पोखरा १, मंसिर । थुप्रै सांगेतिक प्रतिष्पर्धाहरुमा बिभिन्न उपाधी जितेकी गायिका रोशनी गुरुङको तिमी संग मेरो नजर बोलको गित पोखरामा एक कार्यक्रमका बिच सार्वजनिक गरीएको छ । गितको भिडियोलाई गायकहरु कर्णदास, बिनोद बानिया, रामभक्त जोजीजु, श्रीमान थुलुङ तथा फिल्मकर्मीहरु माओत्से गुरुङ र नेत्र गुरुङले सयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक कर्णदासले पहिलो गितबाट नै गायीका रोशनी गुरुङले सांगेतिक क्षेत्रमा राम्रो सम्भावना देखाएको बताए । सांगेतिक क्षेत्रमा सफलताको लागी अभ्यास, निरन्तरता र लगनशिलताको जरुरी हुने उनको भनाई थियो । अर्का गायक बिनोद बानियाले अब सांगेतिक कर्मका लागी पोखरेलीहरुले काठमाडौलाई समेत पोखरामा बोलाउनुपर्ने बताए ।

बानियाले पोखराबाट नै उत्कृष्ट म्युजिक भिडियो बन्छ भन्ने कुरा सार्वजनिक भिडियोबाट स्पष्ट भएको धारणा राखे । पोखरामा तुलनात्मक रुपमा गायिकाहरुको संख्या कम भएकोले पनि रोशनी गुरुङको ब्यबसायीक सम्भावना समेत राम्रो रहेको बानियाको भनाई थियो । अर्का गायक रामभक्त जोजीजुले अहिले इन्टरनेटको जमाना भएकोले सांगेतिक क्षेत्रमा अगाडी बढ्न राजधानी नै जानुपर्छ भन्ने मान्यता भत्किएको बताए ।

कार्यक्रममा संगितकर्मी जयकुमार परीयार, श्रीमान थुलुङ तथा फिल्मकर्मीहरु माओत्से गुरुङ र नेत्र गुरुङले गायीका रोशनीको सुखद सांगेतिक भबिष्यको कामना गरे । कार्यक्रममा गायीका रोशनी गुरुङले अग्रज संगितकर्मीहरुले दिएको प्रतिक्रियाले आफु उत्साहीत भएको बताइन । आगामी दिनहरुमा संगितमा निरन्तर साधना गरीरहने उनको भनाई थियो ।

सार्वजनिक गरीएको गितमा श्याम गुरुङको शब्द र प्रकाश नेपालीको संगित रहेको छ । फलानो क्रियशनले तयार पारेको भिडियोलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन भने सरोज अधिकारीको छायङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । भिडियोलाई भिडियो साझेदार साइड युबट्युबबाट समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment