parmananddham.com (3)काभ्रे, जेठ १० – काभ्रेको पाँचखालमा राहत वितरणका क्रममा धर्मका कारण विभेद गरिएको स्थानीयवासिन्दाले गुनासो गरेका छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ होक्सेमा नेपाल जैन परिषदले भूकम्प पीडितलाई घर बनाईदिने भनेपनि गाउँमा कृष्ण प्रणामी धर्म मान्नेहरुले कृष्ण प्रणामी धर्मावलम्बीलाई मात्र घर बनाईदिन दवाव दिएका गाउँलेको गुनासो छ ।

होक्सेका ४ सय ७७ घर धुरी मध्ये ३ सय ६५ घरधुरी कृष्ण प्रणामी छन् । ‘कृष्ण प्रणामी धर्म मान्ने धेरै भएकोले उनीहरुले हामीलाई पनि कृष्ण प्रणामी बन्न दवाव दिए ।’ आफ्नो नाम उल्लेख गर्न नचाहने एक गाउँलेले भने ।

तर आफूहरुले कृष्ण प्रणामी बन्न अस्वीकार गरेपछि विवाद भएको र राहत दिन आएको संस्था जस्तापाता वितरण गरेर हिँडेको गाउँलेको भनाई छ । गाउँका टाठाबाढा धेरै कृष्ण प्रणामी भएकाले उनीहरुकै पहलमा नेपाल जैन परिषदले राहत ल्याएको हुन सक्ने गाउँलेको अनुमान छ ।

‘कृष्ण प्रणामी बनेको भए घर बन्ने रहेछ नमानेका कारण टहरो मात्रै बन्ने भो ।’ होक्से ७ का रामचन्द्र काफ्लेले भन्नुभयो ‘जुनसुकै हालतमा पनि राहतका नाममा धर्म परिवर्तन गर्दिन ।’ कृष्ण प्रणामी हिन्दु धर्म भित्रकै एउटा संप्रदाय मानिन्छ र उनीहरुले कृष्णको पूजा आराधना गर्छन् ।

रामचन्द्र जस्तै धेरै स्थानीयवासिन्दाले संस्थाप्रति आक्रोस व्यक्त गरेका भएका थिए । धर्मको नाममा व्यापार गर्न लागेको भान भएपछि आफूहरुले घर बनाउने प्रस्ताव त्यागेको उनीहरुको भनाई छ । भारतको श्री भीनमाला जैन संघ मुम्बईले नेपालस्थित नेपाल जैन परिषद मार्फत घर बनाउने तयारी गरेको थियो । तर गाउँलेबीच नै धर्मलाई लिएर विवाद भएपछि जैन परिषदले घर बनाउने योजना परिवर्तन गरेको गाउँलेको भनाई छ ।

कपिल कोइराला/उज्यालो

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Mohan Dumee Rai
    May 26, 2015 at 2:02 am

    dharma ko nam ma rajniti garne ra byapar garne haru bhaneko made in chaina ko saman jastai hun asto haru sanga hami soyem sajag hunu abasek chha……

  2. David Dhurba Shrestha
    May 26, 2015 at 9:35 am
  3. Mk Moktan
    May 26, 2015 at 10:08 am

    K Kavreko pachkhalma pani Japako Jastai garna khojrko ta hoina??????????? Dharama prachar ra paribardan kasle garna khojeko rahechha ta yahabatha prasth dekhinchha dhaemako namemma ek chhaka bhat ra tharako nimti dharma paribardan garaera Nepali Amako man kahile pani shanti hudaina yo kura sabai Adibasi nepaliharule bujnai parchha………………

  4. Deven Giri
    May 27, 2015 at 12:54 am

    na kunai krishna pranami vanaudale kahi rahat bade, na yo kura satteho. baru ma patan hospital jada christianharule yedi christian bannevaye freema upachar garidinxau, gharpani banaidinxau vaneko praman masangaxa, tyo krishna pranamiharu paye afai khanxan, kahabata arulai rahat badxan waiyat nachahine hawa kura, dolorko sadupayog

  5. Anu Dumi Bantawa
    May 27, 2015 at 1:33 am

    Wayet news..

  6. Prashant Sapkota
    May 27, 2015 at 7:53 am

    Ramro kam vayn

Leave a comment