माधव अधिकारी
काठमाडौँ,७ माघ
काठमाडौँको नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ ।यसअघि उठाउँदै आएको घरजग्गा कर व्यवहाunnamedरिक नभएको भन्दै नगरपालिका घोषणा भएको दुई बर्षपछि आर्थिक वर्ष २०७४।७५ का लागि नगरपालिका कार्यालयले कर लागु गर्ने तयारी गरेको हो ।

Rajendra Prasad Gautam-1

सम्पत्ति कर लागू भएपछि मालपोत भूमिकर (तिरो) र घरजग्गा कर विस्थापित हुनेछन् । हाल नगरवासीले तिरो र घरजग्गा कर दुवै तिर्दै आएका छन् । जग्गाको मूल्यांकन मालपोत कार्यालयले तोके बमोजिम हुँदा घरजग्गा कर धेरै तिर्नुपरेको नगरवासीको गुनासो थियो ।
सर्वदलीय बैठकबाट एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्र्दे्शिका तथा सञ्चालन कार्य्विधि २०७३ अनुमोदन गरेपछि उक्त कर लागु गर्ने निर्णय गरिएको हो । एकीकृत सम्पत्ति कर लागु भएपछि यसअघि लिँदै आएको घरजग्गा र भूमिकर स्वतः विस्थापित हुनेछन् । नागार्जुन नगरपापलकालाई समृद्ध,आधुनिक र विकसित बनाउन आन्तरिक राजश्व वृद्धिका लागि एकीकृत सम्पत्ति कर लगाउनु आवश्यक रहेको नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले बताए ।केन्द्रीय सरकारबाट प्राप्त हुने अनुदानका भरमा मात्र नगरको समग्र विकास सम्भव छैन,हाम्रो जस्तो भूबनोट भएको नगरपालिकामा आन्तरिक श्रोतको पहिचान,दोहन र परिचालनका लागि यो आवश्यक छ । – लामिछानेले भने । राजनीतक दलका प्रतिनिधि, सरोकारवाला संघ संस्था, व्यवसायी, वडा तथा सम्बन्धित क्षेत्रमा छलफल गरी सम्पत्ति कर लगाउने निर्णय गरिएको हो ।

विकासको प्रबल सम्भावना बोकेको नगर नागार्जुनमा आन्तरिक आम्दानी नबढाई बिकास असम्भब छ–नगरपालिकाका राजश्व शाखा प्रमुख राजेन्द्र प्रसाद गौतमले भने – आन्तरिक रुपमा बलियो भएर व्यबस्थित बिकासमा लाग्न र करको दायरामा हरेक क्षेत्रलाई ल्याउन आबश्यक रहेकाले यसको प्रयासमा लागेका छौँ ।

नगरपालिकाभित्र रहेका जग्गा, त्यस्तो जग्गामा बनेका भबन, पर्खाल, टहरा, गोदाम, सेड, ग्यारेज जस्ता साझा भौतिक संरचना तथा ती सम्पत्तिको मुल्याङ्कन गरि त्यस करयोग्य मुल्य स्थानीय स्वायत्त शासन नियमावली २०५६ को अनुसुची १२ अनुसार कर लगाउने नगरपालिकाले जनाएको छ ।
एकीकृत सम्पत्ति कर लागु गर्न नगरपालिकाले मोहन बस्नेतको संयोजकत्वमा कार्यान्वयन कार्यदल गठन गरेको छ । नगरपालिकामा एकीकृत सम्पत्ति कर लागु भएपछि सम्पत्तिमा मालपोत भुमिकर तथा घर जग्गा कर लाग्ने छैन भने नेपाल सरकारको स्वामित्वमा, गुठी,धार्मिक संस्था, कुटनितिक नियोगका भबन र जग्गामा भने एकीकृत सम्पत्ति कर नलाग्ने नगरपालिका कार्यालयले जनाएको छ ।
एकीकृत सम्पत्ति कर नगर क्षेत्रको जग्गा र त्यस्तो जग्गामा बनेको भवन, पर्खाल, गोदाम, टहरा, सेड, ग्यारेज जस्ता भौतिक संरचनामा लगाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment