काठमाडौं – हिजो बुधबार साँझ बसेको मन्त्री परिषदको बैठकले सम्तरी घटनामा मृत्यू हुन पुगेका युवाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने निणर्य गरेको छ ।

Pm-office-2प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबार मन्त्री परिषदको कार्यालयमा बसेको उक्त बैठकले यस्तो निणर्य गरेको संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बताए । उक्त सप्तरी घटनमा घाइते हुन पुगेका सबैलाई उपचार खर्च व्यवस्था गर्ने तथा उक्त घटनाको छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत सरकारले गरेको छ । १५ दिन भित्र उक्त आयोगले बास्तविकता पत्ता लगाइ प्रतिवेदन पेश गर्नु पर्ने समेत छ ।
बैठकले सप्तरी घटना घट्नु अत्यन्त दुखद् भएको जनाउँदै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरुका आफन्त परिवारमा समवेदना प्रकट गरेको छ । बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील समेत गरेको मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment