brantly

इबोला लागेका बिरामीहरुको उपचारको क्रममा आफैलाई इबोला लागेका मिसिनेरी डाक्टर केन्ट ब्रान्टली

लाईबेरियामा सेवारत अवस्थामै खतरनाक इबोला भाइरसको संक्रमणमा परेका दुई अमेरिकन क्रिश्चियन मिसिनेरीहरु उपचारपछि घर फर्केका छन् । सामरीटान्स पर्स नामक संस्थाबाट पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा स्वास्थ्य सेवामा कार्यरत ३३ बर्षिय डाक्टर केन्ट ब्रान्टली र ६० बर्षकी न्यान्सी राइटबोल गत महिनादेखी नै संक्रमित भएका थिए ।
संक्रमित भएको थाहा हुने बित्तिकै उनीहरुलाई बिशेष बिमानबाट अमेरिकाको इमोरी युनिभर्सिटी हस्पिटल लगिएको थियो । हस्पिटलबाट डिस्चार्ज हुनेबेलामा त्यहाँका संक्रमण रोग बिभाग प्रमुख ब्रुस रिबनरले भने,” यी दुई जनाको शरीरबाट पूर्णरुपमा इबोला भाइरस हटेकाले अब अरुलाई सर्ने जोखिम छैन ।”
यसैबीच सामरीटान्स पर्सका प्रमुख फ्र्यांकलिन ग्राहमले आफ्ना २ सहकर्मीहरु रोगमुक्त हुनुभएका लागि संसारभरिका सामरीटान्स पर्सले परमेश्वरलाई धन्यवाद चढाउने र यस धन्यवादको कार्यक्रममा आफु पनि सहभागी हुने बताउनुभएको छ । उहाँले लाइबेरियामा रहेका सामरीटान्स पर्सका बाँकी ३५० कर्मचारिहरु तथा त्यहाँका जनताहरुको निम्ति पनि बिश्वसमुदायलाई प्रार्थनाको अनुरोध गर्नुभएको छ । स्मरण रहोस् फ्र्यांकलिन ग्राहम बिश्वबिख्यात प्रचारक बिल्ली ग्राहमका छोरा हुनुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Sabita Roka Magar
    Aug 22, 2014 at 6:41 am

    amen amen

  2. NepalChurch.com
    Aug 22, 2014 at 9:43 am

    Good News!

  3. Durga Gelang Magar
    Aug 22, 2014 at 10:03 am

    Pravu nai thulo Doctor hunuhunchha

  4. Bhim Rasaily King
    Aug 22, 2014 at 11:42 am

    Amen

  5. Prakash Giri
    Sep 8, 2014 at 1:58 pm

    mark 16;15-18,glory to God

  6. GO ForHarvest
    Sep 18, 2014 at 10:15 am

    Jesus is great healer.

  7. Dinesh Khadka
    Sep 19, 2014 at 1:03 pm

    Praise and Glory be to Jesus

  8. Ram Chandra
    Oct 14, 2014 at 11:09 am

    पर्मेस्वर पितालाइ धन्यवाद ।

  9. Samjhana Naubag
    Oct 14, 2014 at 11:21 am

    Thank jesus christ

Leave a comment