निरोज तोलाङे

५ फागुन, काठमाडौं । आज रिपोर्टर्स क्लब नेपालमा संयुक्त विद्यार्थी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियु निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ । Students-Press-Meet

हरेक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन आठ वर्षपछि हुन लागेको छ र मिश्रति निर्वाचन प्रणाली अपनाइँदैछ।बिप्लप माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले संघर्ष समितिले अघि सारेका मागहरू पूरा नगरी त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्नै नसक्ने दाबी गरे । उनले भने, ‘हिजो रेक्टरको गाडी जल्यो, अब गाडि जलाउँदैनौ, भिसीलाई १० मिनेटभित्र गिरफ्तार गर्ने तागत हामीसँग छ।

समितिले अघि सारेका मागहरुमा पूर्ण समानुपातिक-समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिनेटको सिण्डिकेट खारेज गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना रोक्नुपर्ने र सार्थक वार्ताको वातावरण निर्माण गर्नुपर्ने लगायत छन् । त्यस्तै संघीय विद्यार्थी युनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावती, राप्रविसंघका अध्यक्ष उज्ज्वल पोखरेल, नेपाल विद्यार्थी मञ्चका अध्यक्ष रोशनकुमार राय, समाजवादी विद्यार्थी संघका अध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका अध्याक्ष केशी यादव, आदिवासी जनजाति विद्यार्थी संगठनका अध्यक्ष दोझाङ् शेर्पा, नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण रानामगर र नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादवले आफ्ना मागहरु पूरा नभए स्ववियु निर्वाचन हुन नदिने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment