काठमाडौं, ३० मंसिर,  मिडिया इन्टरनेसनल र माइका नेटवर्कको संयुक्त पहलमा आज अनामनगर स्थित मिडिया इन्टरनेसनलको हलमा “लोकतन्त्रमा धर्म निरपेक्षताको सवालमा अन्तरक्रिया कार्यक्रम ” सम्पन्न भयो । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रम माइका नेटवर्कका थिर केसी ले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित बिभिन्न दलका बिजयी सभासदहरुलेधर्मनिरपेक्षता लोकतन्त्रको आधारस्तम्भ भएकोले अब यसबाट पछाडी फर्कन नसकिने बताउनुभयो ।

नेकपा एमालेका यूवा नेता तथा कास्कीका बिजयी सभासद रबिन्द्र अधिकारीले राज्यको निम्ति सबै जातजाति, धर्म, भाषा समान हुनुपर्नेमा जोड दिनुभयो । यदि नेपाललाई साँचो अर्थको लोकतान्त्रिक मुलुक बनाउने हो भने धर्म सापेक्ष राष्ट्र स्वीकार गर्न नहुने बताउनुभयो । राज्यको कुनै बिशेष जात वा धर्म नहुने भएकोले राज्यलाई सबैको साझा बनाउन कै निम्ति पनि गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको अवधारणा ल्याइएको दावी गर्नुभयो । उहाँले २०४७ सालको संबिधान निर्माण ताका पनि नेकपा एमालेले अन्तिम सम्मै हिन्दु राष्ट्रको ठाउँमा धर्म निरपेक्ष राष्ट्र रहनु पर्ने अडान लिएको स्मरण गराउनुभयो । तथापि तात्कालिन अवस्थामा सहमति नहुने देखेपछी हिन्दु राष्ट्रको ठाउँमा धर्मनिरपेक्षता सहितका २७ बुंदे असहमतिका साथ् संबिधान जारि गर्न सहयोग गरेको बताउनुभयो ।

आफ्नो बिचार राख्ने क्रममा उहाँले सबै जनतालाई आफ्नो आफ्नो धर्म मान्न र सम्बन्धित धार्मिक अभ्यास तथा प्रचार गर्न छुट हुनेगरी नयाँ संबिधान बन्ने बताउनुभयो । सबैले धर्म प्रचार गर्न पाउने र स्वेच्छाले जुन सुकै धर्म मान्न पाउने नै भए पनि बलजफ्ती धर्मपरिवर्तन गराउनु चाहिं उचित नहुने बताउनुभयो ।photo0012

त्यसैगरि एनेकपा माओबादीका बिजयी सभासद गणेशमान पूनले धर्म निरपेक्षता भनेको जनयुद्द र जनआन्दोलनले ल्याएको प्रमुख उपलब्धि भएको बताउनुभयो । गणतन्त्र र संघियता जस्तै धर्म निरपेक्षता पनि अति नै महत्वपूर्ण सवाल भएको बताउनुभयो । राज्यले कुनै पनि धर्मलाई काखा पाखा नगरिकन सबैलाई समान दृष्टिले हेर्नु पर्ने बताउनुभयो । सबैलाई आफ्नो इच्छा अनुसारको धर्म मान्ने र आफ्नो धर्म संस्कारको प्रचार प्रसार गर्न छुट हुनुपर्ने बताउनुभयो । आँफुहरुले उठाएका धर्म निरपेक्षता लगायतका बिभिन्न मुद्दाहरु ओझेलमा पर्लान भनेर आफ्नो पार्टी सदैब सचेत रहेको पनि उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका तर्फबाट बिजयी सभासद भिष्मराज आङदम्बेले देश हिन्दु राष्ट्र बाट धेरै अगाडी बढीसकेकोले अब फेरी पहिले जस्तै हिन्दु राष्ट्र बन्नु असम्भव रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संघियता जस्तै धर्मनिरपेक्षताको सवालमा पनि नेपाली काँग्रेसले सम्झौता नगर्ने बताउनुभयो । केहि दल तथा शक्तिहरुले फेरी हिन्दु राष्ट्र फर्काउछु भन्नु चिहानमा गाढेको लास चलाउन जानु जस्तै भएको उहाँले बताउनुभयो ।

अघिल्लो संबिधानसभामा एमाओबादि पहिलो पार्टी भएकोले त्यो परिवर्तनकारी संबिधानसभा भएको अनि अहिले कांग्रेस पहिलो पार्टी भएकोले यो यथास्थितिवादी संबिधानसभा भएको भनेर नबुझ्न उहाँले सबैलाई आग्रह गर्नुभयो । एमाओबादी तिर इंगित गर्दै उहाँले गणतन्त्र, संघियता र धर्म निरपेक्षता आफ्नो मात्रै एजेन्डा भएको भनेर नसोच्न आग्रह गर्नुभयो । यी एजेन्डा कुनै पार्टीले सुरु गरेको भए पनि आज यी एजेण्डाहरु राष्ट्रका एजेन्डा भएकोले यसबाट आँफुहरु पछाडी हट्न नसक्ने बताउनुभयो ।

त्यसैगरी जनजागरण पार्टी नेपालका सभासद लोकमणि ढकालले पनि पूर्ण लोकतन्त्रमा राज्यले धर्मलाई आधार मानेर विभेद गर्न नहुने बताउनुभयो । सुरुमा अति राम्रो भनिएको भए पनि एकात्मकताबादी संबिधान भएकोले गर्दा ४७ सालको संबिधानलाइ नेपाली जनताले ६२/६३ को जनआन्दोलन मार्फत विस्थापनको दिशामा धकेल्नु परेको उहाँको कथन थियो ।
उहाँले लोकतन्त्रमा नागरिकको धर्म मान्ने, नमान्ने दुवै अधिकार सुनिश्चित गराइनु पर्ने पनि बताउनुभयो । यदि कसैलाई धर्म परिवर्तन नै गर्ने इच्छा छ भने पनि त्यो छुट उसलाई दिईनुपर्ने बताउनुभयो ।

खबरदैनिक सम्बाददाता

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Ishwor Baniya
    Dec 15, 2013 at 4:35 pm

    hamro desh matrai ho raje. aru desh ma raje xaina. aru desh ma dharma sapexa xaina. so hamro desh npl puna hindu rastra hunai parxa.

  2. Prashant Dev
    Dec 16, 2013 at 3:28 am

    राज्यलाई बिकास चाहिन्छ धर्म होइन ….मत्रले दोन्द निम्त्याउछ…….

  3. Dhyan Bahadur Rai
    Dec 16, 2013 at 4:40 am

    arulai samman garda matra aaphule samman pain6 ,hoina bhane jastalai tyestai byabahar hun6 arubata pani .

  4. Dhyan Bahadur Rai
    Dec 16, 2013 at 4:49 am

    nepal lai antarim sabidhanle dharma nirpekchha rasta ghosana gari sakera tyes anusar sabai dharma haru sammanit bhai raheko abasthama nepal hindu rasta hunu par6 bhannu bhaneko sambidhanko marma nabujheko ho jasto lagyo,haina bhane sambidhanma lekhisakiyeko kura lai tyesto haina yesto hunupar6 bhanera bhannu bhaneko sambidhanko biruddha bolnu ho .

  5. Gopal Giri
    Dec 16, 2013 at 5:35 am

    Dhyan Bahadur Rai g 62,63 ko jana aandolan ma dharma nirapekshya ko kunai ajenda thiyena tyo ta gyanendra shah le gareko ku birudda janata sadak ma aayeka hun.hami pani aandolan ma sahavagi thiyau.82% hindu ra budda,kirat,bonbo lagayat omkar pariwar haruko aasthama chot puryauda chai nepal ma santi hunxa vanne k gyarenti xa????herdai januhola esai mesinari lai khule aam dharma prachar ra pariwartan garna banaiyeko yo byabastha birudda aba feri dharma yudda hudaixa ra tyasko netritwa hami hinduharule lidaixau.dalarko varma kiniyeka neta tatha tinka varaute tyaspaxika dinma kaha jada rahexan.

  6. Karna Rokka
    Dec 16, 2013 at 6:49 am

    ho yastaii chooch rakirakhnos haii neta juhru ho

  7. Rebecca Adhikari
    Dec 16, 2013 at 7:12 am

    Teso vaye aru country bata sab Hindu lai Nepal farkaidiye hunxa ho?

  8. Gopal Giri
    Dec 16, 2013 at 8:39 am

    Rebecca Adhikari baini maaf garnuhola maile sansarka sabi hindu nepal ma ra esai ,muslim arab raurop,amerika januparxa vanneko haina.sansarma dherei desh haru dharma sapekshya xan,nirapekshya thoreimatraxan.nepal ma pani yahako vugol ra sadiyau dekhiko matoko sambandha hindu sanatan sapekshya xa ra yaha 82% hindu lagayat omkar pariwar basxan.nepal ka dada pakha gaubasti haruko nam yahiko mato suhaudo hunuparyo naki peris dada,charls veuw.dalarko varma netakiniyo party kiniye huda huda aaja dharmako nam ma rajnitik party kholiyeko xa yasko matlab k??esai dharma ho ki politicalparty????jaha jaha esai gaye tyaha tyaha nagarikleaaja aafno maulikta gumayekaxan.bidesi pravuko dasi banera basnupareko xa.k tapai hami pani aafno maulikta lai bechera dasatwa swikarna tayar xau??????????

  9. Kamal Pangeni
    Dec 16, 2013 at 10:09 am

    Gopal Giri अचम्म अचम्म सुनिन्छ यो नेपालमा पनि; संसारमा धेरै देश धर्म सापेक्ष छन् थोरै मात्रै निरपेक्ष छन् रे ! कसले भन्या गिरि दाजुलाई यो कुरा? मलाइ यस्तो १० वटा देशको नाम दिन सक्नुहुन्छ जसको संबिधानमा नै क्रिश्चियन मुलुक भनेर लेखेको छ? किन हावादारी कुरा गर्नुहुन्छ मित्र? संसारका २०० भन्दा बढी मुलुक मध्ये पुगनपुग ४० मात्रै धर्म सापेक्ष छन् , त्यो पनि अधिकांश मुस्लिम र बुद्दिश्ट नै हुन् ।

Leave a comment