जगदीश पोखरेल 

पछिल्ला केहि दिनहरुमा नेपालका संचारमाध्यम तथा सामाजिक संजालहरु एउटा बिल्कुलै नौलो प्रसंगले भरिए । कोहि कसैले अनुमान पनि नगरेको, असामान्य बिषयबस्तु झट्टै प्रकाशमा आउँदा नेपाली जनमानस एकाएक तरंगित हुन पुग्यो। आधारहीन कुराहरुलाई जोडजाम गरेर एकजना सामाजिक सेवामा तल्लिन व्यक्तिको चरित्र हत्या गर्न यस समाजका कतिपय बुद्दिजिवि भनाउँदाहरु हात धोएरै लागिपरे ।

दिलशोभा श्रेष्ठ, तिनै व्यक्ति हुन् जससंग समाजसेवामा लाग्नु अघि नै काठमाडौंमा निजि घर थियो, राम्रो चल्दै गरेको ब्यापार पनि थियो । सम्भबत: उतिबेला नेपाली समाजमा आर्थिक रुपले सबलहरुको सुचिमा पर्थिन उनी । निश्चय नै पैसा कमाउने उद्देश्यले सेवाको काममा लागिनन दिलशोभा ! यदि त्यसो हुँदो हो त दिलशोभा श्रेष्ठ भन्ने नाम बर्षौंसम्म पर्दा पछाडिको नाम हुने थिएन । स्मरण रहोस केहि बर्ष अघि सम्म पनि उनलाई प्रायले चिन्दैनथे । उनले सामाजिक सेवाको नाममा डलरको खेति गरिनन्, नता मानवताभन्दा माथि औपचारिकतालाई नै कहिल्यै राखिन् । अनर्थ नलागोस; मानवता भन्ने कुरा देशको संबिधान भन्दा पनि माथिको कुरा हो ।

दिलशोभालाई कयौं आरोपहरु लगाइए, कति लगभग अप्रमाणित भैसके त कति छानबिनको चरणमा छन् । उनलाई लगाइएका आरोपहरुको बिस्तृत अध्ययन गर्ने हो भने यी सबै घटनाक्रमहरु उनीमाथि रचिएको नियोजित जाल हुन् भनेर बुझ्न जो कसैलाई पनि कठिन पर्दैन । हुनसक्छ, सामान्य मानविय कमजोरीहरु दिलशोभाबाट भए होलान पनि, त्यसलाई ठाडै नकार्न मिल्दैन । तर जुन प्रकारले उनलाई गम्भीर अपराधिका रूपमा चित्रण गर्ने काम भयो त्यो निन्दनीय छ ।Dil-Sobha

बाइबल धर्मशास्त्रको एउटा प्रसंग उल्लेख गर्न चाहें । समाजको नजरमा र तात्कालिन व्यबस्थाको नजरमा गलत काम गरेकी एउटी ब्याभिचारिणी स्त्रीलाई येशू ख्रीष्टको अगाडी उपस्थित गराइन्छ; र सोधिन्छ कि यसलाई के गर्ने? ब्यबस्थामा त यसप्रकारको मान्छेलाई ढुंगाले हानेर मार्नु भनेर लेखिएको छ ।  तब येशूले जवाफ दिनुहुन्छ: ठिकै छ, ब्यबस्था बमोजिम तिमीहरुले ढुंगाले नै हान तर पहिलो ढुंगा त्यसले हानोस्, जसले  आजसम्म एउटा पनि पाप गरेको छैन ।  आफुंलाई आजसम्म पाप नै नगरेको भनेर देखाउने हिम्मत त्यहाँ उपस्थित कसैले गरेनन् र तिनीहरु सबै फर्केर गए ।

हुनसक्छ; दिलशोभाले उचित ब्यबस्थापनमा बालबालिका राख्न सकिनन् होला, कानुन अनुसार दर्ता गरेर चलाइनन होला, तर दिलशोभालाई औंला ठड्याउदै गर्दा ति कर्मचारीहरुले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ कि पर्दैन ? के उनीहरुमा दिलशोभाको नैतिकतामाथि प्रश्न उठाउने नैतिक हैसियत छ?  सेतोपाटी खबरसाइटको पछिल्लो रिपोर्टिंगमा आमाघरको विधान संशोधनमा बालगृहको अनुमति थप गर्ने मस्यौदाको पाना संस्था दर्ता शाखाका कर्मचारीले च्यातेरै फ्याँकिदिएको कुरा उल्लेख छ ।  सेवाग्राहीको कागजपत्र च्यातेर फ्याँक्ने अधिकार चाहिं कसले दियो ति कर्मचारीहरुलाई ? अहिले आएर संस्था दर्ताको बखेडा झिक्ने केन्द्रिय बालकल्याण समितिहरुले उतिबेला किन आफैंले पत्र लेखेर बच्चा ग्रहण गर्न आग्रह गरेको? यदि दिलशोभाले बालबच्चा पाल्नु अबैधानिक थियो भने किन उनीहरुले त्यतिबेला एउटा अबैधानिक संस्थालाई बैधानिक रुपमा पत्र लेखेको? दुनिंयालाई थाहा थियो कि आमाघरमा बृद्दबृद्दा मात्रै छैनन्, बालबालिका पनि छन् । त्यसैअनुसार समाज कल्याण परिषदले पनि “नि:सहाय जेष्ठ नागरिक तथा असहाय बालबालिकाहरुको संरक्षण, सम्मान र ब्यबस्थापनको क्षेत्रमा योगदान पुर्याए बापत तपाईं श्री दिलशोभा श्रेष्ठ, काठमाडौंलाई बिक्रम सम्बत २०६९ सालको समाजसेवा पुरस्कार स-सम्मान प्रदान गरिएको छ ।” भन्ने व्यहोराको सम्मानपत्र प्रदान गरेको थियो।

यदि अबैधानिक नै भएको भए उतिबेला पत्र नलेख्नुपर्ने, अबैधानिक संस्थामा बालबालिका नपठाउनुपर्ने, समाज कल्याण परिषदले पनि बालबालिका पालेको व्यहोरा समेत खुलाएर सम्मान पत्र प्रदान नगर्नुपर्ने; होइन र? दिलशोभालाई संस्था दर्ता गर्नुस, बालबालिकाहरुलाई उचित सेवासुविधा दिएर पाल्नुस भनेर एकपटक पनि लिखित रुपमा किन सचेत गराइएन ? के यी प्रश्नहरुको जवाफ छ बालकल्याण समिति अनि जिल्ला प्रशासनसंग ? यदि यो कसैको निर्देशनमा मन्चन भएको नाटक हुँदैनथ्यो भने पहिले आफैंले पत्र लेखेर बच्चा पठाएको संस्था अहिले आएर अबैधानिक बन्थ्यो होला त?

बालगृहले मापदण्ड पूरा नगरेको आरोप पनि लगाइएको छ । त्यहाँका कतिपय बालबालिकाहरु दिलशोभासँग सन्तुष्ट नरहेको कुरा पनि सुन्नमा आयो । आफ्नो बाबुआमासँग बसेको एक्लो सन्तान सधैं बाबुआमासँग सन्तुष्ट नरहन पनि सक्छ, बाबुआमाका कति कुरा उसलाई वाक्क लाग्न पनि सक्छन भने एकै ठाउँमा त्यत्तिका बालबच्चा राखेर सबैलाई सन्तुष्ट गराउन नसक्नुमा दिलशोभाको ठुलो गल्ति छ भनेर भन्न चाहिं मिल्दैन ।

हजारौंको संख्यामा बालबालिकाहरु सडकमा छन्, उनीहरुको खाने, बस्ने, खेल्ने, काम गर्ने जे भनेपनि त्यहि सडक नै हो । उनीहरु बैसाख जेठको गर्मि, असार साउनको झरीदेखि पुष माघको जाडोसम्म पनि सडकमै रात बिताउछन । उनीहरुको कुनै वास्ता नगरिकन सिधै आमाघरबाट बच्चा उद्दार गर्नुले के जनाउँछ ? यसको मतलव सडकका ति बालबालिकाहरुले चाहिं मापदण्ड अनुसारकै जीवन जिएका छन् भन्ने हो? कि यो देशमा सडक बालबालिकाहरु पनि छन् भन्ने कुरा थाहा छैन बालकल्याण समितिलाई ? सरकारी निकायले बालबालिका लगेको कुरालाई  उद्दार भन्ने शब्द प्रयोग गर्दा निश्चय नै दिलशोभाको अपमान हुन्छ, वास्तवमा यो उद्दार नभएर अपहरण भनिनयोग्य काम हो ।

यदि सरकारी निकायको नियत खराव थिएन भने मापदण्डको कुरा उठाएर बच्चा लिएर जानुभन्दा त्यहाँका बालबच्चाहरुको हेरचाह र ब्यबस्थापनमा सहयोगी भूमिका खेल्नुपर्ने थिएन र? तर उल्टै किन कुनै बिशेष आधार बिना नै लैजाने काम गरियो? यसबाट पनि प्रमाणित हुन्छ कि उनीहरुका ति गतिविधिहरु कोहिकसैबाट निर्देशित थिए । यस घटनामा मुछिएका सरकारी कर्मचारिहरु र पर्दापछाडिका अरु व्यक्तिहरुले आफ्नो भ्रष्ट छबि प्रकट गरेको स्पष्ट देख्न सकिन्छ ।

सबैभन्दा जटिल बिषय यौनदुराचारको रह्यो । प्राप्त गरेको अडियो टेपको आधारमा सरकारी निकाय छानबिनमा जुट्यो; छानबिन किन गर्यो भनेर हामीले प्रश्न उठाउन मिल्दैन । छानबिन गर्नु आफैंमा गलत कुरा होइन तर जुन प्रकारले प्रमाणित नहुँदै हचुवाको तालमा राष्ट्रिय दैनिक पत्रिकामा मुख्य पृष्ठको मुख्य समाचारको रुपमा यो खबर छापियो, त्यो भत्सर्नायोग्य छ ।

जुवा खेल्ने जुवाडेले के सोच्छ? दाउ लाग्यो भने धेरै कमाउँला, लागेन भने आफ्नो पनि जाला! सबै जुवाडेले यहि सोचेर जुवा खेल्छन । उसले पैसा जित्छ वा हार्छ भन्ने उसलाई थाहा हुँदैन । त्यसरी नै कतिपय नेपाली पत्रकारहरुमा पनि जुवाडे पत्रकारिता हाबी हुँदै गएको देखिन्छ । समाचारको बिश्वसनियता र घटनाक्रमको गाम्भीर्यताको कुनै ख्याल नगरिकन खबर सहि भए नाम कमाउला, नत्र ठिकै छ नै भन्ने हिसावले नागरिक दैनिकका पत्रकारले दिलशोभालाई यौन दुराचारको आरोप सहितको समाचार लेखे । यौन दुराचार जस्तो गम्भीर आरोप लगाउनु अघि एकपटक सम्बन्धित आरोपितको राय बुझ्ने फुर्सद पाएनन उनीहरुले । जुवाडे पाराले मत्त हुँदै भोलिको बारेमा कुनै  ख्याल नगरिकन  अन्धाधुन्द दौडे, चर्चित पत्रकार बन्ने धुनमा । तर तिनलाई के थाहा पत्रिका निस्केको केहि घन्टामै तिनले जुवा हार्नेछन र नाम बेचेर बद्नाम कमाउनेछन ।

हावा नचली कहाँ पात हल्लिन्छ र? भन्ने खालको अभिव्यक्ति पनि कतिपयबाट आयो । कुरो ठिकै पनि हो, हावा नचली पात त हल्लिदैन । सामान्य अवस्थामा नियम यहि नै हो । तर सधै पात हल्लिनलाई हावा चल्न नै पर्छ भन्ने पनि छैन, कहिले कहिले बाँदरहरु आउछन र पात मात्रै होइन हाँगासमेत हल्लाईदिन्छन । अहिले भएको त्यहि नै हो, दिलशोभा प्रकरण हावा चलेर हल्लिएको  होइन, बाँदरहरुले हल्लाएको मात्रै हो ।

बनाउन पो शीप  चाहिन्छ, कठिन मेहनत चाहिन्छ, भत्काउनलाई केको शीप  केको मेहनत? बर्षौं बर्षको कठिन त्याग र मेहनतले आर्जित भएको दिलशोभा श्रेष्ठको चरित्र क्षणभरमै ध्वस्त पार्ने प्रयास भएको छ । यो कस्तो देश हो? जहाँ हत्यारा प्रमाणित भएर अदालतले सर्वस्वसहित जन्मकैद सुनाएकाहरु खुलेआम हर्षित मुद्रामा भेटिन्छन, भ्रस्टाचारको केसमा जेल परेर निस्केकाहरु ठुलै जित हाँसिल गरेझैं गरि बडेमानको माला लगाउछन, नामी कालोबजारिहरु प्रतिष्ठित ब्यापारी कहलाइन्छन अनि दिलशोभाहरु चाहिं गहभरि आँसु लिएर बाँच्न बिबस हुन्छन । के यहि हो यहाँको न्याय? दिलशोभामाथि चाडैं उचित न्याय होस् र अब उप्रान्त अर्को कुनै दिलशोभाले यो अवस्था भोग्नु नपरोस्, यहि मेरो प्रार्थना छ  ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Jay Gotame
    Mar 4, 2014 at 12:04 pm

    खुशी लाग्यो खबर दैनिकको यो समाचार पढेर निस्पक्छ आवज उथाइ दिनु भयको रहेछ ।सबैलाई राम्रै सँग थाहा भयको कुरा हो यो नगरिक दैनिक को कान्तिपुर सँगको जुवारी हो ।
    अचम्मित् छ हम्रो देशको कनुन् पनि? के आब ति पत्रकारकारहरु सङ्ग पत्रकरिता को बिसयम बोल्ने नैतिक अधिकार् रहला त?के यस्तै हो रस्तको छौथो आङगको काम्?

  2. Sasmita Rai
    Mar 4, 2014 at 1:03 pm

    Aaja dilsobha haru jastae ko lage kalam chalaenu nae parxa navaye desh ma anaitikbaadi haru le saasan garnexan..

  3. Sitaram Shrestha
    Mar 4, 2014 at 2:59 pm

    Thank you for comment. Dilshova is really innocent she should get right Judgement.

  4. Kirant Mina Bantawa
    Mar 4, 2014 at 3:32 pm

    आमाको इज्यतमा मानहानी गर्ने हतोत्साही गर्ने इज्यत बलात्कारी पत्रकारहरु सम्पादकहरु मुर्दाबाद यिनीहरुलाई गृहले अदालती कारवाही गर्नु हुनु पर्छ अहिले अरु साधारण गरिब निमुखा भए कथाल्लोमा रमेश खरेलले नै समातेर आज गरिब निर्धो भाको भय यत्ति गर्दा मुदा लागि सक्त्यो तर करोड पतिको मालिक बन्नु खोज्नेहरु यिनेर्मा किन केहि भाको छैन ? गरेन भने त्यही जनताले खुट्टाको जुत्ताले गर्नु कारवाही….एक महिलाको इज्यतमा धावा खेल्ने महिला दुरा चरी आमाको धोव्जा उदाउने दुराचारी ति बालकहरु तुरुन्त आमाको काखमा फिर्ता हुनु पर्छ र तिनेर्ले आमा संग माफी माग्नु पर्छ र आमा घरको बल बालिका खोस्नु मानव अधिकार हनन हो उदार हैन किन कि आम्म्ले पाली राखेको थियो मरेको थियन हिजो साल र नाल संगै कत्ति र्र्याल र सिगन संग त्यस बेलामा ओथारो पर्ने आमा त्यो बच्छ फिर्ता सहित माफी सहित त्यहाँको अपुग र कमि पुरा गरि सोहि ठाउमा फित्र हुनु पर्छ नत्र ……

  5. Maya Sunuwar
    Mar 4, 2014 at 3:35 pm

    समाजसेवी दिलशोभाले अफनै घरलाई आमा घर बनाइ, अफनै जन्माको छोराले पाल्ना नसकेर सडकमा फालेका आमा र बच्चाहरु लाई आस्श्रय दिइन,तिनिहरुलाई दुई छाक्क खुवाउन र लाउन दिन कहिलेइ हात फैलाएर हिडिनन…..दुखिको ईस्वर दाहिने हुन्छ रे दिने दाताको हात माथि र दिलशोभाको हात जहिले पनि तल थापेर ति आमा र बच्चाहरु लाई खुलाउन पिलाउन सेवामा तल्लिन रहेकी एक होनाहार समाजसेवीका माथि हाल बदनामिको आनाहाकले आँसुमा डुब्दा सबै पत्रकार मिडिया देखी पब्लिकसम्मा ताली पड्काउन ब्यास्त छान, बाँदर लाई लिस्नो पाए पछी के चाहियो र उकालो त चाडने नै भयो आफ्नो घर पनि बनाउदैन अरुको पनि भात्काउछ भनेको यही हो। हामी सबैले प्राथाना गरौ उहाँको निस्वार्थ सेवा र अस्मितामा कुनै दाग नलागेको साबित होस्।

  6. Santosh Gurung
    Mar 4, 2014 at 3:41 pm

    DOSILAI KARBAHI HUNU PARXA
    DILSOBHA JASTO MANXE LAI DOSI LGAUNU MILDAINA……

  7. Chamling Rezina
    Mar 4, 2014 at 7:15 pm

    Good news 4 us Amen

  8. Binod Sen Thakuri
    Mar 4, 2014 at 11:09 pm

    भ्रष्ट कर्मचारीतन्त्र र जुवाडे पत्रकारिता जुवा खेल्ने जुवाडेले के सोच्छ? दाउ लाग्यो भने धेरै कमाउँला, लागेन भने आफ्नो पनि जाला! सबै जुवाडेले यहि सोचेर जुवा खेल्छन । उसले पैसा जित्छ वा हार्छ भन्ने उसलाई थाहा हुँदैन । त्यसरी नै कतिपय नेपाली पत्रकारहरुमा पनि जुवाडे पत्रकारिता हाबी हुँदै गएको देखिन्छ । समाचारको बिश्वसनियता र घटनाक्रमको गाम्भीर्यताको कुनै ख्याल नगरिकन खबर सहि भए नाम कमाउला, नत्र ठिकै छ नै भन्ने हिसावले नागरिक दैनिकका पत्रकारले दिलशोभालाई यौन दुराचारको आरोप सहितको समाचार लेखे । यौन दुराचार जस्तो गम्भीर आरोप लगाउनु अघि एकपटक सम्बन्धित आरोपितको राय बुझ्ने फुर्सद पाएनन उनीहरुले । जुवाडे पाराले मत्त हुँदै भोलिको बारेमा कुनै ख्याल गरेनन र अन्धाधुन्द दौडे, चर्चित पत्रकार बन्ने धुनमा । तर तिनलाई के थाहा पत्रिका निस्केको केहि घन्टामै तिनले जुवा हार्नेछन र नाम बेचेर बद्नाम कमाउनेछन । Thank You Jagadish Bhai for your nice compliment.

  9. Genis Rai
    Mar 5, 2014 at 3:46 am

    juwade pani Hoina kalangka nai sabit hudai chha media nepalma

  10. Ruth Shahi Thakuri
    Mar 5, 2014 at 4:49 am

    ho hai yo line ekdam ramro ra sahi chha !!

  11. Genis Rai
    Mar 5, 2014 at 4:50 am

    हाम्रो देस मा चाही मेडिया त चैाथो कलङ्क पो रहेछ हा हा हा हा

  12. Genis Rai
    Mar 5, 2014 at 4:51 am

    हाम्रो देस मा चाही मेडिया त चैाथो कलङ्क पो रहेछ हा हा हा हा

  13. Genis Rai
    Mar 5, 2014 at 4:58 am

    हाम्रो देस मा चाही मेडिया त चैाथो कलङ्क पो रहेछ हा हा हा हा, सिब रात्रीमा भारतीय नांगै हिड्ने जोगी जस्तै रहेछ लाज सरम पचेको हरु

  14. Genis Rai
    Mar 5, 2014 at 5:41 am

    हाम्रो देस मा चाही मेडिया त चैाथो कलङ्क पो रहेछ. सिब रात्रीमा भारतीय नांगै हिड्ने जोगी जस्तै रहेछ लाज सरम पचेको हरु .
    तेसैले अब राम्रो मान्छे हरु देस बचौना को लागि मेडिया र राजनेति मा आउनु नै पर्ने भयो. किन भने राजनेति फोहोरी खेल भनेको कारण ले जम्मै राम्रो मान्छे जति यो खेल बाट हटेर गय अनि जो जो पोहोरी कामै नलाग्ने रोगि बुडा हरु जति ये हामी फोहोरी मान्छे जतिको जाने ठाउँ त यहापो रहेछ भन्दै जम्मै फोहोरी मान्छे जति राजनेति मा गयको कारण ले आज फोहोरिले सासन गरेको देस को हालत कस्त्यो भयो जम्मै नेपालीलाई थाहा भयको कुरा हो . राजनेति आफैमा राम्रो नराम्रो होइन कुनै पनि दर्सन भन्दा सक्तिसाली मान्छे हुने भयको कारण ले राम्रो मान्छे को हातमा परो भने नराम्रो दर्सन लाई पनि राम्रो बनौन सक्छ तेस्तै जतिनै राम्रो दर्सन बेबस्था पनि नराम्रो मान्छे को हातमा परो भने तेस्ले नराम्रो बनौछा . नेपालको लोकतन्त्र गणतन्त्र आफैमा नराम्रो होइन सारै राम्रो बेबस्था हो तर गलत फोहोरी मान्छे को हातमा परेको कारण ले सारै फोहोरी घिन लाग्दो बनाइ सको तेसैले अब राम्रो मान्छे ले राजनेति र मेडिया लाई हस्तछेप गर्ने दिन आइ सको . मिडिया लाई चाई किन हस्तछेप गर्नु पारो एसको कारण धेरै छ छोटकरीमा भन्नु पर्दा नेपालको मिडिया ले जम्मा ३ कुरा मात्र हेरे . सिनेमा , राजनेति र सामाजिक अपराध बाकी हजारौ राम्रा देस बिकास को कुरा मा चाई उनीहरुको आखा मा पट्टि बधियाको कारण ले देखेन र बाहिर राम्रो कुरा लेउन सकेन तेसैले अब यो २ कुरा मा राम्रो मान्छे ले चाडो भन्दा चाडो हस्तछेप गर्न ढिलो गर्नु हुदैन.

  15. Genis Rai
    Mar 5, 2014 at 5:42 am

    हाम्रो देस मा चाही मेडिया त चैाथो कलङ्क पो रहेछ. सिब रात्रीमा भारतीय नांगै हिड्ने जोगी जस्तै रहेछ लाज सरम पचेको हरु .
    तेसैले अब राम्रो मान्छे हरु देस बचौना को लागि मेडिया र राजनेति मा आउनु नै पर्ने भयो. किन भने राजनेति फोहोरी खेल भनेको कारण ले जम्मै राम्रो मान्छे जति यो खेल बाट हटेर गय अनि जो जो पोहोरी कामै नलाग्ने रोगि बुडा हरु जति ये हामी फोहोरी मान्छे जतिको जाने ठाउँ त यहापो रहेछ भन्दै जम्मै फोहोरी मान्छे जति राजनेति मा गयको कारण ले आज फोहोरिले सासन गरेको देस को हालत कस्त्यो भयो जम्मै नेपालीलाई थाहा भयको कुरा हो . राजनेति आफैमा राम्रो नराम्रो होइन कुनै पनि दर्सन भन्दा सक्तिसाली मान्छे हुने भयको कारण ले राम्रो मान्छे को हातमा परो भने नराम्रो दर्सन लाई पनि राम्रो बनौन सक्छ तेस्तै जतिनै राम्रो दर्सन बेबस्था पनि नराम्रो मान्छे को हातमा परो भने तेस्ले नराम्रो बनौछा . नेपालको लोकतन्त्र गणतन्त्र आफैमा नराम्रो होइन सारै राम्रो बेबस्था हो तर गलत फोहोरी मान्छे को हातमा परेको कारण ले सारै फोहोरी घिन लाग्दो बनाइ सको तेसैले अब राम्रो मान्छे ले राजनेति र मेडिया लाई हस्तछेप गर्ने दिन आइ सको . मिडिया लाई चाई किन हस्तछेप गर्नु पारो एसको कारण धेरै छ छोटकरीमा भन्नु पर्दा नेपालको मिडिया ले जम्मा ३ कुरा मात्र हेरे . सिनेमा , राजनेति र सामाजिक अपराध बाकी हजारौ राम्रा देस बिकास को कुरा मा चाई उनीहरुको आखा मा पट्टि बधियाको कारण ले देखेन र बाहिर राम्रो कुरा लेउन सकेन तेसैले अब यो २ कुरा मा राम्रो मान्छे ले चाडो भन्दा चाडो हस्तछेप गर्न ढिलो गर्नु हुदैन.

  16. Aita Thapa
    Mar 5, 2014 at 6:21 am

    ma e-jat garchu dainiki khabar lai Dillsov didi lai nyaye chaincha.galat parchar garne jo sukai la mafi.

  17. Phur-Jangbu Hyolmo
    Mar 5, 2014 at 6:25 am

    Jaba samma manisko soch sakaratmak hundaina taba samma yo desh pariwartan huna sakdaina, hernuhos yeuta samajsebiko mullyangkan kasari gardarahe6 yo deshko kehi pattarakarharu ra kalyankari sansasthaharule.

  18. Kumar Frmgod
    Mar 5, 2014 at 7:24 am

    yastai xa yo des ma ramero kam garne kailay takdina kunai na kunai galte vo vandai vandafor hunxa na ranero kam garne ko taref hunxa .kharabe garneko nai jay vako xa aaba Nepal ma ''jay kharabe ''vane nara laguna matra bake xa .

  19. Purja Karan
    Mar 5, 2014 at 8:49 am

    ramro kam garne lae nepal ma khhutta tanne banimsarae na ramro dukhha lakxa

  20. Binaya Kumar Rajbhandari
    Mar 5, 2014 at 9:25 am

    Bal bachha paleko standard pugena bhanne haru le Ratna park Police station jaha dainik hajarau le police report bana una line ma baschhan tehi ko Akase pool muni here pugchha? K teha basne bal balika ko uddar garnu pardaina… mapadanda pugena bhanera ..mapdanda pugeko sastha le uthaunu pardaina. SSP Kharel pani sayad yada yada tyo bato hedthe hola.. unale tyo chain dekhenan? Nakkai kumni kalo dhabba bhaneko yehi hoinan ra. khai pai ayeka bal balika ko uddar gareko hoina APAHARAN HO yo. Uddar garne bhaya uni haru lai garnu parthiyo. Tadha kina jane Kharel sir ko office ko side ma nai here hunchha ni kati balak balika tyo chiso ma chatpatai raat kati rahechhan Kasthamandap, Ganeshsthan, Indrachok Makahn galli haru ma. New road tira ta akha pakkai pugya hola? Uniharu ko uddar kasle garne ni.. khana kasle dineni.. luga kasle puryaune ni ani nuhai dene kasle… Tapai thula thalu ko gharma nokar rakheko bal balika lai chain standard wa mapdanda nachahine.
    AFNO AANGA MA BHAISI NADEKHNE ANI ARU KO AANGA MA JUMRA DEKHNE HARU!!!!

  21. Manoj Tmz
    Mar 5, 2014 at 11:00 am

    bhrasta karmacharitantra ra juwade patrakarle samaj ka ramro bebti ko charitra lai hatya gardai aafno bebtigaat swarthaka nimti khuleaam uparadh garirahada desh ka sambandhit nikaya maun xa.

  22. Gautam Bimala
    Mar 5, 2014 at 11:04 am

    दिलशोभामाथि चाडैं उचित न्याय होस् ।

  23. Bimala Rai
    Mar 5, 2014 at 11:26 am

    पहिला त अरु लाई यौन दुरचार भन्दै समाचार लेखन पछी परेनन अहिले त आफै पो हतोत्साही गर्ने बलात्कारी पत्रकार सम्पादक सबित हुँदैछन छि छि छि,,,,,

  24. Prakash Baniya
    Mar 5, 2014 at 11:59 am

    thanx jagadis ji…..

  25. Ganesh Chhetri
    Mar 5, 2014 at 12:31 pm

    नेपाल मा यस्तो राम्रो काम गर्ने लाई पछाडि पर्ने घुस्या पत्रकार हरु भएर नै देश पछाडि परको !! शायद दिलशोव जस्तो नेपाली आमा को बेजीत गर्न पत्रकार ले गोजी टन्न भरको छ ! यस् ता लाई राज्य को चैथो अङ !!!!

  26. Ratna Sharma
    Mar 5, 2014 at 1:23 pm

    राम्रो लेख्नु भएकोमा धेरै धन्यवाद . कोही ता पछाडि अवस्य नै लागेको स्पस्ट बुझिन्छ. टेस्को पर्दाफास होस

  27. Laxmi Prasai
    Mar 5, 2014 at 2:06 pm

    Ama ghar ki dilsova di jiu ko jaye hosss

  28. Milan Daa
    Mar 5, 2014 at 3:23 pm

    Satile sarape ko mulukma ramora dekhana garo hun6

  29. Yubaraj Pokharel
    Mar 5, 2014 at 5:01 pm

    हुनसक्छ; दिलशोभाले उचित ब्यबस्थापनमा बालबालिका राख्न सकिनन् होला, कानुन अनुसार दर्ता गरेर चलाइनन होला, तर दिलशोभालाई औंला ठड्याउदै गर्दा ति कर्मचारीहरुले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ कि पर्दैन ? के उनीहरुमा दिलशोभाको नैतिकतामाथि प्रश्न उठाउने नैतिक हैसियत छ? – like…………………

  30. Priya Kc
    Mar 5, 2014 at 6:59 pm

    Tapaiko Bislesan thik ho Parda pachhadi thulai shakti lageko chha kathit chhanbin prakriyalai pani ti parda pachhadi basneharule prabhabit naparlan bhanna sakinna tara tapai hamiharule tiniharulai squint garna Jaruru chhai hai………

  31. Deppa Chhetri
    Mar 5, 2014 at 7:36 pm

    niswrth sava , tega r balidan ko artha thaha nabaka laa matr aaru lae sajilae doslagaucha yoy zuta aarob ho.God bless her yo kurazuta sabthos .Help God for Dilsova please .

  32. प्रमु मुखीया
    Mar 5, 2014 at 8:05 pm

    God will give her justice . We have to wait and watch .

  33. Tanka B. Gurung
    Mar 5, 2014 at 8:54 pm

    sosak samanti harule aafno galti bata bachnako lagi antim asra ko rupma dharmalai samaj sewa sanga jodna khojdaichhan,teso garnu hunna,samaj sewama unle ke galti garin ra unko bachhaharu apaharanma paryo?tesko ramro chanbin hunupardacha. esari nirdos aamalai ruwaunu sarkarko thulo vul ho, unko bacha unle nisart firta paunu parcha.

  34. Bhalaman Magar
    Mar 5, 2014 at 10:02 pm

    अब पत्रकारहरुलाई कसरि विस्वास गर्नेहाेला?सम्पुर्ण पत्रकार जगतलाईनै खल्बल्याउने यस्ता पत्रकारलाई अब सच्चा पत्रकारले के गर्लान्त?हेराै अबकाे दिनले बताउदै जानेछ ।

  35. Laxmi Kandel
    Mar 6, 2014 at 12:23 am

    aja gharma basaka balbaleka ko udar gara bhanara tholo sor banaunu bhanda jo sadaka ma rachaka balbalekako udar garos ane dil shova ko ama ghar chanben garnu

  36. Atit B Mohan
    Mar 6, 2014 at 3:11 am

    अहिले जति ले पनि दिलशोभा को समाचार पढ्दै छनवा निहालेका छनत्यी सबै लाई छानबिन पछि को नतिजा को पर्खाईछछानबिन पछि यदि दिलशोभा दोषि बताएदिलशोभा लाई थुक्ने हजार होलानयदि निर्दोष भएसमाचार लेखेर बदनाम गर्ने पत्रकार र पत्रिका लाईथुक्ने लाखौ होलानबिस्तारै सबै कुरा फेरी हराउछतर समाजिक समस्या को समाधान हुने बाला छैनभोलि अर्को समस्यालिले जन्म लिन्छकिन कि हाम्रो देश मा समस्या को जननी नैसरकार र सरकारी सिस्टम होजुन सुकै समस्या लाई हेर्ने हो भने सरकार को चरमलापरबाह र नालायकी पन देखिन्छपहिले वास्ता नगरेर समस्या लाई हुरकिन दिन्छपछि समस्या पहाड बने पछिनौटकि सुरु गर्छकेहि बर्ष अगाडी युनिटि लाईफ कोकान्ड लाई हेरौ युनिटी लाईफ कोजन्म हुदा त्यस को न्वारान मा पहिलोकाटटो खाने सरकार नै थियोमन्त्री हरु संम ले युनिटी को गुणगाण गाएरजय जय कार गरेजब लाखौ जनताको पैसा लुटि सक्यो अनित्यही काट्टो खाने सरकार लेयुनिटी का ठेकेदार हरु को घाँटी थिचे जस्तोनाटक गर्योलाखौ जनताको पैसा केहि दिन को समाचार पछिखोला मा बगयोजनता लुटिएको लुटियै भए आज युनिटी लाईफको कान्ड एका देशको कथा भएको छजस्लाई नत कसैले सुन्छ नत कसैले सुनाउछ…….आज आएर दिलशोभा को कान्ड मचाएरनाटक गर्दै छमापदन्ड पुगेन रे दर्ता भएको छैन रे ..कुरा सुन्दा पनि कन्सिरि तातेर आउछमापदन्ड नपुगेको दर्ता नभएकोदिलशोभा को आमा घर यत्रो बर्ष चलुन जेल केहेरेको थियो सरकार ले ?किन दर्ता नगरी चलाउन दियो ?के दिलशोभा ले जङगल को बिच मा संचालनगरेकी थिईन आमाघर ? कि बोर्डर पारि थियो ?जस्को कारण सरकारले आज संम थाहा पाएन ?यत्रो साल संम ?थाहा थियो भने दर्ता बिना किन चलाउन दियो ?कुनै पनि संघ संस्था र संगठन हरु संचालन भए पछी त्यसको निरिक्षण गरेर राम्रो भए सरकारी सहयोग गर्नु रनराम्रो भए तुरुन्त बन्द गर्नु सरकार को कर्तव्यहो कि हैन ?पहिले लाटा ले पापा हेरे जस्तो मुख दर्शक बनेर हेर्दै बस्नेपछि समस्या बढे पछि नौटकि गर्ने ?दिलशोभा दोषी हुन या हैननत्यो पत्र कार दोषी छ छैनमुख्य समस्या यो हैनमुख्य दोषी र समस्या कोजड भनेको हाम्रो सरकार र सरकार कोलापरबाह नालयक पन र लावारिस निती नियम होमेरो बिचार मा

  37. Atit B Mohan
    Mar 6, 2014 at 3:12 am

    अहिले जति ले पनि दिलशोभा को समाचार पढ्दै छन
    वा निहालेका छन
    त्यी सबै लाई छानबिन पछि को नतिजा को पर्खाई

    छानबिन पछि यदि दिलशोभा दोषि बताए
    दिलशोभा लाई थुक्ने हजार होलान
    यदि निर्दोष भए
    समाचार लेखेर बदनाम गर्ने पत्रकार र पत्रिका लाई
    थुक्ने लाखौ होलान
    बिस्तारै सबै कुरा फेरी हराउछ
    तर समाजिक समस्या को समाधान हुने बाला छैन
    भोलि अर्को समस्यालिले जन्म लिन्छ
    किन कि हाम्रो देश मा समस्या को जननी नै
    सरकार र सरकारी सिस्टम हो
    जुन सुकै समस्या लाई हेर्ने हो भने सरकार को चरम
    लापरबाह र नालायकी पन देखिन्छ
    पहिले वास्ता नगरेर समस्या लाई हुरकिन दिन्छ
    पछि समस्या पहाड बने पछि
    नौटकि सुरु गर्छ
    केहि बर्ष अगाडी युनिटि लाईफ को
    कान्ड लाई हेरौ युनिटी लाईफ को
    जन्म हुदा त्यस को न्वारान मा पहिलो
    काटटो खाने सरकार नै थियो
    मन्त्री हरु संम ले युनिटी को गुणगाण गाएर
    जय जय कार गरे
    जब लाखौ जनताको पैसा लुटि सक्यो अनि
    त्यही काट्टो खाने सरकार ले
    युनिटी का ठेकेदार हरु को घाँटी थिचे जस्तो
    नाटक गर्यो
    लाखौ जनताको पैसा केहि दिन को समाचार पछि
    खोला मा बगयो
    जनता लुटिएको लुटियै भए आज युनिटी लाईफ
    को कान्ड एका देशको कथा भएको छ
    जस्लाई नत कसैले सुन्छ नत कसैले सुनाउछ
    …….
    आज आएर दिलशोभा को कान्ड मचाएर
    नाटक गर्दै छ
    मापदन्ड पुगेन रे दर्ता भएको छैन रे ..
    कुरा सुन्दा पनि कन्सिरि तातेर आउछ
    मापदन्ड नपुगेको दर्ता नभएको
    दिलशोभा को आमा घर यत्रो बर्ष चलुन जेल के
    हेरेको थियो सरकार ले ?
    किन दर्ता नगरी चलाउन दियो ?
    के दिलशोभा ले जङगल को बिच मा संचालन
    गरेकी थिईन आमाघर ? कि बोर्डर पारि थियो ?
    जस्को कारण सरकारले आज संम थाहा पाएन ?
    यत्रो साल संम ?
    थाहा थियो भने दर्ता बिना किन चलाउन दियो ?
    कुनै पनि संघ संस्था र संगठन हरु संचालन भए पछी त्यस
    को निरिक्षण गरेर राम्रो भए सरकारी सहयोग गर्नु र
    नराम्रो भए तुरुन्त बन्द गर्नु सरकार को कर्तव्य
    हो कि हैन ?
    पहिले लाटा ले पापा हेरे जस्तो मुख दर्शक बनेर हेर्दै बस्ने
    पछि समस्या बढे पछि नौटकि गर्ने ?
    दिलशोभा दोषी हुन या हैनन
    त्यो पत्र कार दोषी छ छैन
    मुख्य समस्या यो हैन
    मुख्य दोषी र समस्या को
    जड भनेको हाम्रो सरकार र सरकार को
    लापरबाह नालयक पन र लावारिस निती नियम हो
    मेरो बिचार मा

  38. Reshma Rai Shrestha
    Mar 6, 2014 at 4:10 am

    I felt very glad to read this article. My heart also says that Dilshova can not do this horrible thing. After all she has given all her things for elderly people and abandoned children and she is a daughter of Jesus. Our prayer is with her and we believe she would be given justice. More respect to her after this news.

  39. Indra Khapangee
    Mar 6, 2014 at 7:21 am

    दिलशोभा प्रकरणका षडयन्त्रकारी, मतियार एवम् प्रचारका भोका पत्रकार सबै कार्बाहीको दायरामा आउनु पर्छ । नेपाली पत्रकारितामा गलत नजीर स्थापित हुन दिनु हुदैन ।

  40. Ksheeteej Poorja Sahayatree
    Mar 6, 2014 at 7:49 am

    उचित न्याय निसाफ छिट्टै होओस् !

  41. Baburaja Maharjan
    Mar 6, 2014 at 9:56 am

    बनाउन पो शीप चाहिन्छ, कठिन मेहनत चाहिन्छ, भत्काउनलाई केको शीप केको मेहनत? बर्षौं बर्षको कठिन त्याग र मेहनतले आर्जित भएको दिलशोभा श्रेष्ठको चरित्र क्षणभरमै ध्वस्त पार्ने प्रयास भएको छ । यो कस्तो देश हो? जहाँ हत्यारा प्रमाणित भएर अदालतले सर्वस्वसहित जन्मकैद सुनाएकाहरु खुलेआम हर्षित मुद्रामा भेटिन्छन, भ्रस्टाचारको केसमा जेल परेर निस्केकाहरु ठुलै जित हाँसिल गरेझैं गरि बडेमानको माला लगाउछन, नामी कालोबजारिहरु प्रतिष्ठित ब्यापारी कहलाइन्छन अनि दिलशोभाहरु चाहिं गहभरि आँसु लिएर बाँच्न बिबस हुन्छन । के यहि हो यहाँको न्याय? दिलशोभामाथि चाडैं उचित न्याय होस् र अब उप्रान्त अर्को कुनै दिलशोभाले यो अवस्था भोग्नु नपरोस्, यहि मेरो प्रार्थना छ । – See more at: http://khabardainik.com/1339/#sthash.AHylmVsE.MYwr9sbP.dpuf

  42. Ramprasad Paudel
    Mar 6, 2014 at 9:59 am

    Really good article Jagdish ji. We all are with Dilsobha didi. We still have hope that God will overcome in this propaganda.

  43. Kirant Mina Bantawa
    Mar 6, 2014 at 1:03 pm

    अब यिनेर्ले जत्ति नै सबुत तयार पारी आमालाई खराब पर्छन त्यत्ति नै पाप धुरी बाट कराउछ र एक अपराध छुपाउनको लागि सय ओटा अपराध गर्नु पर्छ त्यस्तै हिजो बेज्यत गर्नुको लागि यिनेर्ले सय जनाले मिलेका थिय र सय ओटा आरोप लगाएका थिए सिधै कुरा पत्रकारहरु बाल कल्याण प्रशासनको गलत छन, बाल कल्यांले यदि त्यो बाछा आमाले पाल्नु निषेधित थियो भने ३, तिन ओटा उसैले पाल्न आग्रह गरि पठाउनु , अनि ३५ जना बालबालिक आज सम्म कसरी पाल्यो होला भनि नसोच्नु त्यहा को कमि कमजोरी कोट्याउनु र दर्ता गर्नु पर्छ भनि मुखले भन्नु कुनै खाममा stamped पत्र नदिनु, अनि प्रशासन समेत लाग्नू कहाँ सम्मको अन्याय हो ? ति २ कर्म चारी यी सब मिलेर जासुसी गर्नु पठाउनु आमाले संखा पाय पछि यिनेर्ले सतर्क भै बाहिर निकाल्ने काम गर्नु फ्न्मा एकोहोरो बोलेको रेकर्ड गरी दुरुस्तै जे सोच्दा पनि हुने खालको रेकर्ड हाल्नु रेकर्ड सुनियो तर त्यही नराम्रो सोच्नु सकिने शब्द बोल्दा नै बोलीको लवज र बोलाईले त्यो प्यारो खालको शब्द छ आमाले बोलेको दुर ब्यबहार र यौन दुरा चारी खालको शब्द नै छैन, सस्थाको पैसा हराको आमाले व्यक्ति गत लागको जस्तो भन्दा खको जस्तो छ भन्ने आशंखा छ तर उनको त्यही बुढी आमा र बच्चा पालनको लागि बैंकमा राखेको घर उकास्न ति बाल कल्याण, प्रशासन, ति जदिहा यौन दुराचारी जडिहा पत्रकार, भ्रस्टचारी नेता आमाको घर उअकसि दिन्थे ? भोलि त्यो घर नहुदा आमाले ति बाल बच्छ र बुढी आम्म लाई कहाँ राख्थे ? काठमाडौँको महंगी चामल बिमारी खर्छ कसरी उतारी होलान हामीलाई तिन चार जना बच्छ पाल्नु त दुनिया सारो छ त्यत्रो ३५ जना र अरु धेरै आमाहरु कसरी पालिन भनि उपाय सिकाउने हौसल्ल्ह दिने यस्तो साथ पत्रकारहरुले सहयोग गर्नु पर्ने बाल कल्यांले उपाय सिकाउनु पर्ने मा त बच्छ खोस्नु सकेको कुन चै लाई बच्चा देखायर विदेश बाट पैसा कमाउनु सिएनएन ए मा अब तेस्रो हिरो हुनु परेको होला सलुक मिलाई बच्चा खोसेर महान हुन् खोजेको यो बच्छ पल्नेहरुको नै काम हो उनेर्लाई बच्चा चाहिएको थियो सबै मिलेर बरु ठुलो रकम हात पर्ने पनि भनि मिलेर बच्छ खोसे कुरा यहि हो ठिक छ बच्चा चाहिएको थियो ? तर आम्मको इज्यत फिर्ता कसले दिन्छ ? अनि अहिले हामीले छेक गरेको छैन भन्ने कोहि मैले त्यसो गरिन भनिन म सामेल चौईन भन्नु र झगडा गरे जस्तो गर्नु पाईन्न

  44. Samuel Awana
    Mar 6, 2014 at 3:28 pm

    " जे गरे नि जसो गरे नि चलछ नेपालमा" गीत को लेखकले ठिकै रचेका रहेछन् । कहिले नेपालमा परिवर्तन आउछ । परमेश्वरले सबैलाई सतवुधि दिउन् ।

  45. Pramod Mulmi
    Mar 6, 2014 at 3:57 pm

    दिलशोभालाई बदनाम गर्न कोशिस गर्ने महान ब्यक्तिले आफनो पेट काति कतिजनालाई पालेको छ ? कलम चलाएर बरु कतिजनालाई खुशी पारेको छ ? सडकमा फालिएका बृद्धआमाहरु र बालबालिका माया गर्ने दिलशोभालाई आज रुवाएको छ । छानविनको नतिजालाई नेपाली समाजले कुर्दैछ । दिलशोभा दोषी भए उहालाई हजारौले थुक्ने छन् तर निर्दोषी सावित भए…. कलम चलाएर चरित्र हत्या गर्ने पत्रकारलाई लाखौले थुक्नेछन् जहि लुकेतापनि नागरिकहरुले खोजेर निकाल्ने छन्….कालो मोसो दलेर…. झयाली,खीन,टिन बजाएर बजार घुमाइ पत्रकारको सम्मान गर्नेछन् ।

  46. गिरी थापा
    Mar 6, 2014 at 7:50 pm

    जे भयपनि कानुनि रुपमा हुनु पर्दछ धर्मको पर्संग जोड्नु सक्त मनाही छ

  47. Ganesh Gurung
    Mar 7, 2014 at 12:52 am

    हावा नचली कहाँ पात हल्लिन्छ र? भन्ने
    खालको अभिव्यक्ति पनि कतिपयबाट आयो ।
    कुरो ठिकै पनि हो, हावा नचली पात त हल्लिदैन ।
    सामान्य अवस्थामा नियम यहि नै हो । तर सधै पात
    हल्लिनलाई हावा चल्न नै पर्छ भन्ने पनि छैन, कहिले
    कहिले बाँदरहरु आउछन र पात मात्रै होइन हाँगासमेत
    हल्लाईदिन्छन । अहिले भएको त्यहि नै हो,
    दिलशोभा प्रकरण हावा चलेर हल्लिएको होइन,
    बाँदरहरुले हल्लाएको मात्रै हो

  48. Baihini Maiya Pradhan
    Mar 7, 2014 at 7:32 am

    Find the truth as far as possible to quick . If the news is fault give penalty to those news writer.

  49. Krishna Rawat
    Mar 7, 2014 at 8:48 am

    समचारका लागि धन्यवाद, समाचारमा जे लेखियको छ एक दम सही लेखीयको छ पत्रकार लाई कारबाहि र कर्मचउरोलाई छेमा मगाई दिनशोभालाई न्याय दिलाऊ पर्छ

  50. Trilok Kuwar
    Mar 7, 2014 at 10:51 am

    छि छि, पहिला त दिल शोभा जस्ता समाजसेबीहरु प्रति हार्दिक नमन छ, तर माथिको लेखमा भने जस्तो सबै कुरा सत्य र तथ्य हो भन्न सकिन्न, उहामाथि लागेका आरोपहरुको छानबिनपछी पक्कै पनि केहि कुरा बाहिर आउला, बालबालिकाहरुलाई सडकबाट ल्याएर भन्ने कुरा चाही झुटा प्रचार मात्र रहेछ, अर्काका छोराछोरी पढाईदिने नाममा फेरी विदेश पठाउने अधिकार दिल शोभा जस्ता आमालाई कसले दियो ? यो कुरा बुझ्नु परेन? एकोहोरो अरुमाथि कुकूर भुके झैँ भुके त्यसको परिणाम के आउला?

  51. Pema Sherpa
    Mar 7, 2014 at 5:30 pm

    kahile samaj sewa nagareka harulai k thaha niswartha sewa k ho . tesaile hune nahune sanka gar6n ni

  52. Vishal Gurung
    Mar 7, 2014 at 7:18 pm

    film ko stori same 🙂

  53. Thapa Prem
    Mar 8, 2014 at 1:05 am

    Nice article ! Keep it up!

  54. Bhumi Raj Chalise
    Mar 8, 2014 at 3:49 am

    दिल शोभाले राम्रो नियेतले कामको सुरुवात गरे पनि पछी धार्मिक दलालहरुको फन्दामा परेर नराम्रो पक्कै भएको हो, दिल शोभाको आवरणमा येहा डलरे दलालहरुको चलखेल छ, डलरे भाइरस लागेपछि जे पनि हुन सक्छ / कहिले र कहाँबाट सुरुभयो उनलाई धर्म परिबर्तन गराउने काम, तेहा बाट छानबिन सुरु गर्नु पर्छ /

  55. Bhumi Raj Chalise
    Mar 8, 2014 at 3:50 am

    ठिक कुरा गर्नु भयो

  56. Maniche Shrestha
    Mar 10, 2014 at 2:48 pm

    if tht reporter dares to write all those shot why don't he dare to come a front and adopt one chold and ond old granny…will he??if she was literate to go through all procurement then where were all big shots who have been donating only MOney came and assisted on it?

  57. Chinkaji Jiwan
    May 13, 2014 at 12:39 pm

    100% thik kura garnu vayo daile.

Leave a comment