६ plrगुन, काठमाडौं । नेपाल प्रेस  युनियनले फागुन २ गतेplr2देखि महासंघ केन्दि्रय कार्यालयमा लगएको ताला आज खुलेको छ । सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल प्रेFNJ-Nepal-patrakar-mahasanghस युनियन र पत्रकार महासंघबीच आज दुई बुँदे सहमति भएको हो  ।

युनियनले असन्तुष्टि जनाएका केहि जिल्लाहरुमा केन्दि्रय पदाधिकारीको रहोबरमा अधिवेशन भइसकेको छ भने नुवाकोट, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा देखिएको विवाद महासंघको सचिवालयले सहमतिका आधारमा समाधान गर्ने सहमति भएको छ ।

दुई बुँदे सहमतिमा युनियनले सरोकार जनाएका बिषयलाई सम्बोधन गर्दै महासंघले अर्को बिज्ञप्ति निकाल्ने र युनियनले ताला खोल्ने सहमति भएको युनियनका अध्यक्ष बद्री सिग्देल र महासंघ सभापति डा. महेन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । महासंघमा लागेको ताला खुलेसँगै महासंघका जिल्ला शाखाहरुको अधिवेशन गर्ने बाटो खुलेको छ । भोलिबाट सुरु हुने पूर्वाञ्चलको अधिवेशन पनि पाँचथर बाहेक अन्य जिल्लामा निर्धारित मितिमै हुने भएको छ । साथै सदस्यता वितरणमा विवाद नदेखिएका अन्य जिल्लामा पनि अधिवेशन निर्धारित मितिमै हुने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment