sarsaphai२०७३ मंसीर १० गते सुन्दर नेपाल सरसफाई अभियान काढमाडौं नेपाल र जिल्ला प्रहरी कार्यलय भरतपर चितवनको सहकार्यमा कानूनको सर्वोच्चता नेपाल प्रहरीको प्रतिवद्धता मूल नारा सहित प्रहरी नागरिक हातेमालो कार्यमा सुरक्षित र अपराधरहित समाजको निर्माण गर्ने क्रममा जिल्ला प्रहरी कार्यलय भरतपुर चितवनले कार्यलय परिसर वातावरण मैत्री बनाउने कार्यमा पुर्‍याएको योगदानस्वरुप उच्च कदर गर्दे उज्वल भविष्यको कामना गरी सुन्दर नेपाल सरसफाई अभियानका अध्यक्ष अर्थात् अभियान्ता श्री बीर बहादुर तामाङज्यूलाई कार्यलय प्रमूख प्र.उ. श्री वसन्त बहादुर कुँवरको संयोजकत्वमा भएको नागरिक सभा कक्ष समुद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी महा निरीक्षक श्री उपेन्द्र कान्त अर्यालज्यूको बाहुलीद्धारा प्रशंसा पत्र प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यलयका प्रमुख एस.एस.पी, चितवन जिल्ला प्रमुख अधिकारी, स्थानीय जिल्ला विकास अधिकारी, उद्योग वाणिज्य संघ लगायत राजनैतिक दलका जिल्ला प्रमुखहरु र समाजसेवीहरुको सहभाागितामा कार्यक्रम सम्पन्न भएको थियो।

appreciation-letter

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment