दीपक उपाध्याय

२६ फागुन, कैलाली । कैलालीस्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीको घरघरमा पसेर धम्याउन थालेको छ । सीमा क्षेत्रमा कल्भर्ट police-1निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर धम्याउन थालेको हो ।

हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारणलाई गालीगलौज गर्दै घर छाड्न धम्की दिएको स्थानीय बताएका छन् ।एसएसबीले नेपाल प्रहरीकै सामुन्ने नेपाली पत्रकार हेमन्त न्यौपानेलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएको छ । कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेलाई अपशब्द प्रयोग गर्दै भारती भूमिामा भेटे कुट्ने धम्कीसमेत दिएको गैरे बताउछन् ।

नेपाली बजरमा आएर हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीयले आक्रोशित बनेका छन् । बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द यसबारे सशस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए । करिब एक घण्टापछि घटनास्थल पुगेका सशस्त्र प्रहरीका निरीक्षक रामबहादुर खत्रीले समस्या जटिल भएकाले जिल्लाबाट नै सामाधान खोजिनुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment