३ पुस, चितवन
ग्लोबल एक्सन नेपाल र जेन्टल हार्ट फाउन्डेसनको संयुक्त पहलकदमीमा नवलपरासी तथा चितवन जिल्लाका केहि गाउँहरुमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी जिल्लाको पिठौली-६ स्थित मुसहर बस्तीका ८० परिवारलाई मंगलवार तथा चितवन जिल्लाको जुटपानी गाविसमा रहेको चेपांग बस्तीका ११६ परिवारलाई बुधवार (आज) कम्बल वितरण गरिएको छ । कम्बल प्राप्त गरेपछि त्यहाँका सबैले खुशी ब्यक्त गरेका छन् ।

अति बिपन्न समुदायहरुमा जाडोको समयमा निकै नै समस्या हुने भएकोले आफुँहरुले सानो भए पनि सहयोग गर्न चाहेको जेन्टल हार्ट फाउन्डेसनका अध्यक्ष अर्जुन ढकालले बताउनुभएको छ । जेन्टल हार्ट फाउन्डेसनले केहि बर्ष अगाडी देखि नै जुटपानीका ५१ जना बालबालिकाहरुलाई सम्पूर्ण पठनपाठनका सामग्री, सरसफाइका सामग्री प्रदान गर्दै आएको बुझिएको छ । त्यसको साथमा बेलाबखतमा खाजा, लत्ताकपडा तथा अन्य उपभोग्य बस्तुहरु पनि प्रदान गर्दै आएको स्थानीय अगुवा इश्वर श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार जेन्टल हार्ट फाउन्डेसनले सहयोग गर्न सुरु गरे देखि यहाँका बालबालिकाहरुमा निकै नै सुधार आएको छ । प्राय: स्कुल नजाने बालबालिकाहरु अहिले स्कुल जाने र पढाइमा राम्रो गर्ने गरेको पनि बुझिएको छ ।

जेन्टल हार्ट फाउन्डेसन देशका अन्य भागहरुमा पनि आफ्नो कार्यक्रम बिस्तार गरेर सकेसम्म धेरै बिपन्न समुदायमा सहयोग पुर्याउने योजनामा रहेको संस्थाका अध्यक्ष अर्जुन ढकालले बताउनुभएको छ ।

कम्बल वितरण कार्यक्रमको फोटोहरु:

OLYMPUS DIGITAL CAMERA OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA
खबरदैनिक सम्बाददाता 

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment