जगदीश पोखरेल

मध्यदिनमा आएको महाभूकम्पले आफ्नो आसपासमा कुनै क्षति नपुर्याएपछी यो भूकम्प सस्तैमा पार लाग्ने भयो भन्ने मेरो तत्कालको आंकलन थियो । केहि मिनेटमा जब रेडियोले धरहरा ढलेको र थुप्रै मानिसहरू पुरिएको समाचार पढ्यो, त्यो आंकलन गलत निस्क्यो । भूकम्प जाने बित्तिकै टोलका सबै मानिसहरू घर छाडेर खुल्ला ठाउँमा भागे, आफ्नो घरको बहुमूल्य सामानको सुरक्षामा सायद कमैको ध्यान गयो होला ।

भूकम्प गएको एक घण्टा सम्म पनि आफ्नो टोलको हालखवर बुझ्नलाई पुलिसको एउटा गाडीसम्म नआएकोमा मानिसहरू सरकारलाई धिक्कार्दै थिए, आर्मी पुलिसको आवश्यकतामा प्रश्न चिह्न उठाउँदै थिए । तर बिचरा उनीहरूलाई के थाहा कि आर्मी पुलिसहरूलाई ध्वस्त संरचनामा पुरिएका मानिसहरू निकाल्दैमा भ्याईनभ्याई छ भनेर । सार्वजानिक बिदाको दिन भएकाले गर्दा अति ठुलो क्षति हुनबाट देश जोगियो । भनिन्छ: शनिवार भएकैले धरहरा र क्रिश्चियन चर्चमा अत्याधिक क्षति भयो, स्कुल लगायतका अरु कतिपय संरचना भत्किएकै भए पनि मानिसहरू भने जोगिए । एकातिर देशको यस्तो अवस्था, अर्कोतिर चिनजानका केहि चर्चहरू पनि भूकम्पका कारण ढलेर ठुलो जनधनको क्षति भएको सुन्दा मन भारि भयो ।

थाम्नै गाह्रो हुने गरि ठुलो बज्रपात आइलाग्यो । आधा देश ध्वस्तप्राय: भयो । हजारौंले एकैपटकमा मृत्यूबरण गरे । कमसेकम काठमाडौंमा आर्मी पुलिस छन्, अस्पताल छन्, अरु केहि नभए पनि विमानस्थल छ, तर ति दुर्गम गाउँठाउँको हालत के भयो होला ? सबैजना पिडित भएका त्यस्ता ठाउँमा कसले कसको उद्धार गर्नु ? सबैका घर भत्किएको अवस्था, बालबालिका, बृद्धबृद्धा मात्रै भएका गाउँका निम्ति कति दर्दनाक थियो होला त्यो क्षण ?

संचारमाध्यमहरूमा धामाधम क्षति विवरण आउन थाले, मृतकको संख्या ४ अंकमा पनि अट्न छाड्यो । लाखौँ मानिसहरू घरबार बिहिन भए ।
भूकम्प गएको केहि दिनमा राहत वितरणको निम्ति गोर्खा जाँदै गर्दा बालाजु माछापोखरीमा देखेको एउटा दृश्य निकै नै घतलाग्दो थियो । भत्किएको घरबाट सेनाले बहुमूल्य सामान तथा रुपैंया पैसा राखिने सेफ निकाल्दै थियो । वरिपरिका सबैले सेफ, सेफ भन्दै कराउंदै थिए । अंग्रेजी शब्द सेफको अर्थ सुरक्षित हुने भएकाले नै यसलाई सेफ भनिएको होला सायद ! यसमा राखिने सामानहरू सुरक्षित हुन्छ भन्ने सबैमा भरोशा हुँदोहो । तर त्यहाँ त सेफ नै अनसेफ भैराखेको अवस्था थियो । त्यसैबखत मेरो दिमागमा एउटा प्रश्न उब्जियो, ”इज देयेर एनीथिंग सेफ?”

भूकम्पको पराकम्पन आजको दिनसम्म पनि रोकिएको छैन । जनजीवन त्रसित छ, भूकम्प आउँदा भाग्न सजिलो होला भनेर घर केहि नभएका मान्छेहरू समेत आँगनमा सुतिराखेको अवस्था छ । समग्रमा भन्नुपर्दा भूकम्पको भूत नेपालीहरूको मानसपटलबाट हटेकै छैन । अब केहि हुँदैन ढुक्कले सुत्नुस् भन्ने आवाजलाई पनि बैसाख २९ को भूकम्पले निकै मधुरो बनाइदिएको छ ।

आफन्त गुमाएकाहरू ठुलो पिडामा छन् । ७ वर्षको छोरो गुमाएका एक व्यक्तिले यसो भन्दै थिए- जोपनि आउँछ र भन्छ, ”चिन्ता नगर्नुस्, संसार यस्तै छ ।” आँखाभरी आँसु बनाएर उनी थप्दै थिए – अरूहरूले चिन्ता नगर भने भन्दैमा चिन्ता नलाग्ने हो र ? अचानोको पीर अचानोलाई नै त थाहा हुन्छ नि ।

हुन पनि उनी सहि थिए, उनको जुन पिडा छ, त्यो सम्झाउन जानेहरूले चिन्ता नगर्नुस्, सबै बिर्सनुस् भनेर भनेझैं हल्कासँग हट्ने पीडा हुँदै होइन । उक्त व्यक्तिप्रति सहमति जनाउंदै मैले उत्साह दिएको थिएँ: पिडा सजिलै हट्दैन, चिन्ता लाग्छ, त्यो स्वभाविकै हो, तर चिन्ता गरेर हामीले बदल्नसक्ने अब के नै बाँकी छ र ?

भूकम्पले कसैलाई छाडेन । न धनी छाड्यो, न गरिव, न बृद्ध न बालकलाई छाड्यो । भूकम्पले मन्दिर भनेन, मस्जिद भनेन, चर्च भनेन, गुम्बा भनेन । तथापि नेपाली समाज एकपटक फेरी क्रिश्चियन समुदायप्रति निर्दयी बन्यो । सयौं गाउँहरूमा कुनै प्रचारप्रसार बिना नै राज्यको तहको भूमिका निर्वाह गरेका क्रिश्चियन चर्च तथा संघसंस्थाहरूले गरेका उद्धार तथा राहत बितरणका कामहरूलाई नजरअन्दाज गरियो, र केहि साना गल्तीहरूलाई सुनियोजित रुपमा बढाईचढाई गरेर भएका कामलाई समेत मेट्ने प्रयास गरियो ।

 Churchआफ्नो साइटलाई चर्चित बनाउनकै लागी थुप्रै अनलाइनहरूले क्रिश्चियन मुछिएका समाचारहरूलाई मसलादार माने । राष्ट्रिय समाचार समितिका एक पत्रकारले लेखे: “भूकम्प आउँदा क्रिश्चियनहरू रामराम भन्दै भागे” देशकै प्रमुख मध्येको एउटा दैनिक पत्रिकाले लगभग एकै समय दुइथरि समाचार बाहिर ल्यायो । पहिलो: “भूकम्प आउँदा क्रिश्चियनहरू रामराम भन्दै भागे” र दोश्रो: “भूकम्प आउँछ भनेर ज्योतिषीले पहिल्यै लेखेका थिए” । वास्तवमा नेपाली पत्रकारिताकै निम्ति यो लज्जाजनक कुरा थियो । त्यो दुवै खवरहरू राष्ट्रिय समाचार समिति वा एउटा राष्ट्रिय दैनिकको निम्ति सुहाउने समाचारहरू थिएनन् ।

राससको समाचारमा परिचय खुलाउन नचाहने श्रोतको हवाला दिदैं क्रिश्चियनहरूले रामराम भन्दै भागेको उल्लेख गरिएको थियो । परिचय नै लुकाउनु पर्ने गरि के कसैले कुनै गुप्तचर कुरा भनेको थियो र ? रामराम नारायण नारायण भनेकै हो भने सबका अगाडी भनेका होलान्, अनि यस्तो कुरामा पनि कसैले मेरो परिचय नखुलाईदिनुहोला भनेर भन्ला ? चर्चमा सबै जाति, भाषा, धर्म सम्प्रादायाकाहरूलाई सदैब स्वागत गरिने हुँदा त्यो भन्नेहरू कोहि आमन्त्रित गैह्र-इसाई पाहुनाहरू पनि त हुन सक्थे । यदि कोहि क्रिश्चियनले नै यसो भनेको थियो भने पनि राष्ट्रिय समाचार समितिले लेख्न योग्य कुरा हो र त्यो ? हुनत बिगत केहि समयमा नेपाली राजनीतिका साथसाथै पत्रकारिताले पनि निकै नै गति छाडिसकेको प्रमाण धेरै भेटिएका छन् । कहिले राजेश हमालले भूकम्प पिडितलाई यति सहयोग गरे भन्ने खवर बाहिर आउँछ । तबसम्म त्यो खवर सत्य बन्छ, जबसम्म राजेशले नै मुख खोलेर आफुले सहयोग नगरेको स्पष्ट पार्दैनन्, बाहिर आएको खवरको खण्डन गर्दैनन् । उस्तै कुरा सलमान खान देखि क्रिष्टियानो रोनाल्डोसम्म लागु हुन्छ । नेपाल र नेपालीको रक्षाको लागि खट्दाखट्दै मृत्यूबरण गरेका अमेरिकी हेलिकप्टरका मानिसहरूलाई सुझ्नु न बुझ्नु रातारात जासुस तुल्याइन्छ ।

भूकम्प प्रभावित सबै जसो जिल्लामा पुगेर लाखौँ जनतालाई राहत वितरण गर्ने बिलिभर्स चर्च देखि अरु थुप्रै क्रिश्चियन संघसंस्थासम्मको योगदानलाई नदेख्ने नेपाली मिडियाले क्रिश्चियनलाई पेल्न सकिने समाचार मात्रै किन देख्दछन् ?

अर्को हल्ला आयो – पास्टरले चर्चमा चुकुल लगाएर थुनेका कारण सबैको ज्यान गयो । यो हल्ला सुन्दै गर्दा मलाई एकपटक कबि भूपी सेरचनको याद आयो, जसले उहिल्यै यो देशलाई हल्लैहल्लाको देश भनेका थिए । के यो भन्दा अमानवीय अफवाह अर्को केहि हुन सक्छ र ? के कोहि शिक्षकले आफ्नो विद्यार्थीहरूलाई थुनेर मार्छ ? के आफ्नो आमाबाबुले छोराछोरीलाई स्वेच्छाले मर्न दिन्छ ? पक्कै दिदैन । त्यसरी नै एउटा पास्टरले पनि आफ्ना मण्डली सदस्यहरूलाई ढोका थुनेर मर्न कदापि दिदैन । साधारणत: नेपालमा सिकाइएको भूकम्पीय शिक्षा के हो भने भूकम्प आउँदा सकेसम्म खुल्ला ठाउँमा जाने, नसके घरभित्रकै सुरक्षित स्थानमा बस्ने । भूकम्प आइराखेको बेलामा यदि कसैले घर बाहिर नजा, घर भित्र नै सुरक्षित भएर बस्, भनेर भन्छ भने पनि उसको गल्ति हुने थिएन, किनकि हामीलाई आजसम्म सिकाइएको कुरा नै यहि हो ।

क्रिश्चियनहरूले राहतको नाममा धर्मप्रचार गरे भन्ने आरोप लाग्यो । यदि कसैले राहत बाँड्न गएर राहत भन्दा बढी धर्मकै कुरा गरेर फर्कन्छ भने कम्तिमा यो बेला हामी भन्न सक्छौं कि तिनीहरूले गल्ति गरेकै हुन् । तर राहत बाँड्न गएको बेलामा क्रिश्चियनहरूले आफ्नो धार्मिक परिचय नै लुकाउनुपर्ने भन्ने तर्कसँग चाहिं हामी कदापी सहमत छैनौं । राहतसँगै कसैले बाइबल पनि बाँड्छ भने त्यसमा पनि हल्ला गर्नुपर्ने कुनै कारण छैन । लिन नचाहनेले लिन्न भन्दा कसैले बलजफ्ती गर्ने कुरै आउँदैन । यहि सवालमा एकजना लेखकले यसरि लेख्नुभएको थियो, ”मलाईचाहिँ वेदको अध्ययन गर्न मन लागेको छ र चारैवटा बेद चाहिएको छ । कसैले उपहार दिए मलाई त राहत नै हन्थ्यो । छान्ने अधिकार त व्यक्तिको रहन्छ, होइन र ? राहत वितरणको क्रममा कसैले बाइबल पनि उपहार दिए होला अनि यसमा टाउँको दुखाउने कुनै कारण मैले चाहिँ देखिन ।

क्रिश्चियनहरूले छानी छानी क्रिश्चियनहरूलाई मात्रै राहत दिए भन्ने खालको एकदमै झुटो अफवाह पनि नेपाली संचारमाध्यमहरूमा फैलियो । त्यसलाई पनि एउटा ब्यर्थको हल्ला भन्दा फरक पर्दैन । क्रिश्चियनहरूले कुनै पनि हिसावले भेदभाव नगरिकन राहत वितरण गरेको मैले देखेको छु, त्यसप्रकारका थुप्रै राहत वितरण कार्यक्रमहरूमा म सहभागी पनि भएको छु । वास्तविकता के हो भने राहत वितरणको लागि प्रभावित इलाकामा जाने चर्च तथा क्रिश्चियन संघसंस्थाको स्थानीय सम्पर्क त्यहाँको चर्च नै हुन्छ । चर्चको सम्पर्कमा गएको भए पनि कुनै प्रकारको भेदभाव गर्ने काम हुँदैन, सबैको निम्ति त्यो राहत समान हुन्छ तर जोहरूले राहत पाउदैनन्, जोहरूलाई अपुग हुन्छ, वा जसलाई चर्चसँग चित्त नबुझेको केहि कुरा हुन्छ, उसले नभएका कुराहरू पत्रकारलाई भनिदिन्छ अनि बिना कुनै सोचविचार पत्रपत्रिकाले छापिदिन्छन्, प्रकाशित गरिदिन्छन् । उदाहरणको लागि क्याम्पस क्रुसेड फर क्राइष्ट नामको संस्थाले करोडौंको त्रिपाल लुकाएको झुटो आरोप लाग्नुको कारण स्थानीयहरूले माग्दा त्रिपाल नपाउनु नै थियो ।

क्रिश्चियनहरूले गल्ति गर्छन्, नगर्ने होइनन् । तर मौका छोपेर झुटो आरोप लगाइदिने र बाँकी सबैले त्यहि आरोपलाई अनुमोदन गरिदिने हो भने सामाजिक सद्भाव नखल्बलिएला र ? यसरी नचाहिँदो हल्ला बाहिर ल्याउनुभन्दा बरु देशको कानुन अनुसार कसैले गल्ति नै गरेको छ भने कारबाहीको दायरामा ल्याउँदा कसो होला? सय जनाले चिच्याउंदैमा झुट-सत्य वा सत्य-झुट बन्ला र?

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Jack Kambang
    May 30, 2015 at 5:26 am

    सहिहो नेपाल हल्लको देश हो

  2. Binod Sen Thakuri
    May 30, 2015 at 5:26 am

    जगदीश भाइलाई धेरै धन्यबाद अति नै बास्तबिक लेख सप्रेण गर्नु भएकोमा प्रमेस्वरले तपाइलाई यस्तो लेख लेख्नलाइ अझै धेरै आसिस दिनु भएको होस /

  3. Joseph Baraili
    May 30, 2015 at 5:56 am

    जगदिश भाइ तपाईलाई प्रभुको अनुग्रह रहोस । जति पनि ती आरोपितहरुले लगाएको आरोपहरु छन ती झुटा हुन । परमेस्वरको छोराछोरी हरु आफनो विस्वासको काम मा अघि बढदै जाउन बाकी कुनै झुटो आरोपहरुले केही फरक पर्दैन किनकी हामी विजयी हरु हौ ।धन्यबाद

  4. Joseph Baraili
    May 30, 2015 at 5:58 am

    नेपाल हल्लाको देश हो तर अब पुत्रहरुको कारण निको हुनुपर्छ ।

  5. Simon Gurung
    May 30, 2015 at 7:55 am

    100 % Right jagdis bother.

  6. Manika Tamang
    May 30, 2015 at 9:46 am

    100/right

  7. Prakash Bishunke
    May 30, 2015 at 11:11 am

    लेख समय सान्दर्भिक छ,साच्चै केही समय यता नेपाली सञ्चार माध्यमले ख्रीष्टियानहरू विरूद्भ एक पक्षिय ढंगले हावाकाे भरमा बिना प्रमाण खनिएका छन । सत्य कुरालाइ ढाकछाेप गरेर असत्य साबित गर्न खाेज्ने अनि जे कुरा झुट र भ्रामक छन, तिनै कुरालाइ बढाइ चढाइ लेखेर ख्रीष्टियान समुदायकाे बदनाम गर्न नियाेजित रूपमै लागिपरेका छन पत्रकारका नाममा अलपत्र परेकाहरू । नराम्राे लेख्न बानि परेकाहरू,भूकम्प प्रभावित सबै जसो जिल्लामा पुगेर लाखौँ जनतालाई राहत वितरण गर्ने बिलिभर्स चर्च देखि अरु थुप्रै क्रिश्चियन संघसंस्थासम्मको योगदानलाई नेपाली मिडियाले लेख्ने अाँट कसरी गरून र???? अपबादका रूपमा भएका सामान्य गल्तिलाइ बढाएर लेख्दै गर्दा पत्रकारिताकाे धर्म चैं नबिर्स !

  8. Ran Basnet
    May 30, 2015 at 12:03 pm

    जगदीश भाई अति राम्रो छ हजुरको केख. सत्य को सम्मुख पर्दा गैरख्रीष्टियन ( इसाई मत बिरोहिहरु ) अप्ठेरोले छटपाटाउँछन् यो सजिलै संग बुझ्नसकिने कुरो हो ! सबै कुरा मिलेर अन्तमा भलाई नै उत्पन्न हुन्छ ! विजय हाम्रै प्रभु ख्रीष्टको निश्चित छ ।

  9. Khyalmya Joc Merina
    May 30, 2015 at 12:20 pm

    कुनै पनि बिस्वाशिले आपत आईपर्दा राम2 भन्दैन यो बिस्वाशी लाई गरेको आरोप मात्रा हो ।हालेलुया

  10. Aruna Rai
    May 30, 2015 at 2:00 pm

    भाई जगदिश – तपाईको यो बल्ग पडे पछि आज थाहा लाग्यो भुकम्पको थामिए पनि एक अर्कालाई त्यो पनि झुटो आरोप लगाउने महा भुकम्प थामिएको रहेन रहेछ ! जब झुटो आरोप लाग्छ त्यसले हृदयलाई बिचलित बनाएको हुन्छ ! आरोप पनि कति बिश्वास गर्नै न सक्ने लगाएको रहेछ ! सत्य नजानी कुरा फैलाउने मान्छेहरुले गर्दा यो समाजमा हरेक आपद बिपदको समयमा अझै थप कष्ट थपि दिएको हुन्छ ! मुखबाट निस्केको बोली र बन्दुकबाट निस्केको गोली समान हुन्छ ! जब बन्दुकको गोलीले मान्छेलाई लाग्छ तब उ घाईते भएको हुन्छ त्यसरी नै मान्छेको मुखबाट निस्केको झुटो आरोपले मान्छेको हृदयलाई चोट पुराएको हुन्छ ! तर पनि हामी प्रभुको पाईलालाई पछ्याउने उनका चेलाहरु हौ यसैले जसरी प्रभुले उहाँले गर्दै नगर्नु भएको पापको दोष आफुले स्वीकार्नु भयो अब त्यसरी नै भुकम्प पछिको दोषरुपी भुकम्पको झुटो आरोपलाई डटेर सामना गरौ ! सत्य के हो त्यो त पर्मेश्वर जान्नु हुन्छ यसैमा सन्तुष्टी गरौ !

  11. Purna Chandra Lama
    May 30, 2015 at 2:16 pm

    भाइ अति राम्रो लेख

  12. Shanti Church Nepal
    May 30, 2015 at 2:34 pm

    Tapai ko lekha maan paryo.

  13. Samaira Sapkota
    May 30, 2015 at 2:43 pm

    धर्म नितान्त व्यक्तिगत आश्थाको कुरा भएको हुँदा क्रिश्चियनहरुको 'धर्म किनबेचको खेति' पक्कै पनि घिनलाग्दो र भर्त्सनायोग्य छ । उनीहरुको भण्डाफोर गर्नलाई उनीहरुकै कुतर्क र कुकृत्य काफी छन् । यसका लागि कुनै फोटो एडिट गर्नु पर्ने वा

  14. Samaira Sapkota
    May 30, 2015 at 2:48 pm

    कसैले निजी स्वार्थले समाज्सेवा गर्छ भने उस्ले ब्यापार गरी राखेको हुन्छ सेवा होईन । कम्सेकम कापी र कलम दिएको भए त लेख्ने ठाउ हुन्थ्यो । किताब्मा लेख्ने ठाउ हुन्न । राहत्सँग बाइबल बिकृकर्तालाई बीचरा भन्न मन लाज्ञो । खाने र लाउने बस्तुसँग मात्र सम्वन्धित रहेछ । बाइबल त एउटा कुनै बस्तु सँग बिनिमय गर्ने साधन पो रहेछ । बाइबल बिकाउन पनि भूकम्प आउनु पर्ने ?

  15. Birbal Tamang
    May 30, 2015 at 3:29 pm

    ति सबै पत्रकाहरु जसले जे जस्तै भएपनी लेखहरु लेख्नुभयो, प्रभु उहाँहरु सबैलाइ भरपुर/प्रसस्त मात्रामा जीवनको हरेक क्षेत्रमा आशिष दिनुहोस।
    प्रिय नेपाली इशाइ जगत, हामी जसले जे भने पनि भलाइ गर्न छोडनु हुन्न र खरावलाई भलाइले जित्नै पर्छ।

  16. Ramesh Basnet
    May 30, 2015 at 3:36 pm

    Jagadishji, saitanharuko kam asal kam ra satyalai bigarne ho testai bhairaheko chha nepalma Tara parmeshowerko anugrahale saitanharulai pani ashirbad Milos biblele sarapna ra gali garna sikaundaina dushmanlai pani maya garna sikaunchha Kati mahamahim hunuhunchha hamro Christ yehashu! Amen! Emanuel!!!

  17. राजेन्द्र नेवार
    May 30, 2015 at 3:56 pm

    Kura ठीकहाे जगजीत सर

  18. Dataram Sharma
    May 30, 2015 at 4:13 pm

    Dear writer, your knowledge is also not comprehensive about god maybe u may change,if u r educated person u should know God is one who created earth, air,water,space,sum,moon now every religious are taking same things,if god is differ please advice your god to provide seperate above things which ur taking commonly if not go to school n study again.

  19. Sarita Lohar
    May 30, 2015 at 4:30 pm

    Samira sapkota jee, hajur le pani tyo kin bech garne bazaar yani Christian haru ko dharma ma kin bech garna janu bhayeko thiyo ki kaso? kati kati rupaiya ma k k kinnu bho ta? khub bikrikarta ra kharidkarta ko sangya didai hunu hunchha, afno pani stambha hernus ani aru ko parchhai lai dosh lagaunu hola. tapai garnus ta bhandafor kaha kaha, kati kati kin bech ra kas kasle kin bech gareka chhan?

  20. Sarita Lohar
    May 30, 2015 at 4:42 pm

    rahat ma Bible haaleko kura tapai ko aakha le dekhnu bhayo? tapai haru ko yo halat dekhera pani malai sarai dukha lagchha kaag le kan lagyo bhanda kan chhamna chhodera kag ko pachhi lagne haru.. bicharaa!! kunai kura ko praman bina kasari bhanna saknu hunchha hau din mai andhakaar ma rumalliyeka haru le yasto ra tyasto bhanera? achamma laagchha malai ta hawa ko bhar ma dagurne haru dekhi jaba samma aafno pakheta aafai chalauna nasakne haru dekhi….

  21. Sarita Lohar
    May 30, 2015 at 4:48 pm

    hmmm.. I like your comprehensive knowledge on who is God. But Mr. God is one and HE is the God of all. HE is not seperate or different who can seperate your world and Christians' world neither HE seperates you and Christians. In fact HE loves you, me and all the creatures of the world.

  22. Sam Shahu
    May 30, 2015 at 4:58 pm

    Yo lekh ma God ko bisay ma bhanda badhi christian haru parti manish haru ko ghirna lai dekhayeko cha, christian haru parti ko titopana lai jhalkayeko cha. Kun chahi Ishwor le ek le arko lai ghirna garna sikayeko cha ra? Jesus le ta chaina. Christian le dekhayeko prem ma pani tapai haru ghirna dekhanu huncha tara tapai haru le ghirna gareta pani christian haru le prem dekhauchan. Ghirna le bhariyeko hridaya le prem lai bhujna sakdaina. It's time check ourself rather thn judging others in yhe name of religion.

  23. Sam Shahu
    May 30, 2015 at 5:04 pm

    Copy,kalam dina ko lagi school kaha sucharu thiye ra sir, khali samay ma bible padhyo bhane manish le shanti mahush garna sakcha ni. Yesto awasta ma padhai lekhai bhanda shantawona ko aawasekta parcha ra bible is a great book of comfort and counsel. Copy,kalam pani dinchau ni sir teti matra hoina awasekta anusar chahine kura pardan garne kosis awasse pani garchau kina ki hami uha haru lai sacho prem garchau. Have a heart of appeciation sir.

  24. Prem Kumar
    May 30, 2015 at 5:52 pm

    एकदम राम्रो लेख।

  25. Sven Dahljensen
    May 30, 2015 at 8:57 pm

    We Christian collected money from every churches and sent to Nepal. Nothing is different from hindus or Christian we are thinking for help.but you hindus and Nepalese are bad. Always negative .

  26. LB Rikham
    May 30, 2015 at 9:31 pm

    जगदिश

  27. Bhab Ghale
    May 31, 2015 at 12:51 am

    Thank you for advocating and revealing the truth. Well done! Keep it up. We pray for you brother.

  28. झकेन्द्र राई
    May 31, 2015 at 4:23 am

    जगदीश जी, निकै बिश्लेसनात्मक र सत्य तथ्य परक लेख लेखि सबैको आखा उघारी दिनु भएकोमा धन्यबादको पात्र हुनु भएको छ परमेश्वरले सधै आशिस दिउन |

  29. Grishma Parajuli
    May 31, 2015 at 5:00 am

    तपाईंको लेख राम्रो लाग्यो । शालीन र सभ्य प्रकारले कतिपय आरोप र दोषको खण्डन र सही जवाफदिनु आवश्यक पनि छ । मूर्ख सवाल-जवाफ गर्नेहरूबाट भने टाढै रहनु वेश l

  30. Shashi Kumar Bhattarai
    May 31, 2015 at 8:40 am

    Jagadish ji, Dhanyabad satya tathya samachar preshit gareka nimti, Christianharu 100% ramra chhan bhanna khojekota hoina, tara espali yo ratriya bipattika bela dherei Christian haru manaviya karyama tanman ar dhan diyera sahayog gareko chanhi nischay ho. Yo karya bina bhedbhav gareko ho tara dhereile tes biparit galat samachar presit gare. (Prabhule) tiniharulai chhama diun.

  31. M.k. Rai
    May 31, 2015 at 9:27 am

    haina christian le Ram,Ram vandai ma feri vuchalo aayo ki?ki jwala mukhi bispot vayo?haina ram,ram vanda kaso tauko dukhyo?aakhir ma ram vaneko mero ximeki daiko name ta ho,uhalai ta,kehi asar pareko xaina,vane sansar lai…KINA 10SAN?"PARMESWAR AATMA HUNUHUNXA UHA LAI AATMA RA SATYATAMA PUJNU PARXA "

  32. BoKo HaRam
    May 31, 2015 at 9:56 am

    क्रिश्चियनहरुले राहत सगै बाइबल बितरण गरियो भनेर प्रचार गर्ने अनि क्रिश्चियन हरुको बिल्ला गर्दै समाचार लेख्ने सबै अनलाइन न्युज राष्ट्रिय अखबार प्रचण्ड पुत्र सबै लाइ सक्नु हुन्छ भने पशुपति बिकास कोष मा भएको करोडौं पैसा भुकम्प पिडित को लागि खर्च गरौं भनेर स्टाटस समाचार लेख्नुस भनेर भन्दा एक शब्द बोलेनन।प्रभु ले भन्नू भए जस्तै अध्यरो शक्ति ले उज्यालो लाई घृणा गर्छ हो त्यहि भैरहेको छ।

  33. Sangharsh Rai
    May 31, 2015 at 11:40 am

    Wow…loved it

  34. Punam Acharya
    May 31, 2015 at 12:21 pm

    Praise the Lord …

  35. Srijana Gurung
    May 31, 2015 at 12:56 pm

    जगदीश भाई , यो ब्लग लेख्नुभएको निम्ती तपाईलाई धेरै-धेरै धन्यबाद छ , परमेश्वरले तपाईलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस l आहिलेको हाम्रो आत्मिकी लडाई भनेको नै यिनै ख्रीष्ट बिरोधिहरुसँग हो ,जसले ख्रिष्टियनहरुको बिरोध गर्नकै लागी बिरोध गरिरहेका हुन्छन् l ख्रिष्टियनहरुले गरेको हरेक असल कार्यहरुमा कहाँ निर खोट लगाउन सकिन्छ भनेर उनीहरु खोजिरहेका हुन्छन् l यो ब्लग मार्फत तपाइले उनीहरुलाई गतिलो झापड हान्नुभएको छ l फेरीपनि तपाईलाई धेरै धन्यबाद छ भाई l

  36. Rajan Prajapati
    May 31, 2015 at 4:26 pm

    कुरा सहि हो लेखक ज्यू, बिदेशी मिडियामा प्रकाशित समाचार हेरेर रिपोर्टिङ गर्ने, नेपाल भित्रकै धेरै न्युज बिदेशी च्यानलले लाइभ देखाए पछि थाहापाएर छिटोछिटो गइ न्युज रिपोर्टिङ गर्ने नेपाली मिडियालाई हामी कति बिश्वास गर्न सक्छौ । त्यही मिडियाकै कारण एउटी युवतीले रास्ट्रपतिलाई समेत झुक्याएको कुरा हामीले बिर्सेका छैनौं।

  37. Rajan Prajapati
    May 31, 2015 at 4:37 pm

    मिडिया स्वच्छ र निश्पक्ष हुनु पर्छ भनेर भन्नेे तापनि अहिले राजनीतिक र धार्मिक संगठनलाई एकतर्फी प्रहार गर्ने संरक्षित संस्था भएका छन् ।

  38. Dipak Thapa
    Jun 1, 2015 at 12:55 am

    Taai vayarata nepalma bikas
    Hudainata.

  39. Tsunil Rajbharat
    Jun 1, 2015 at 12:13 pm

    Thank u so much bro .. tapaile lekhnubhako aru article pani paheko chu maile … but yesto thul thulo aarop haami Ishai haru mathi aaiparda chai haami kina chup yedi yestai ho bhane sahi kuro k ho tyo press conference garera kuro ko tungo launu paryo sadhai yesari media le j bhanyo tei sunera basyo bhane ta jhan pelicha ne so plz request garchu yesto kuro ma press conference garera satya tathya kuro agadi lyaunuparcha .. Thank You !!

  40. Marry Gurung
    Jun 1, 2015 at 1:57 pm

    साच्चो प्रमेस्वरले तपाईलाई धेरै मात्रमा आसीस दिउन् ।

  41. John Joy
    Jun 2, 2015 at 12:35 pm

    Very good news…. keep it up jagdish brother

  42. खडक सुनुवार
    Jun 3, 2015 at 4:29 pm

    जग्दिश पोख्रेल जिउलाइ हृदयदेखीनै सल्युट छ सर इ अन्धकारमा हिडिरहेका मिडिया हरु का आँखा खुलेको होस किनकी ? झुट को खेती गर्नेले पापको कटनी गर्नेछन र ? पापको ज्याला मृत्यु हो अनन्त मृत्यु को पासो मा पर्न बाट बचुन ?

  43. Neupane Sita
    Jun 3, 2015 at 5:17 pm

    कुनै पनि बिस्वाशिले आपत आईपर्दा बरु अब्राहाम२ भन्यो होला तर राम2 भन्दैन यो बिस्वाशी लाई गरेको आरोप मात्रा हो ।हालेलुया

  44. Alisha Chhetri
    Jun 4, 2015 at 4:05 am

    Sacho kura kasailai pani man pardaina arkala gerako ghuto arupeko pachi lakchan sacho k ho vani bugena khogedainan. Amen.

  45. Santosh Rajbanshi
    Jun 4, 2015 at 4:28 am

    Dhanya hun ti dharma birodhi pracharakharu jasalai usako aafnai dharmale jhuto bolna sikakoxa ra arulai hinsa garne gyan diekoxa .Ma ta vanxu sabai dharmale satyako marga ra swargako

  46. Ruth Shahi Thakuri
    Jun 5, 2015 at 10:55 am

    भ्यागुतालाई सर्पले निलिसक्न आट्दा, मर्ने बेलामा भए पनि एउटा झिंगा चपाउँ भनेर जिब्रो बाहिर निकल्छ। मर्ने बेलामा पनि फलानो दोषी अरे भनेर ट्वार-ट्वार गर्ने बानी। भुकम्पले देशै लडेर कानै टिनिन्न भाको बेला "कसरी अब देशलाई मद्धत गर्ने होला" भनेर एक जुट भइ बल लगाउनु त कता हो कता, उठ्न खोज्ने अर्का भाइको खुट्टा अल्झाउन भनि लडेकै ठाउँबाट, बिग्रेको रेडियो जस्तै ढ्वार-ढ्वार गर्दै बल खेर फाल्छन। केहि गर्छु नै भन्ने इच्छा छ भने अहिले देशलाई घाऊ लागेर रोइ रहेको छ, देशको आँशु पुछेर घाऊमा पट्टि बाँधिदिने मेलोमेसो मिलाए कति जाति हुनेथियो। भूकम्पको झट्काले धरि दिमागलाई झट्काउन सकेन ……. कठै ……..

  47. Pradeep Ghimire
    Jun 6, 2015 at 3:49 am

    I am really disappointed with your article. First thing is that you have made lot of assumptions. "hola, hola, hola" thats all. Second thing is that unless you are not sure of anything, you do not deserve to mention about that point. Regarding Christianity i do not have any problem. But the problem goes with the one who follows it. I have faced couple of time. They are involved in publishing their religion in our country. The thing is that they want to spread Christianity in our country and want to invade in our country religiously. They have given bribe in many parts of our country. Its really shameful that they tried to spread their religion at the time of earthquake. Giving bible in the name of relief is really shameful. So my friend you are no better then the media cause you do not have any proof only assumptions. And finally i humbly request you to stop this kind of publicity of your religion. May Jesus help you and his followers some.

Leave a comment