Thomas Bogaty

bogatiख्रिष्टमसमा गाईको गोठ सजाउने नेपाली ख्रिष्टियनलाई गाई खाने आरोप
हाम्रो नेपाली र भारती समाजमा ख्रिष्टियनहरु गाई खाने धर्म भनेर चिनिन्छन् र सताईन्छन् । नेपालको परिवेशमा गाउँमा कोही छिमेकीहरु ख्रिष्टियन भएपछि गाईको मासु खान्छन् भन्ने सोचले धेरै दाजुभाईहरु समाजबाट बहिष्कार समेत भएको घटनाहरु सुनिएको छ। आखिर नेपाली ख्रिष्टियनहरु माथी थपिएको यो आरोप के सत्यतथ्य हो वा केवल एक तितो झुटो आरोप मात्र हो?
यदि गाईको मासु खाने कुरा केलाउने हो भने, नेपाली मुस्लिम तथा बौध्द धर्मवालम्वीहरु यस कुरामा पछाडी पर्दैनन्। तब किन नेपाली ख्रिष्टियनहरुमाथी गाई खाने धर्मको नारालाई एकल आरोप लाईन्छ। भारतको केराला तथा अन्य राज्यहरुमा पनि गाई खाने प्रचलन रहि आएको छ। भेदिक कालमा संसारका मानिसहरुले गाईको मासु खाने चलन रहेको कुरा हिन्दुशास्त्रबाट प्रकाशित गरीएको छ।
नेशनल स्याम्पल सर्भे अफिस अनुसार भारतमा २०१५ मा करीब २% हिन्दुहरु, ४०% मुस्लिमहरु र २६.५% ख्रिष्टियनहरुले गाईको मासु सेवन गरको पाईयो। तर ख्रिष्टिनयनहरुको जनसंख्या कम भएकोले यस सर्भेले गाई खाने मामलामा मुस्लिमलाई पहिलो र हिन्दुहरुलाई दोश्रो स्थानमा राखेको छ।
नेपाली ख्रिष्टियनहरुले गाईको मासु खान्छन् भनेर छानबिन गरीे निचोडमा पुग्नु जरुरी छ। बिना कुनै प्रमाण नेपाली ख्रिष्टियनहरु माथी यस्तो आरोप लाउनु लज्जास्पद छ। यस्तै आरोप लाएर नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली हिन्दुहरुको मत जिति शक्ति र सत्तामा आउन प्रयास गरीएको देखिएको छ। हालसालै यहि प्रयासमा संविधान संशोधनमा पनि अवरोध आएको छ किनभने नेराप्रपाका अदक्ष्य कमल थापा नेपाललाई धर्मनिरपेक्ष नभई हिन्दु राष्ट्र हुनुपर्छ भनी आफ्नो मत राखी जन्ताको मन जित्नमा लक्षित छन।
तर के कमल थापा जस्तो बिद्यमान राजनेता र अरु बुज्रुकहरुले ख्रिष्टियनहरुमाथी लाएको आरोप जायज छ? यो प्रश्न हरेक नेपाली जन्ताले सोच्नुपर्ने कुरा हो।

डिसम्वर २५मा नेपाल लगायत संसारभरी ख्रिष्टियनहरु आफ्नो चाड ख्रिष्टमस मनाउँछन्। ख्रिष्टमसमा ख्रिष्टयन धर्मका संस्थापका येशु ख्रिष्टको जन्म दिन मनाइन्छ जुन रोमको सरकारले  आफ्नो चलीआएको परम्परा अनुसार ३४५ एडीमा सुरु गरेका हुन्। त्यस समय यस चाडको बढो विरोध भएको थियो किनकी रोमका अधिक जन्ताहरु येशु ख्रिष्टलाई ईश्वरको रुपमा मन्दैनथे। तर पनि चलनचल्तिमा रहेको रोमको परम्परा अनुसार ख्रिष्टमसको चाड उदघाटन गरीयो। उनीहरुको परम्परा अनुसार सुर्य इश्वर डिसम्वर २५ हिँउदमा जन्मेका हुन्। त्यसअनुरुप उनीहरुले येशु ख्रिष्ट हिउँदको २५ डिसम्वरमा जन्मेको हुन भनी चलनमा ल्याए।
रोमको जस्तै अरु अन्य देशले आ–आफ्नै तरीकाले ख्रिष्टमस मनाउन थाले।

करीब १६ सताब्दिमा जर्मनीले ख्रिष्टमस ट्रीको परम्परा सुरु गरेको मान्यता छ भने ख्रिष्टमस फादर(स्यान्टा क्लज)को परम्परा टर्कीमा सेन्ट निकलसले १८ सताब्तिमा सुरु गरेका हुन्। त्यस्तै गरी ख्रिष्टमस क्यारोल १२ सदाव्दिमा सुरु भएको अनुमान गरीएको छ। हरेक देश र परिवेश अनुसार ख्रिष्टमस मनाईन्छ।

ख्रिष्टियन धर्मझै ख्रिष्टमस चाड पनि बिबादित विषय रहँदै आएको छ।

नेपाल लगायत संसारमा रहेका धेरै ख्रिष्टयन सम्प्रादयले यसलाई अबाईबलिय हो भनी भन्छन किनभने यसको सुरुवात विभिन्न देशको पुरानो परम्परा अनुसार मनाईन्छ। जसरी नै मनाए पनि एउटा आस्थाचाहि सामान्य रहेको छ र त्यो हो येशु ख्रिष्ट ईस्राएलको बेथलेहम शहरमा कन्या मर्यमको कोखावाट जन्मेका हुन। कन्यवाट जन्मेको आस्था हिन्दुका कृष्ण, ग्रीसको अकिलिज र अरु धेरै देशका ईश्वर मानिने ऐतिहासिक योध्दा र राजाहरुसँग पनि मेल खान्छ।

भन्नुपर्दा नेपालमा पनि संसारमा मनाईने ख्रिष्टमसभन्दा छुट्टै आस्था राखि मनाईन्छ। नेपालीहरु येशु ख्रिष्ट गाईको गोठमा जन्मेका हुन भनेर पत्याउँछन् र सिकाउँछन। बडो जोडदार येशु ख्रिष्ट गाईको गोठमा जन्मेका हुन भन्दै ताली बजाउँदै, भजन गाउँदै नाच्छन्। येशु ख्रिष्ट जन्मेको घटनालाई नाटकमा अभिनय गर्छन जसमा गाईको गोठ बनाएर सजाईएको हुन्छ। येशु ख्रिष्ट गाईको गोठमा जन्मेको बिषयमा गीती एल्बमहरु समेत निस्केका छन् र ख्रिष्टमसको समयमा यी गीतहरु नेपाली ख्रिष्टियनहरु रेडियो, टिभी र कम्पयुटरमा घनकाउँछन्।

काठमाण्डु, पोखरा, धरान अनि सबै शहरीकरण भएका जिल्लाहरुका चर्चहरु महङगा पार्टी प्यालेस, बनभोज स्थल, पार्क, हल जस्ता ठाउँहरुमा लाखौ रुपियाँ खर्च गरी गाईको गोठमा येशु ख्रिष्ट जन्मेका आस्था राखी मनाउँछन्। नेपालमा मात्र होईन, ख्रिष्टमस संसारको कुनै देशमा बढी खर्चालु हुने चाड हो। नेपालमा हिन्दु, बौध्दिष्ट तथा मुस्लिमले यसरी खर्च गरी महङगा ठाउँहरु भाडामा लिई चाडावाड मनाईएको विरलै सुनिन्छ।

चर्चका वक्ताहरु ख्रिष्टमसको दिनमा आँसु बगाउँदै यसरी प्रवचन सुनाउँछन्, “येशु ख्रिष्ट दुई हजार वर्ष अघि ईस्राएलको वेथलेहम गाउँको गाईको गोठमा जन्मिनु भयो र डुडमा राखिनुभयो। येशुको लागि कुनै पनि ठाउँ नभएकोले गाईको गोठमा जन्मिनु भयो।ईश्वर भएर पनि फोहोर र गन्हाउने गाईको गोठमा जन्मी बस्तुहरुको चारो खाने डुडमा राखिनुभयो।”

तर नेपाली ख्रिष्टियनहरुले जतिनै आँसु बगाए पनि येशु ख्रिष्ट गाईको गोठमा जन्मेका अस्था ईतिहाससँग मिल्दैन। बाईबल धर्मशास्त्र अनुसार येशुको जन्म बेथलेहेम शहरको एउटा घरमा भएको थियो भनेर येशुको चेला मत्तिले लेखेका छन् भने अर्को ग्रीक वैद्य र ईतिहास्कार लुका  अनुसार त्यतिबेला येशु ख्रिष्टलाई डुडमा(गाईवस्तुको चारो खाने भाँडो)राखिनुभयो। बाईबलले गाईको गोठ त परै जाओस, कुनै पनि वस्तुको गोठ वा खोरको बारेमा बताएको छैन।

तब किन नेपाली ख्रिष्टियनहरु येशु ख्रिष्ट गाईको गोठमा जन्मेका हुन् भनी विश्वास गर्छन? त्यसको उत्तर खोज्न हामीलाई कतै टाढा जानुपर्दैन। नेपाल र भारतमा चलिआएको परम्परालाई गहन अध्ययन गरे नेपाली ख्रिष्टयनहरुको मनमा गाईको गोठमा येशु ख्रिष्ट जन्मेको आस्था उव्जिएको रहश्य खुलासा गर्न सजिलो छ।

नेपालको परिवेशमा गाउँघरमा गाईपालन विद्यमान छ। दुध र मलको लागी नेपालीहरु गाई पालन गर्छन र गाईलाई सुरक्षा प्रदान गर्न गोठको बन्दबस्थ गर्छन। गाईलाई जोकोही नेपालीले पनि आफ्नो आमा सरहनै ठान्छन् किनभने अधिक नेपालीहरु गाईको दुध, दही, मोही र घीऊ सेवन गरेर हुर्केका हुन। त्यतिमात्र हाईन, प्याकेटको प्रसोधित दुध पनि गाईकोनै हुनगएको छ । गाईको सोतर खेतिपाती गर्न मल हालिन्छ।

तर के हाम्रो नेपालमा गाईले डुडमा पराल, घास र पानी खाएको कसैले देखेको छ? नेपालमा डुडमा होइन तर भुँईमा पराल–घाँस पस्किएर गाईको हेरचाह गरिन्छ। गाईलाई ठुलो भाँडोमा पानी र खोले पियाईन्छ र हरियो चरनमा लगेर चराईन्छ।
नेपाली र गाई बीच आमा–बालबालिकाझै सम्बन्ध छ भनी हरेक नेपालीलाई थाहा छ।

माथी उल्लेख गरिएका कुरालाई मनन गरे पछि नेपाली ख्रिष्टियनहरु येशु ख्रिष्ट गाईको गोठमा जन्मेको कुरामा आस्था गर्नु स्वाभाविक हो। हिन्दु र बुध्दिष्ट नेपालीहरुझै नेपाली ख्रिष्टियनको मनमा पनि गाई एक महात्वपुर्ण प्राणीमात्र होइन तर एक आमानै हुन्। संसारको अरु देशका ख्रिष्टियनहरुले आफ्नो पौराणीक काल देखि चलिआएको आस्था र परम्परा अनुसार ख्रिष्टमस मनाएझै नेपाली ख्रिष्टियनहरुले पनि गाईको गोठमा येशु जन्मिनुभएको परम्परालाई अङगालेका हुन।

येशु ख्रिष्ट बस्तुहरुले खाने डुडमा राखिएको घटनालाई नेपालीहरु स्वतह गाईको गोठ याद आउनु कुनै नौलो कुरा होईन किनभने नेपालीहरुको सबभन्दा प्यारो घरपालुवा बस्तु भनेका गाईनै हो। तसर्थ बाईबलका डुडमा बालक येशु राखिएको ईतिहासलाई नेपाली ख्रिष्टियनहरु गाईको डुडमा राखिएको हो भन्ने मान्यता रहेको धेरै पुरानो भईसक्यो।

नेपालको राष्ट्रिय पशु गाई हो भने हिन्दु धर्म अनुसार गाई गौमाता र ल्क्ष्मीका अवतार हुन। गाईको हत्या गरेको फेला परेर १२ वर्षसम्म झेल सजायको भएको पनि छ।तर नेपाली ख्रिष्टियनहरु हिन्दु परम्परा र नेपालको कानुन देखि डराएर ख्रिष्टमसमा बालक येशुलाई गाईको गोठ र डुडमा चाहि पक्कै पनि सजाएका होइनन्। यो बुध्दि र चतुरताले लगाएर गरिएको परम्परा होइन तर उही पुरानो नेपाली–गाई बीच रहेको समाजिक परम्परा र सम्बन्धबाट उब्जेको आस्था हो जुन वास्तवमा येशु ख्रिष्टको जन्मको ईतिहासमा मेला नखाने एक अन्धविश्वास हो।

तब नेपालमा किन नेपाली ख्रिष्टियनहरुलाई गाई खाने भनिएर आरोप लाईन्छ? यसको उत्तर सजिलो छ। पश्चिमको यरेपेली देश र अमिरिकी देशमा गाईगोरुको मासु खाने चलन भएकोले नेपाली हिन्दुहरु नेपाली ख्रिष्टियनहरुले पनि गाईको मासु खान्छन भनेर सोच्छन्। तर ती पश्चिमेली देशका कुहिरेहरुले पनि धार्मिक हिसाबले नभएर सामाजीक हिसाबले पौराणिक काल देखि चलिआएको परम्परा अनुसार गाईगोरुको मासु सेवन गरेका हुन् नकि ऊनीहरु ख्रिष्टियन भएर खाएका हुन।

वास्तवमा बिदेशमा ख्रिष्टमस मनाउन टर्कीको मासु खाने चलन भएझै नेपाली ख्रिष्टियनहरु ख्रिष्टमसमा कुखुरा, बाख्रा, भेडा, राँगा, सुँगुर आदिको मासु खान्छन्। विशेषगरि तराई तथा पहाडी गाउँका विभिन्न चर्चहरुमा यी पशुहरुलाई मारी ख्रिष्टमस मनाईन्छ तर यसमा कुनै बलीप्रथा र पूजाआजा समोवेश भएको हुँदैन।

येशु पनि गाईको गोठमा जन्मिएको हो भन्ने मान्यता रहेकोले नेपाली ख्रिष्टियनहरुबाट गाईगोरु मारी मासु खाने काम कथमकदाचित भएको छैन।

वास्तवमा भन्नेनै हो भने अहिलेसम्म नेपालका ख्र्रिष्टियनहरुलाई येशु ख्रिष्ट गाईको गोठ नभएर घरमा जन्मेकोे कुरा थाहा छैन किनभने नेपाली ख्रिष्टियनहरुलाई येशु ख्रिष्ट गाईको गोठमा जन्मेको आस्था वा अन्धविश्वासले समातीसकेको छ।

जसले जे भने पनि यदि कोहि अन्धविश्वास र मनगढन्ते आस्थामा हिडिरहेको छ भने, त्यस कुरालाई कोट्याएर प्रश्ट पारी साँचो मार्गमा ल्याउन जरुरी छ। आज नेपाली ख्रिष्टियनहरुलाई ख्रिष्टमसमा येशु ख्रिष्ट गाईको गोठमा जन्मेका अस्था एक अन्धविश्वास हो भनेर पहिल्याएर ऊनीहरुको आँखा खोल्न आवश्यक भएको छ भने अर्कोतिर हिन्दु नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको आँखा खोली नेपाली ख्रिष्टियनहरुले गाईगारुको मासु खाँदैनन भनेर भ्रमहरु हटाउन नितान्त जरुरी रहेको छ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Shyam
    Dec 16, 2016 at 5:59 am

    thanks for this

  2. Pingback: खिष्टमसमा गार्इकाे गाेठ सजाउने नेपाली ख्रिष्टियनलार्इ गार्इ खाने अाराेप | ~गाडाेल एलाेहार्इ ~पि

  3. Pingback: खिष्टमसमा गार्इकाे गाेठ सजाउने नेपाली ख्रिष्टियनलार्इ गार्इ खाने अाराेप — ~गाडाेल एलाेहार्इ ~प

  4. Sharu Maharjan
    Dec 16, 2016 at 11:46 am

    एक दम सहि लेख।।।यस्ताे पाे सत्य भनेकाे। उता राप्रपाकाे राजनेता कमल थापा ख्रिष्टियनहरूले गाइकाे मासु खान्छन भनी गलत अाराेप लाउन बाहेक केहि पनि जानेका रहेनछन्।

  5. sundas
    Dec 17, 2016 at 3:12 am

    Ek dam sahe kura ko jankari dinu bhayeko ma dhanyabad pani

    • थाेमास बाेगटी
      Dec 18, 2016 at 6:40 pm

      Has sir, dhanyabad

  6. थाेमास बाेगटी
    Dec 18, 2016 at 6:39 pm

    धन्यवाद सबैलाइ

  7. दिपा राइ
    Dec 19, 2016 at 11:22 pm

    thank you hai babu..tapaiko lekhle ankha nai kholyo mero..kasto ghinlagdo andhabiswasma faseko rahechu..aba dekhi nikai hos puryanu paryo Christian vayepachi…

  8. Pramila Pokharel
    Dec 20, 2016 at 5:28 pm

    Very nice one..thanks for great information…GOD bless you for keeping me away for cowshed Christmas beliefs

Leave a comment