चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा चिन्ता व्यक्त

६ फागुन, काठमाडौं । सरकार परिवर्तन भए पनि परराष्ट्र नीति परिवर्तन गर्न नहुने भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका छन् ।Vice-President Nanda Bahadur Pun addressing the Nepal Chamber Expo at Bhrikutimandap, Kathmandu, on Friday, September 23, 2016. Photo: RSS

नेपाल विश्व सम्बन्ध परिषद्को ६९ औं वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग भएको सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे । कार्यक्रममा परराष्ट्रविदहरुले राष्ट्रिय स्वार्थ अनुकूल परराष्ट्र नीति बनाउनुपर्ने बताएका थिए ।विगतमा भएका सहमति कार्यान्वयनमा ढिलाई भए छिमेकीसँगको सम्बन्ध बलियो हुन नसक्ने उनको भनाइ थियो । उपराष्ट्रपति पुनले राष्ट्रिय नीतिमा एकरुपता नल्याई कुटनीतिक सफलता हात पार्न नसकिने पनि उल्लेख गरे ।

 

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment