11227551_821660891282653_698507043463751244_n२०७२ श्रावण १० गते, काठमाडौं । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले धर्म निरपेक्षतामा कुनै सम्झौता गर्न नसकिने बताएका छन् । उनले धर्म निरपेक्षता हटाउनको लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा दवाव आएतापनि संविधानमा धर्म निरपेक्षता नहट्ने बताएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व आन्दोलनबाट प्राप्त उपलब्धी भएको बताउंदै उनले जस्तोसुकै दवाब आएपनि धर्म निरपेक्षता सहितको संविधान बन्ने दावी गरे ।
आइतवार राजधानीमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा आयोजित “धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता” विषयक अन्तर्क्रिया कार्यक्रममा महासचिव महराले पछिल्लो समय धर्म निरपेक्षताको मुद्दा व्यापक रुपमा उठाउने व्यक्ति आफू भएको दावी गरे । “राज्यको कुनै पनि धर्म हुँदैन, धर्म सापेक्ष राष्ट्र हुनै सक्दैन, यो विषयमा विगतदेखि हामीले लड्दै आएका छौ र लड्छौ”, उनले भने । धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको मुद्दा कमजोर भएको उल्लेख गर्दै महासचिव महराले धर्म निरपेक्षताको विषयमा कांग्रेस-एमालेसँग बहस गर्न आफू तयार रहेको समेत् बताए । सबै विषयको कमाण्ड राजनीतिले गर्ने भएकाले जनताको मुद्दा स्थापित गर्नको लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले भने,“परिवर्तनको मुद्दा उठाउँदै हामी निकै कठिन प्रक्रियामा छौ ।” परिवर्तनको मुद्दा उठाउने एमाओवादीलाई बलियो नबनाउँदा अहिले हिन्दू राष्ट्रको मुद्दा उठेको उल्लेख गर्दै उनले धर्मनिरपेक्षता सहितको संविधान बन्ने बताए । “छिटो भन्दा छिटो संविधान जारी नगर्ने हो भने आन्दोलनबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहेको छ” महराले भने, “संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता उपलब्धी संस्थागत गर्न हामी सचेत छौ ।”
कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघका महासचिव सीवी गहतराजले धर्म निरपेक्षता घोषणा भइसकेकाले संविधानसभाले यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । ख्रीष्टियन समुदाय राज्यले दिने न्यूनतम मानवअधिकार उपभोग गर्नबाट समेत् बञ्चित भएको बताउंदै उनले भने, “धर्म निरपेक्षताबाट पछाडि फर्कनु भनेको देशलाई पाँच सय वर्ष पछाडि धकेल्नु हो ।” “नेपालमा ख्रीष्टियन समुदाय बढ्दैमा छिमेकी देश भारत र चीनलाई घाटा हुँदैन”, गहतराजले भने, “कसैलाई खुसी पार्न नागरिकलाई दोष लगाउनुहुँदैन, पैसाले कोही ख्रीष्टियन बन्दैन ।” आफूहरु कसैको पनि अधिकार खोस्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सबैको हक अधिकार संविधानसभाले सुनिश्चित गर्नुपर्ने पक्षमा रहेको बताए । महासंघका सहअध्यक्ष रेभ डा. इशुजंग कार्कीले धर्म निरेपक्षता विनाको संविधान अधुरो हुने बताए । उनले सरकारसँग विगतमा भएको तीन बुँदे र छ बुँदे सहमति कार्यान्वयन गर्नको लागि पनि माग गरे ।
अन्तर्क्रिया कार्यक्रममा पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता स्वागत नेपाल लगायतले संविधानले धर्म निरपेक्षतालाई संस्थागत गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । महासंघका अध्यक्ष डा.सुन्दर थापाले अध्यक्षता गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य सचिव पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Keshav Luitel
    Jul 26, 2015 at 1:57 pm

    yes, kura manasib ho.

  2. Gorkhali Ashu Ashish Gurung
    Jul 26, 2015 at 4:59 pm

    praise the Lord

  3. Samir Tamang
    Jul 26, 2015 at 5:49 pm

    ame halleluyaha

  4. Surya Bohara
    Jul 27, 2015 at 3:38 am

    आमा बेच्ने बिदेसी दलालहरु हो नेपाल आमालाइ निचोरेर बिदेशी को खुट्टा माड्छौ जुन आमा बाट जीवन पायौ तेहि आमाको हत्त्या गर्न तल्लिन छौ धिक्कर छ ती आमालाइ जस्ले जन्माइन

  5. John Lama
    Jul 27, 2015 at 6:23 am

    जसलाई नेपाल हिन्दु धर्म चाहिन्छ त्यसलाई हिन्दु राज्य नै दिएर अरु बाकी रहेको नेपालका सबै जातिहरुलाई चै जातिय राज्य दिउनत, अरुलाई जातिय राज्य चाहियो भन्दा आपति हुने, अनि उहिहरुलाई चै हिन्दु राज्य चाहिने? अरुको सम्मान गर्न कहिले सिक्छन यिनीहरुले? होइन भने सबैलाई चित बुझ्ने गरि धर्म निरपेक्ष गरे भैगोनि/ उनीहरुलाई धर्म छाड्न वा देश निकालात गरेकोछैन/ कति साथी हरुले बिदेशीको खुट्टा माड्ने कुरा गरेको रहेछ,जो बिदेशमै बसेर बिदेशीको गुलामी गर्दैछन् तिनैले यस्तो कुरागर्न सुहाउदैन/

  6. Ofon Yonghang
    Jul 28, 2015 at 3:08 pm

    Yes good sanbidhan vanekotw yas to hunu parxa sanbidhan ….

  7. Jeem Resmi Magar
    Aug 1, 2015 at 4:55 pm

    100%rait sahi ho

  8. Krishna Pariyar
    Aug 4, 2015 at 4:07 pm

    २१ औ सताब्दिको माग हो, धर्मनिरपेछेता।यो सबैले बुझ्न आवश्यकता छ ।

  9. Prithvi Bidawat
    Aug 17, 2015 at 7:54 am

    Hijo Desh Hindu Rastra Huda ,,,Sabai Dharm le thau paeko thiyo………Jasko Dharm $ (Dollar ) Hunch……….Tysle Desh Lai Dharmi Kalah ma Fasaer ……..Aafu Faida lin khoch………….yo hun sakdain …………Desh lai Hindu Rastra hun bat kohi Rokan sakdain…………………..jAI dESH NEPAL …….jAY HINDU rASTRA………..

Leave a comment