kamal-adhikari-_nकमलअधिकारी

प्राचीन रोममा एउटा यस्तो डरलाग्दो खेल खेलिन्थ्यो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । ख्रीष्टियमतको फैलावटको तिन शताब्दीपछि पनि प्राचीन रोममा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने खेलको अन्त्य भएको थिएन । रोमी सम्राट् कन्स्टेन्टाइनले यसको निषेध गरे तापनि जनमानस यसमा लागिरहे । राज्यको विरुद्धमा विद्रोह नहोस् भन्ने हेतुले तिनीहरूको इच्छा पुरा गर्न तिनीहरूलाई अनुमति दिइयो । ख्रीष्टियान सम्राट् होनोरिअसले पुन: निषेध गर्ने प्रयास गरे तापनि त्यो विफल रह्यो । यस हिंसात्मक खेलले निरन्तरता पाइरहयो ।khabar-dainik-_n

आज जस्तै त्यो नयाँ वर्षको दिन थियो । कुरो १ जनवरी ख्रीष्टाब्द ४०४ को हो । मानिसहरू रङ्गशालामा सदाझैँ खेल हेर्न झुम्मिएका थिए । खेल सुरु हुनै लागेको थियो । टेलेमाखस नाम गरेका ख्रीष्टियान सन्त मैदानमा ओर्लिए र तिनले ती लडाकाहरूलाई छुट्टयाए । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि रङ्गशालाका बेन्चहरू निकाली तिनीहरू तिनीमाथि आइलागे र तिनलाई एकै खेप बनाए । तिनी मारिए ।

तर तिनको सहादतमा सन्त टेलेमाखस विजयी बने । मान्छेको शरीरबाट रगतको धारो बगाउने त्यो खेल सदाको लागि बन्द हुन पुग्यो । तिनी नै रङ्गशालाको अन्तिम सहिद बने । फेरि यस हिंसात्मक खेलद्वारा अरूले आफ्नो रगत बगाएर रङ्गशालाको मैदानलाई भिजाउनु परेन । धन्य टेलेमाखस जसले आफ्नो प्राणको आहुति दिएर त्यस पशुवत् खेललाई सदाको निम्ति यस धरतीबाट बिदा गरिदिए । मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले उल्लेखनीय भूमिका निभाएका छन् जसमध्ये यो एउटा ज्वलन्त उदाहरण हो ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment