२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका नेताहरुलाई वार्तामा बोलाएका छन् ।

(From left) Sadhbhawana Party Chairman Rajendra Mahato, Federal Socialist Forum Nepal Chairman Upendra Yadav, Tarai Madhes Democratic Party Chairman Mahant Thakur and Tarai Madhes Sadhbhawana Party Chairman Mahendra Yadav in a meeting held in Siya Palace of Rautahat, on Wednesday, September 30, 2015. Photo: Prabhat Kumar Jha/ THT

सप्तरी घटनापछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको छ । यो जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरु छलफलमा नजाने सम्भावना छ । किनकी मधेसी मोर्चाले ३ बजे नै आफ्नो बैठक राखेको छ । सम्भवत यो बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्नेछ । सोमबार साँझको बैठकमा नै समर्थन फिर्ता लिने समझदारी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment