10414378_771404409588575_5421332630836217017_n
रामप्रसाद पौडेल

“घरमा काम सघाओस भनेर राखेको फेरि भुँडी बोकेर मरिछे । उबेलामा ‘मेरो लोग्नेसँग छुटानाम भो, लौन काम पाउँ’ भनेर गिडगिडाउँदै आई । होला ता नि भनेर दया देखाइयो । आज फेरि उही ताल ! चार वर्षमा तीनटा ब्याउन भ्याइसकी । जा तेरै पोइसँग, सक्दिन म तेरा छाउराछाउरी पाल्न ।”
साउनीले कोपिलालाई गलहत्याएर निकालेको चार वर्षै भो । साहुको घर छोडेपछि उसले फेरि भुँडी बोकेको कुरा सुनिएको छैन ।

 

हाँडिखोला -२ मकवानपुर
हाल: विराटनगर

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment