गरी टिमलाइ विजयी गरे आजको प्रतियोगीताको म्यान अफ द म्याच पनि अमर डंगोल भए । उनले एक सेट लेनेभो मोबाइल प्राप्त गरे पर्सी फाइनलमा सिएमजी संकटा र रुपेन्देही ११ भिड्नेछन् ।
फागुन २६ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदी क्लब , नेपाल पुलिस क्लव , दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको नेपाल फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment