राजधानीको रविभवनस्थित ‘आमाघर’ नामक अनाथाश्रमकी सञ्चालिका दिलशोभा श्रेष्ठ प्रकरणमा पत्रकारले आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

प्रेस काउन्सिल नेपालकोे उच्च स्रोतका अनुसार दिलशोभा प्रकरण छानबिन गर्न गठित समितिको अनुसन्धानबाट पत्रकारले नै ‘पर्याप्त तथ्य संकलन नगरी’ समाचार लेखेको पाइएको हो । ‘पत्रकारले तथ्यबारे स्पष्ट जवाफ दिन सकेका छैनन्,’ काउन्सिल स्रोत भन्छ, ‘सरकारी निकायबाटै आएको तथ्य हो, हामीसँग त्यही प्रमाण छ भनेका छन् ।’

अनाथ बालबालिका र वृद्धाको स्याहार–सुसार गर्दै आएकी दिलशोभाका विषयमा ‘नागरिक’ दैनिकमा गत १४ फागुनमा ‘दिलशोभालाई यौन दूराचार आरोप’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त पत्रिकाले ३ मिनेट ३९ सेकेन्ड लामो टेलिफोन संवादको हवाला दिँदै दिलशोभाले ‘आफ्नो वृद्धाश्रममा रहेकाहरुलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको खुलेको’ भनेर समाचार प्रकाशन गरेको थियो । त्यसलगत्तै त्यहाँका बालबालिकालाई उद्धार गरी अन्यत्र सारिएको थियो ।

उक्त समाचार प्रकाशनपछि दिलशोभाका विषयमा अनेक टीकाटिप्पणी आएकाले प्रेस काउन्सिलले ‘गम्भीर विषय’ भनी फागुन २२ मा छानबिन समिति गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वराजिस्टार डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा गठित समितिमा पत्रकारिता तथा आमसञ्चार विषयका सहप्राध्यापक प्रबलराज पोखरेल र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष शोभा शर्मा सदस्य छन् । Dil-Sobha

व्यक्तिको चरित्र हत्या गर्ने खालका समाचार लेख्दा तथ्यगत प्रमाण पत्रकार तथा सञ्चारमाध्यमसँग हुनुपर्छ । स्रोतले भन्यो, ‘तर, उक्त समाचारमा तथ्यको पुनः पुष्टि हुने गरी अध्ययन नगरी हतारमा समाचार लेखेको पाइएको छ ।’

समितिले पत्रिकाका सम्पादक प्रतीक प्रधान र समाचारदाता केपी ढुंगानासँग समाचारबारे जवाफ मागेको थियो । उनीहरुको जवाफ चित्तबुझ्दो नआएको स्रोतले जनाएको छ । दिलशोभाले भने आफूमाथि लगाइएको आरोप निराधार भएको समितिसँग बताएको जनाइएको छ ।

समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक भइसकेको छैन । उक्त प्रकरण छानबिनको काम सकेर प्रतिवेदन तयारीको अन्तिम चरणमा पुगेको काउन्सिलका उपप्रशासकीय अधिकृत तथा छानबिन समितिका सदस्यसचिव दीपक खनालले बताए । उनका अनुसार दुई साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ ।

छानबिनबाट पत्रकार दोषी प्रमाणित भए समाचारको गम्भीरतालाई पत्रकारको ‘प्रेस पास’ निलम्बनका साथै पत्रिकालाई दिने सरकारी सुविधा कटौतीको कारबाहीसमेत हुन सक्छ । ‘यस समाचारमा पत्रकारको गल्ती ठहरिए सबैभन्दा नरम कारबाही पत्रिकालाई समाचारको खण्डन तथा पीडितसँग क्षमायाचना गर्न लगाउने हो,’ काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्की भन्छन्, ‘अझ गम्भीर भए पत्रकार र सम्पादकको प्रेस पास निलम्बनको  सिफारिस र पत्रिकालाई दिने सुविधा कटौतीको लागि सरकारलाई सिफारिस गर्न सक्छौं ।’

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Bj Bhulan
    Apr 22, 2014 at 5:23 am

    Yes!!!!

  2. Minma Vai
    Apr 22, 2014 at 8:10 am

    right

  3. Suman Rai
    Apr 22, 2014 at 12:44 pm

    khusi lagyo dishova nirdos raheki khabar le!

  4. Santosh Gurung
    Apr 22, 2014 at 2:14 pm

    yes

  5. Buddi Man Tamang
    Apr 22, 2014 at 3:27 pm

    Press house and journalist should also made responsible for such a deplorable act.

  6. उराश राई
    Apr 22, 2014 at 3:57 pm

    good

  7. Shakuntala Thanju
    Apr 23, 2014 at 10:57 am

    God is in control.

  8. Balsher Rai Hangbang
    Apr 23, 2014 at 2:38 pm

    त्यो पत्रकारलाई जरिवना सहित सजाए गरिनु पर्छ .

  9. Sunita Khadka
    Apr 23, 2014 at 2:48 pm

    God is Love

  10. Pralhad Rai Pralhad
    Apr 23, 2014 at 3:09 pm

    २०बर्ख कोइद हुनुपर्छ यो पत्र कार लाई

  11. G.m. Electricals Ghorahi Dang
    Apr 23, 2014 at 3:44 pm

    पत्रकारलाई कारवाही र दिलशोभालाई क्षतिपुर्ति दिनु पर्दछ ।

  12. Umesh Paneru
    Apr 23, 2014 at 3:46 pm

    दोषी पत्रकारलाई कामकारबाही गर्नु पर्छ।

  13. Ram Sah
    Apr 24, 2014 at 9:30 am

    truth always wins

  14. Sarad Kc
    Apr 24, 2014 at 11:24 am

    चरित्रहत्या हत्या भन्दा पनि बढि दण्डनिय हुनुपर्छ । यसकारण यस्ता भूई फुटुवा पत्रकारको अनुमति पत्र खारेज गरी अन्य सख्त कारबाई गरी पत्रकारिताको नैतिकतालाई जोगाउनु आवश्यक देखिन्छ ।

  15. Sarad Kc
    Apr 24, 2014 at 11:26 am

    God is love but He is just also.

  16. खोटांगलाइ मायागर्ने मान्छे
    Apr 25, 2014 at 3:00 am

    अन्तत हामीले जे सोचेका थियौ त्यही भयो दिलसोभा श्रेष्ठमाथि लागेको आरोपमा पत्रकारको गल्ति ………. हे मित्र पत्रकार हावाको भरमा समाचार सम्प्रेषण गरेर सबैलाई अलपत्र नबनाउन यार ..त्यो समाचारले तिम्रो बैंक ब्यालेन्स बढ्यो होला … २- ४ छाक मासु भात अनि रक्सि पनि खायोउ होला कति आनन्दले निद्रा लाग्यो होला हगि तिम्लाई ? एक पल्ट विचार गर त यदि दिल सोभालाई लगाएको आरोप तिम्री आमालाइ लगाउदा तिम्लाई कस्तो हुन्छ ? अपुष्ट समाचार दिएर कतै तिमि पनि नायक बन्न खोजेका त हैनौ नि ? अब देखि तेसो नगर है पत्रकार बाबु ? नत्र तिमि फेरी न घर को न घाटको नि हुन सक्छौ ………..

  17. Puja Upadhayay
    Apr 25, 2014 at 3:04 am

    Ma sarai khushi bhaye, yo khabar padhera.

  18. Tej Rai
    Apr 25, 2014 at 5:59 am

    तपाई हरु ले लेखिएको जरिवाना र सजाय के यो सजाय ले भोलि फेरि तेस्तो पत्रकार बट नहोला भन्न सकिन्न

  19. Pramesh Dangol
    Apr 25, 2014 at 8:21 am

    k yehi ho patrakarita? Dhikkar chha. Yesto jhutho news lekhne patrakar lai ali gatilo sajaya chhaina?

  20. Sitaram Bhatta
    Apr 25, 2014 at 8:54 am

    चरित्रहत्या हत्या भन्दा पनि बढि दण्डनिय हुनुपर्छ । phasi die pani hun6 ghadha lai….

  21. James Kumar Budha
    Apr 25, 2014 at 8:33 pm

    prabhu hamro parmeswar Mahan hunu hunch

  22. Goshen Thapamagar
    Apr 26, 2014 at 2:47 am

    It is time to thank God for his help towards upright.
    I am delighted to know this news becoz Dilshobha aunty got good judgement.
    Now the time is forgiveness and give chance to be correct and self realisation becoz Err is human but forgiveness is divine.

  23. Bidur Adhikari
    Apr 30, 2014 at 10:16 am

    Absolutely. That should be a sobering reminder to us when we start fretting over issue and feel like defending ourselves. Yet, appropriate vindication is not prohibited, if only to make the accusing party more responsible.

Leave a comment